सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

बुद्धको जन्मस्थानबारे सिर्जिएको दिग्भ्रम र समाधानका प्रयासहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ श्रावण २४ गते, मंगलवार ०५:५३

डा. हरिकुमार श्रेष्ठ

१. पृष्टभूमी
एसियाका ज्योति तथा विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्म ६२३ इशापूर्व लुम्बिनीमा भएको थियो । उनका पिता राजा शुद्धोधन र माता मायादेवीको दरवार नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोट थियो, जहाँ गौतम बुद्धले करिब २९ वर्ष बिताएका थिए । कपिलवस्तु गौतम बुद्धसँग सम्बन्धित १५१ भन्दा बढी ऐतिहासिक तथा पुरातात्विक महत्वका हिसाबले महत्वपूर्ण एक खुला संग्रहालय पनि हो भने समग्र विश्वलाई शान्तिको सन्देश दिने विश्व शान्तिको एक केन्द्र विन्दु पनि हो । त्यसैले बुद्धको जन्मस्थान लुम्बिनी, नेपालमा वर्षेनि अध्ययन, अनुसन्धान र बुद्धदर्शनको लागि लाखौँ पर्यटकहरू आउने गर्दछन् । तर शताब्दिऔँदेखि आजसम्म पनि यस स्थानप्रति विश्वव्यापी रुपमा निरन्तर दिग्भ्रम फैलाइए तापनि विगतमा दिग्भ्रमहरु हटाउने सरकारी प्रयास प्राय शुन्य नै थियो भन्दा पनि अत्युक्ति नहोला । त्यसैले यही दिग्भ्रमलाई निस्तेज पार्दै लुम्बिनी कपिलवस्तुको विश्वव्यापी प्रवद्र्धन गर्ने हेतुले सन् २००९ सेप्टेम्बर ५ देखि विश्वव्यापी रुपमा लुम्बिनी कपिलवस्तु दिवस अभियान क्रियासिल रहँदै आएको छ । यस लेखमा बुद्धको जन्मस्थान बारे विश्वव्यापी फैलाईएका दिग्भ्रमहरु, दिग्भ्रमका फैलिनुका कारणहरु, अभियानको सूत्रपात्र र अभियानले दिग्भ्रम चिर्न गरेका प्रयास तथा उपलव्धिहरुको बारेमा चर्चा गरिएको छ र अन्त्यमा सारांशसहित अभियानलाई लागेका सुझाबहरु दिईएको छ ।

२. बुद्धको जन्मस्थानसम्बन्धी दिग्भ्रमहरु
२.१ पाठ्य पुस्तकहरुमा दिग्भ्रम
संयुक्त राष्ट्र संघ, युनेष्कोले २० औँ शताव्दीमा आएर ऐतिहासिक ग्रन्थ, पुरातात्विक अवशेष तथा यथेष्ट प्रामाणिक आधारमा इसापूर्व ६२३ मा लुम्बिनीमा गौतम बुद्धको जन्म भएको कुरालाई आधार बनाएर १९९७ मा लुम्बिनीलाई विश्वसूचीमा राखिसकेको अवस्था छ । यद्यपि, बुद्धको जन्मस्थानसम्बन्धी दिग्भ्रमहरु संसारका विभिन्न मुलुकहरुमा परापूर्वकालदेखि नै निरन्तर रुपमा फैलिँदै आईरहेको छ । खास गरेर, नेपाललगायत कोरिया, अमेरिका, चीन, भारत, जापान, श्रीलंका, थाईल्याण्ड, नेदरल्याण्डस्, स्वीडेन र ताईवानजस्ता अन्य धेरै मुलुकहरुमा विभिन्न तहदेखि विश्वविद्यालयसम्मका पाठ्यपुस्तकहरुमा नै बुद्धको जन्मस्थान उत्तर भारत भएको कुरा विद्यार्थीहरुलाई पढाउँदै आएका छन् । यसले गर्दा उनीहरुको कलिलो अवस्थादेखि नै यो दिग्भ्रम दिमागी नक्सा बनेर बसेको छ र पछि ती व्यक्तिहरु बुद्धको जन्मस्थान भारत खोज्दै उतैतिर भौतारिँदै जानेक्रम अहिलेसम्म पनि यथावत नै छ र दिग्भ्रम निरन्तर फैलिरहेको छ । नेपालको त्रिभुवन विश्वविद्यालयले पनि बुद्धको जन्मस्थल बारेमा दिग्भ्रम गराउने कार्यमा मलजल गर्ने काम गरेको थियो ।

२.२ शव्दकोषहरुमा दिग्भ्रम
बौद्ध वाङ्मयका धनी तथा यस अभियानका नेपाल तथा सार्क सल्लाहकार केदार शाक्यका अनुसार सन् १९८० संस्करणको अलमेनक नामको डिस्नेरीमा र अन्य डिस्नेरीमा समेत गौतम बुद्ध उत्तर भारतमा जन्मिएका भारतीय राजकुमार सिद्धार्थ ९क्ष्लमष्बल एचष्लअभ० भनी लेखिएको छ भनी उनले विभिन्न ठाउँमा बोल्दै र लेख्दै आएका छन् । उनी थप्छन्, अज्ञानतावस यस्ता कुराहरु भइरहेको छ भन्न सकिन्न । यसमा कसैको निहित स्वार्थ गाँसिएको छ । यस्तो अवस्था जानकारीमा आएपछि अभियानले सार्वजनिक सञ्चार माध्यमहरुबाट सरोकार पक्षको ध्यान आकर्षित गर्ने कार्यको लागि विभिन्न ¥याली, सभा, गोष्ठी, भेटघाट गर्दै सम्बन्धित व्यक्तित्व तथा निकायलाई जानकारी दिँदै आए तापनि समस्या यथावत नै छ ।

२.३ संग्रहालयमा दिग्भ्रम
यसको अलावा विश्वका चर्चित संग्रहालय जस्तै ब्रिटिस म्युजियम र बुद्धको मन्दिरलगायत अन्य थुप्रै यस्ता संरचना तथा गुम्वाहरुमा पनि यसै विषयवस्तुलाई समेटिएर गलत प्रचारप्रसार गरिनुको साथै उनीहरुले तयार पारेका विभिन्न पाठ्य सामग्रीहरुमा पनि यस्तै गलत जानकारी उल्लेख भएकोले जबसम्म उनीहरु नेपालको लुम्बिनीमा भ्रमण गर्दैनन् तबसम्म उनीहरुले आफ्नो जीवनकालसम्म पनि सहि जानकारी पाउन सक्दैनन् । त्यस्तै गरेर, ताईवानबाट डा. महादेव पौडेल र प्रभा रेग्मीबाट प्राप्त जानकारी अनुसार ताईवानको काओसुङ्मा अवस्थित ताईवानकै सबभन्दा ठूलो बौद्धिष्ट मन्दिर “फो गुङ्ग साँग” मा गौतमबुद्ध “एन्सिएण्ट भारतको सानो बगैँचा”मा जन्मिएको भनेर लेखेको पाईएको छ । यसरी वास्तविक तथ्यको समाचार सम्प्रेषण नगरी दिग्भ्रम सिर्जना गरिनु सूचनाको हक अधिकारको हनन् गरिनु हो भने नियतवस गलत जानकारी प्रचार प्रसार गराउने कार्य अपराध नै हो ।

२.४ केही चलचित्र, डकुमेण्ट्री, पत्रपत्रिका, इत्यादिमा पनि दिग्भ्रमहरु फैलिराखेको छ । आज यी सम्पूर्ण विषयवस्तु नेपाल, र संसारभरि छरिएर रहेका गैर आवासीय नेपालीहरुको लागि अत्यन्त महत्वपूर्ण सरोकारको विषय बनेको छ ।

३. दिग्भ्रम फैलिनुका कारणहरु
३.१ अध्ययन, अनुसन्धान तथा प्रचारप्रसारमा कमी
परापूर्वकालदेखि नै बुद्धको जन्मस्थानबारे अध्ययन, अनुसन्धान तथा प्रचारप्रसारमा नेपाल सरकारले खासै चासो र महत्व नदिँदा दिग्भ्रम विश्वव्यापी रूपमा स्थापित हुन सहज बन्दै गएको अवस्था देखिन्छ । सन् १३१२ तिर नालन्दालगायत अन्य धेरै महत्वपूर्ण तीर्थस्थलहरूमा मुस्लिमहरूको आक्रमणको कारण लुम्बिनीमा बौद्ध भिक्षुहरूको आवागमनमा कमी आई ई.पू. २४५ तिर बुद्धको जन्मस्थलमा खडा गरिएको अशोकस्तम्भ पनि ६ सय वर्षसम्म परित्यक्त अवस्थामा रह्यो । यसै कुरालाई मध्यनजर राखी सन् १८७४ मा वेलायती नागरिक विलियम जोन्सनले ऐतिहासिक सोसाइटी स्थापना गरी बुद्धको जन्मस्थानको खोजीलाई तीब्रता दिए । त्यसपछि, इन्स्पेक्टोरेट अफ आर्कियोलोजी संस्थाका प्रमुख अलेकजाण्डर कनिङ्घमले बौद्ध वाङ्मयको आधारमा बुद्ध जन्मेको स्थान हिमालको काखमा अवस्थित रहेको तथ्य पत्ता लगाए । उनले नेपालका तत्कालिन राणा प्रशासनसँग स्वीकृति लिएर अध्ययन गर्ने चाहना राखे तापनि उनीहरूबाट स्वीकृति पाउन नसकि उनले आफ्नो किताब “द एन्सिएन्ट जोग्राफी अफ ईण्डिया” मा “लुम्बिनी र कपिलवस्तु हिमालयको काखमा अवस्थित छ” भनेर मात्र उल्लेख गरे । पछिल्लो चरणमा पुरातत्वविदहरूले यो स्थान उत्तरी भारत ९ल्यचतज या क्ष्लमष्ब० को कुनै स्थानमा हुनसक्छ भनी अड्कलबाजी लगाउन थाले र त्यसै समयदेखि यो दिग्भ्रम विश्वव्यापी बन्दै गयो । त्यतिखेरदेखि नै नेपाल सरकार दिग्भ्रम चिर्न चुकेको देखिन्छ । यसमा नेपाल सरकारकै दोष देखिन्छ ।

पछि सन् १८९६ को नोभेम्बर महिनामा नेपालका तत्कालिन पाल्पाका वडाहाकिम जनरल खड्ग शम्शेरले परित्यक्त अवस्थामा रहेको अशोकस्तम्भ पत्ता लगाए । तर सो कुराको जानकारी पाएपछि भारतमा कार्यरत जर्मन पुरातत्वविद डा. एन्टोन फुहरर लुम्बिनी नेपाल आई त्यस खम्बाको लिपी अध्ययन गरी सोको आधारमा यो नै गौतम बुद्धको वास्तविक जन्मस्थानको पुष्टि गर्ने स्मारक हो भनी अर्थ लगाई विश्वव्यापी रूपमा प्रचार प्रसार कार्यको थालनी गरे । त्यो दिन डिसेम्बर १, १८९६ थियो । यसरी एक विदेशीले बुद्धको जन्मस्थान नेपालको चर्चा परिचर्चा गर्दा पनि नेपाल सरकारले त्यस कार्यलाई निरन्तरता दिन सकेन । अझ भन्ने हो भने, त्यसपछि पनि नेपाल सरकारको प्राथमिकतामा यो क्षेत्र पर्न सकेन तापनि विश्व प्रसिद्ध व्यक्तित्वहरू जस्तै ः संयुक्त राष्ट्रसंघको महासचिव ऊत्थान्तको सन् १९६७ मा लुम्बिनीमा भ्रमण भयो । त्यसपछि केहि परिवर्तनका रूपरेखा कोरिँदै केही कार्यहरू हुन थाल्यो र सोहिअनुसार जापानको आर्किटेक्ट ईन्जिनियर प्रा. केन्जो टाँगेले लुम्बिनी विकासको गुरूयोजना तर्जुमा गरी नेपाल सरकारबाट सन् १९७८ मा स्वीकृति पनि प्राप्त ग¥यो र सन् १९८७ मा पूरा गर्ने भनियो । तर आजसम्म यति लामो समय बित्दा पनि नेपाल सरकारबाट यो योजना पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । काममा भएको ढिलाईले गर्दा न त यसको प्रचार प्रसार कार्य प्रभावकारी रूपमा अगाडि बढ्न नै सकेको छ न त यस्ता दिग्भ्रम चिर्नको लागि नेपालले कुनै प्रभावकारी अध्ययन, अनुसन्धान तथा प्रचारप्रसारको योजना नै अगाडि बढाएको छ ।

३.२ खुला सीमाको फाईदा
सन् १९९६ मा युनेस्कोले बुद्धको जन्मस्थान लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखी सकेको भए तापनि लुम्बिनी र यससँग सम्बन्धित विभिन्न स्थानहरू आजसम्म पनि ओझेलमै परेका छन् । अझ स्मरणीय कुरा त खुला सीमानाको फाइदा उठाउँदै वर्षेनि लाखौँ पर्यटकहरू प्याकेजको रूपमा भारतबाट नेपालको लुम्बिनी भ्रमण गरिराखेका छन् । तिनीहरूबाट राज्यलाई न त कुनै आयआर्जन भएको छ न त कुनै पर्यटकीय लाभ नै । अझ त्यस बिपरित बुद्धको जन्मस्थान नेपालमा पर्दछ भन्ने जानकारीसम्म दिइन्नथ्यो र उनीहरूलाई भारतमै घुमाईएको भन्ने भान पारी भारत फर्काइएको दृश्यले हामी नेपाली लज्जित हुनुपर्ने स्थिति पनि थियो । यसको मूल कारण नेपाल भारत सीमाको नेपाल प्रवेशद्वारमा नेपाल प्रवेश गरेको कुनै आभास नहुनु र लुम्बिनीमा पनि नेपालबारे कुनै जानकारी बोर्ड नहुनु रहेको थियो ।

३.३ अपवित्र सञ्चार माध्यम
विश्वव्यापी लोकप्रिय भएको गुगल म्यापमा पनि बुद्धको जन्मस्थान भारतको बारेमा चर्चा गरिएको थियो । तर अभियानको पहलमा सचिने काम भईसकेको छ । त्यस्तै गरेर, भारतीय सञ्चार माध्यमले एकोहोरो रटानका साथ बुद्धको जन्मस्थान भारतमा भनी व्यापक प्रचार प्रसार गरेका छन् । जस्तै ः भारतीय टेलिभिजन च्यानल जिटिभिबाट प्राईम टाइममा प्रसारण भईरहेको बुद्ध टेलिसिरियलको पहिलो ईपिसोडमा समेत बुद्धको जन्म उत्तर भारतको वैशाली–मगध साम्राज्यको कपिलवस्तुमा भएको उल्लेख छ । यसले दिग्भ्रम, द्वेष र चुनौति अझै बढाउँदै लगेको छ । हालका दिनमा नेपाली सञ्चार माध्यम प्रभावकारी रुपमा अगाडि आए तापनि बिगतमा यसको भूमिका न्युन देखियो र भारतीय सञ्चार माध्यमले एकछत्र ज्यादति गर्दै आएको छ र अझै पनि गर्दैछ ।

३.४ भारतीय प्रधानमन्त्री मोदीको विवादास्पद अभिव्यक्ति
भारतीय सरकार प्रमुख तथा प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद अभिव्यक्ति दिई भ्रमको खेती गर्दैछन् र विश्व जनमानसमा दिग्भ्रम फैलाई मानव अधिकारको साथै युनेस्कोको पनि खिल्ली उडाएका छन् । उनी नेपाल आउँदा बुद्धको जन्म देश नेपाल भन्दछन् भने अन्य देश जस्तै फ्रान्स, जर्मनतिर जाँदा भारत नै हो भनी बर्खिलाप गर्न भ्याएका छन् । यसको अलावा योगा गुरु रामदेवले पनि यस्तै राग अलाप्न पुग्छन् । यसमा भारतीय संचार माध्यमले पनि पित पत्रकारिता गरी आफ्नो सक्कली अनुहार उजागर गरेका छन् । यसको अलावा, सन् १८९९ मा भारतको पुरातत्वविद पीसी मुखर्जीले भने प्राचिन कपिलवस्तुको राजधानी नेपालको तिलौराकोटमा नै रहेको प्रतिवेदन प्रस्तुत गरिसकेका छन् भने भारतकै कौन बनेका करोडपतिमा पनि अमिताभ बचनले स्पष्ठ रुपमा गौतम बुद्धको जन्मदेश नेपाल भनी चिनाएका छन् । जुन कुरा सह्रानीय छ । तर जिम्मेबार पार्टिका कतिपय बोल्नुपर्ने नेतृत्वगणले यस बारेमा चुईँक्क सम्म नबोलेर मौन रुपमा भारतकै पक्षपोषण गर्दै आएका छन् । राष्ट्रियताको सवालमा यो गम्भीर विषय हो ।

३.५ लुम्बिनी र यससँग सम्बन्धित पुरातात्विक महत्वका बस्तुहरु उपेक्षित हुनु
लुम्बिनी तथा कपिलवस्तुमा उत्खनन्का कार्यहरु धिमेधिमे गतिमा भएको पाईन्छ । तर उत्खनन् गरिएका पुरातात्विक प्रमाणहरूसमेत लगातार चोरी निकासी हुनु, उत्खनन् कार्यमा बाधा अड्चन खडा गरिनु, ऐतिहासिक स्थलमा संरक्षणको अभावमा गाईभैँसी चरनमा बदलिनु, भेटिएका ऐतिहासिक महत्वका प्रमाणहरू पनि अलपत्र पर्नु, लुम्बिनी क्षेत्रलाई अतिक्रमण गरिनुजस्ता विषयवस्तुहरू यो क्षेत्रको उपेक्षाका प्रमाणहरू हुन् । यसको साथै अझ महत्वपूर्ण कुरा त सन् १९६५मा भारतीय पुरातत्वविद श्रीमती देवला मित्राले लुम्बिनी कपिलवस्तुको उत्खनन्बाट प्राप्त दुई ट्रक पुरातात्विक महत्वका वस्तुहरू कार्बन परीक्षणको लागि भनी भारत लगिएकोमा हालसम्म पनि सो वस्तुहरू कहाँ छन् भन्नेबारे नेपाल सरकारबाट खोजी कार्य नगरिनु पनि सरकारी निकाय लाचर भएको पुष्ठि हुन्छ ।

३.६ नक्कली कपिलवस्तु निर्माण
भारत सरकारले निकै वर्ष र अरबौँ रकम खर्चेर गौतम बुद्धको पिताको दरवार भारतमै रहेको दाबी गर्दै नेपालको लुम्बिनी कपिलवस्तु सीमामा जोडिएको जिल्लालाई विभाजन गरी सिद्धार्थनगर जिल्ला निर्माण गरी उक्त जिल्लाको सदरमुकाम पिपरहवालाई “कपिलवस्तु” नामाकरण गरी बुद्धको जन्मस्थानको नाम दुरुपयोग गरी “नक्कली कपिलवस्तु” निर्माण गर्दा पनि नेपाल सरकार अहिलेसम्म पनि बेखबरजस्तै मौन छ । भारतले कपिलवस्तुको नाम दुरुपयोग गरेकोमा लुम्बिनी विकास कोषका अधिकारी एवम् पुरातत्वविदहरु पनि सन्तुष्ट छैनन् । यसको अलावा भारतले आफ्नो भूमिमा बनाएको संग्रहालयको नाम नै “कपिलवस्तु संग्रहालय” राखेको छ । यसले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थान लुम्बिनी, तिलौराकोट, नेपाल आउने पर्यटकलाई भारततिरै तान्ने भारतीय रणनीति प्रभावकारी रुपमा कार्यान्वयनमा आएको छ । जस्ले गर्दा बुद्धको वास्तविक जन्मस्थान छायाँमा पर्नसक्ने स्थिति देखिएको छ ।

४. लुम्बिनी कपिलवस्तु दिवस अभियानको सूत्रपात
बुद्धको जन्मस्थान लुम्बिनी नेपालबारे विश्वव्यापी रहेका उल्लिखित दिग्भ्रमहरु हटाउन तथा लुम्बिनी र पर्यटन व्यवसायको प्रबद्र्धन गर्नको लागि विश्वव्यापी छरिएर रहेका गैर आवासीय नेपालीहरुले स्वस्फूर्त रुपमा सन् २००९ सेप्टम्बर ५ मा फेसबुकमा छलफल गरी क्यानाडाका भानु शर्मा, युकेका रामकुमार श्रेष्ठ र ताईवानका डा. हरिकुमार श्रेष्ठको एक कोर कमिटि गठन गरी सम्पूर्ण अभियन्ताको सक्रिय सहयोगमा यो अभियानको कार्य थालनी भई सन् २०१० मा ई. रामकुमार श्रेष्ठको संयोजकत्वमा विभिन्न देशका संयोजकहरु पदेन संयोजक सदस्य रहने गरी “कपिलवस्तु दिवस अभियान” ९जततउस्ररधयचमिबmष्तथ।धयचमउचभकक।अयmर० नामक विश्व समिति स्थापना गरी यस्ता दिग्भ्रमलाई चिर्ने कार्यको थालनी गरियो । पछि सन् २०११ मा नेपालको पर्यटन बोर्डसँगको सहकार्यमा सम्पन्न “लुम्बिनी विकास ः सम्भावना र चुनौतिहरु” विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थिति व्यक्तित्वहरु र अन्य धेरै अभियन्ताहरुको पृष्टपोषण तथा सुझावको आधारमा यसको पुरानो नाम परिवर्तन गरी “लुम्बिनी कपिलवस्तु दिवस अभियान” राखियो । हाल करिब २० देशमा राष्ट्रिय समितिहरु पनि गठन भईसकेको छ भने नेपालमा त क्षेत्रीय र ईलाका स्तरमा पनि यसको विस्तार भइसकेको छ । हालै नेपालमा भने डा. हरिकुमार श्रेष्ठको अध्यक्षतामा नीलकण्ठ तिवारी (उपाध्यक्ष), श्रीकुमार श्रेष्ठ (महासचिव), निलेश अधिकारी (सचिव), धर्मबहादुर शाक्य (कोषाध्यक्ष) र सदस्यहरुमा चन्द्रिका थापा र ज्ञानु केसी रहेको सात सदस्यीय समिति जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आधिकारिक रुपमा दर्ता भइसकेको छ । विश्व अभियानले विश्वव्यापी रुपमा विद्यमान बुद्धको जन्मस्थानको बारेमा सिर्जित विभिन्न दिग्भ्रमहरु सच्याउन पहल तथा प्रयास गर्दै आएकोमा केही महत्वपूर्ण उपलव्धिहरु पनि हासिल गरिसकेको छ, जुन अभियानको व्लग ९जततउस्ररधयचमिबmष्तथ।धयचमउचभकक।अयmर० मा पनि उपलव्ध छन् ।

५. अभियानका मुख्य मुख्य प्रयास तथा उपलव्धिहरु
सन् २००९ देखि स्वस्फूर्त विश्वव्यापी रूपमा नेपालीहरूले यो अभियानको सुरू गर्दै सन् २०१० मा यो अभियानको सूत्रपात भएपछि लुम्बिनीसम्बन्धी दिग्भ्रमलाई चिर्ने प्रयासहरु गर्दै आएको छ र हालसम्म केही उपलव्धि पनि हासिल गरिसकेको छ । यी मध्ये केही मुख्य मुख्य उपलव्धिहरु यस प्रकार छन् ः
ड्ड प्रत्येक वर्ष डिसेम्बर १ का दिन सन् २००९ देखि यस अभियानले वार्षिक दिवसको रूपमा विभिन्न देशहरुमा ¥याली, गोष्ठि तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन गरी लुम्बिनी कपिलवस्तु दिवस मनाउदै प्रचार प्रसार अभियानलाई तीब्रता दिँदै जनचेतनामूलक कार्य गर्दै आएको छ । नेपालमा भने सन् २०१० मा स्वर्णशिक्षा मा.वि. गोकर्णबाट ¥याली निकाली अभियानको सुभारम्भ भएको थियो ।
ड्ड अभियानको पहलमा गुगल म्याप, दक्षिण कोरिया तथा स्वीडेनको पाठ्यपुस्तक, ब्रिटिस म्युजियम, केही डकुमेन्ट्रीमा संशोधन गराई ऐतिहासिक सफलता हासिल गरिएको छ । त्यस्तै गरेर, नेपालको त्रिभुवन विश्वविद्यालयले डोरेन चार्लस् भ्यानद्वारा लिखित ूब् ज्ष्कतयचथ या प्लयधभिमनभू नामक पाठ्यपुस्तकमा बुद्ध उत्तरी भारतमा जन्मिएको एउटा राजकुमार भन्ने कुरा सन् १९९९ देखि २०१० सम्म करिब ११ वर्ष पढाईएकोमा सो पुस्तक अविलम्ब हटाउनको लागि दबाब स्वरुप अभियानको तर्फबाट त्यहाँका कूलपतिसमक्ष ज्ञापनपत्र बुझाई बन्द गर्न लगाइएको ।
ड्ड संयुक्त राष्ट्र संघको नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय न्यायालयमा पनि बुद्धको मूर्ति स्थापना गरी बुद्धको जन्मस्थान लुम्बिनी नेपाल भनी स्थापित गरिसकेको छ । यसले गर्दा विश्व जनमानसमा निकै नै प्रभाव परिराखेको छ ।
ड्ड फेसबुकको सदुपयोग गरी विश्वव्यापी दिग्भ्रम हटाउन १५० मिलियन मानिसको बीच आफ्ना सामग्रीहरु लैजाने पिविएस, अन्तर्राष्ट्रिय पत्रिका न्युजविकका प्रधान सम्पादक, द पोष्ट अमेरिकन वल्र्डका लेखक एवम् सिएनएनको कार्यक्रम प्रस्तोता फारिद जाकिराले दिएको गलत जानकारी सच्याउन दवाब दिईएको ।
ड्ड बुद्धको जन्मस्थानसम्बन्धी विश्वव्यापी रुपमा भएको दिग्भ्रम हटाउन सरकारी तवरबाट पहल गरी समाधानको लागि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई अगष्ट १२, २०१० मा अभियानको तर्फबाट ज्ञापनपत्र बुझाउनुको साथै तत्कालिन मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, प्रधानमन्त्री सुशिल कोईरालालगायत विभिन्न पार्टिका नेतृत्वगणसँग भेटघाट तथा परामर्श गरी विश्वव्यापी दिग्भ्रम हटाउन कुटनीतिक पहलको लागि अनुरोध गरिएको ।
ड्ड लुम्बिनीमा नेपाल चिनाउने कुनै सामग्री नभएकोले अभियानको विद्यार्थी दूत किशोर कुईँकेलको नेतृत्वमा स्कूलका विद्यार्थीहरुको पहलमा आफ्नो खाजाखर्चबाट रु. एक कटाई लुम्बिनीमा गेट निर्माणको लागि पहलकदमी शुरु गरिएको र लुम्बिनीमा प्रवेशद्वार ६ मा ूध्भअियmभ तय ल्भउब ितजभ द्यष्चतजउबिअभ या ीयचम द्यगममजबू लेखिएको व्यानर फेब्रुअरी २३, २०१२ मा टाँगिएको थियो । यसको सहयोगार्थ अष्ट्रेलिया र युकेका विद्यार्थीहरुको साथै धेरै देशका नेपालीहरुबाट पनि ऐक्यबद्धता प्रकट गरिसकेका छन् ।
ड्ड अष्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री जुलिया गिलार्डलाई बुद्ध नेपालमा जन्मनुभएकोले नेपालीको तर्फबाट अष्ट्रेलियाले गरेको भौतिक विकास तथा शान्ति प्राप्तिको लागि कामनासहित बुद्धको मूर्ति उपहार दिइएको ।
ड्ड विश्वव्यापी दिग्भ्रम निस्तेज पार्नको लागि अभियानको सहयोगमा २ वर्ष अगाडि अष्ट्रेलियाको मेलवर्नमा सञ्चार रेडियो र टिभि ले २४ घण्टे कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको ।
ड्ड अभियानले लुम्बिनी, कपिलवस्तु, बुद्ध र अभियानको लागि उल्लेखनीय योगदान पु¥याउनुभएका दर्जनौँ व्यक्तित्वहरुलाई सम्मान पनि गरेको ।
ड्ड नेपालमा, सन् २०११ मा नेपाल पर्यटन वोर्डसँगको सहकार्यमा बृहद लुम्बिनी विकास निर्देशक समितिका अध्यक्ष श्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा “लुम्बिनी विकास ः सम्भावना र चुनौतिहरू” विषयक अन्तरक्रिया कार्यक्रम सन्चालन गरी प्रतिवेदन तयार गरेर तत्कालिन नेपाल सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा अन्य सम्बन्धित मन्त्रालय तथा निकायहरुलाई उपलव्ध गराइएको । उक्त प्रतिवेदनमा काठमाडौँको तीनकुनेमा बुद्धपार्क निर्माणको लागि खाकासमेत दिईकोमा हाल नेपाल सरकारले कुनै न कुनै रुपमा यसको कार्यान्वयनको सुरुवात गरिसकेको छ । जुन सह्रानीय छ ।
ड्ड सन् २०१३ मा “बुद्धको जन्मस्थान लुम्बिनीको दिग्भ्रम ः समाधानका उपाय तथा प्रयासहरू” विषयक अन्तरक्रिया कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री श्री रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सन्चालन गरेको थियो । यसमा नेपालका सम्बन्धित सरकारी सयन्त्रहरूलाई पनि आमन्त्रित तथा सहभागिता गराईंदै आएकोले हिजोआज सरकारी क्षेत्रले पनि हल्का चासो देखाउन थालेका छन् । यदि सरकारी संयन्त्रले कुटनीतिक तवरबाट समाधानको लागि पहल गरेमा विश्वव्यापी रूपमा फैलिएको यस्तो भ्रम चिर्न छिटो हुने अपेक्षा पनि गरिएको छ ।
ड्ड अभियानको छैटाँै वार्षिकी कार्यक्रम मनाउने क्रममा बुद्ध र लुम्बिनी विषयमा केन्द्रित रहेर “बुद्धको जन्म देशमा आजका स्वर लहरीहरु” शिर्षकमा अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव आयोजना गरी विजेता स्रष्टाहरुलाई अभियानको सातौँ वार्षिकोत्सवमा नगद पुरस्कार तथा प्रमाणपत्रले पुरस्कृत गरिएको ।
ड्ड नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहको प्रमुख आतिथ्यमा डिआईडि प्रतियोगितामा प्रथम भएकी नेपाली चेली तेरिया फोजा मगरको सम्मान कार्यक्रममा अभियानले यी दिग्भ्रमका विषयवस्तु पनि प्रकाश पारेको ।
ड्ड अमेरिका, चीन, भारत, जापान, श्रीलंका, थाईल्याण्ड र नेदरल्याण्डस्को पाठ्यपुस्तक तथा अन्य केही सामग्रीहरुमा बुद्धको जन्मस्थानका बारेमा दिग्भ्रम भेटिएकोले दिग्भ्रम संशोधनको लागि लुम्बिनी कपिलवस्तु प्रबद्र्धन विश्व अभियान, नेपालले नेपाल पर्यटन बोर्डको हलमा सञ्चालन गरेको सातौँ वार्षिकी कार्यक्रममा उक्त देशहरुका राष्ट्र तथा सरकार प्रमुखहरुले पाउने गरी अभियानको तर्फबाट कार्यक्रमका विशेष अतिथि तथा विश्व संयोजक ई. रामकुमार श्रेष्ठबाट कार्यक्रममा प्रमुख अतिथि क. प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरी नेपाल सरकारका प्रतिनिधि परराष्ट्र मन्त्रालयका सहसचिव डा. दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गरिएको थियो । यसको साथै सोहि कार्यक्रममा दक्षिण गोलार्धकै सबभन्दा ठूलो बौद्धिष्ट मन्दिर नाण्टियन मन्दिर, सिड्नीमा स्थापना गर्न लुम्बिनी कपिलवस्तु प्रबद्र्धन विश्व अभियानका कोषाध्यक्ष धर्मबहादुर शाक्यबाट उपलव्ध गराइएको ५० केजी तौल र ३ फिट अग्लो सुनको जलप लगाईएको बुद्धको मूति अभियानको तर्फबाट माथि उल्लिखित प्रक्रिया अनुसार नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको ।

६. निस्कृर्ष तथा सुझाबहरु
निस्कर्ष
बुद्धको जन्मस्थान लुम्बिनी, नेपालको बारेमा युनेस्कोले विश्व सम्पदा सूचीमा राखी प्रमाणित गरिसकेको र विभिन्न चरणको उत्खनन् कार्यहरुले पनि बुद्धको जन्मस्थान लुम्बिनी, नेपालनै हो भनी थप पुष्ठि गरिसकेको छ तापनि नेपाल सरकारको मौनताको कारण यो स्थानको प्रभावकारी अध्ययन, अनुसन्धान, विकास, प्रचारप्रसार, संरक्षण तथा प्रबद्र्धन हुन सकेन । त्यसैले, बुद्धको जन्मस्थान भारतमा नै हो भनी सताव्दिऔँदेखि विश्वव्यापी रुपमा दिग्भ्रमहरु छरिँदै आएको छ । अभियानले छोँटो अबधिमा धेरै नै उल्लेखनीय उपलव्धिहरु हासिल गरे तापनि सरकारीले कुटनीतिक तवरबाट सहयोग नगरिँदासम्म यो विषयवस्तु समाधानको लागि अझै दशकौँ वर्ष लाग्नसक्छ । यस्ता दिग्भ्रमले गर्दा बुद्धको जन्मस्थानसम्बन्धी अध्ययन, अनुसन्धान तथा दर्शनार्थीहरु भारतमा निर्मित नक्कली कपिलवस्तुतिर जान वाद्य बनाइएको स्थिति पनि छ । यो मानव अधिकार हनन् र अपराधको चरम रुप हो ।

त्यसैले, अभियान निरन्तर रुपमा विश्वका हरेक कुनामा रहेका सयौँ अभियन्ताहरुको सक्रिय सहयोग र समर्थनमा आफ्ना उद्देश्य पूरा गर्न दत्तचित्त हुनुको साथै नेपाल सरकारलाई एक दह्रो सरोकारवालाको भूमिकामा रहि सहयोग गर्न पनि तयार छ । यस कार्यमा नेपाली नेतृत्वगण तथा पत्रकार जगतको पनि केही वर्षदेखि सह्रानीय सहयोग हुँदै आएको छ । यदि सबै क्षेत्रबाट सकारात्मक सहयोग भएमा यो कार्य पूरा गर्न धेरै समय कुर्नु पर्दैन । बिगतका दिनभन्दा आज सरकारी सहयोग सकारात्मक दिशातिर बढे तापनि ती कार्यहरु अझै पर्याप्त र प्रभावकारी छैनन् । त्यसैले, सरकारी क्षेत्रले प्रभावकारी रुपमा तल उल्लिखित सुझाबहरु कार्यान्वयन गर्न जरुरी छ ।

सुझावहरु
ड्ड अभियानले सन् २०१२ मा नेपाल सरकारसमक्ष पेश गरेको “लुम्बिनी विकास ः सम्भावना तथा चुनौतिहरु” विषयक प्रतिवेदन प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको देखिँदैन । यसलाई कार्यान्वयनमा ल्याउँदा सहज रूपमा धेरै कुराहरु समाधान हुने देखिन्छ । यसको साथै, अभियानद्वारा काठमाडौँमा सन् २०१३ सन्चालन भएको एकदिने अन्तरक्रिया कार्यक्रमको निचोडलाई मात्रै पनि कार्यान्वयन गर्न सकेमा अझै थप सहयोग पुग्दछ ।
ड्ड लुम्बिनी विकास कोषमा राजनीतिक हस्तक्षप नगरी विज्ञताको आधारमा पदाधिकारी तथा कर्मचारी नियुक्ति गर्नुपर्दछ र पूर्ण अधिकारप्राप्त कार्यकारी प्रमुखको व्यवस्था हुन नितान्त जरुरी छ ।
ड्ड सन् १९६५ मा भारतीय पूरातत्वविद देवला मित्रालाई कार्बन परीक्षणको लागि पठाईएको २ ट्रक सामग्रीहरु हालसम्म पनि फिर्ता नआएको जानकारी पाईएकोले सोको अविलम्ब खोजीनीति गरी फिर्ता गरिनुपर्दछ र यसको सत्यतथ्य जानकारी जनतासमक्ष आउनुपर्दछ । यो हाम्रो अधिकार पनि हो ।
ड्ड विश्वव्यापी रहेको दिग्भ्रम चिर्न नेपाल सरकारले यथासक्य चाँडो कुटनीतिक पहल चाल्नु जरुरी छ । अभियानले सातौँ वार्षिकी मनाउने क्रममा नेपाल सरकारलाई बुझाएको कागजात सम्बन्धित देशका राष्ट्रप्रमुखलाई बुझाएको भन्ने कुरा जानकारीमा आएकोले सोको अनुगमन सरकारी तवरबाट गरिनु पनि पर्दछ ।
ड्ड विश्वव्यापी रहेको यो दिग्भ्रम हटाउन सरकारले अध्ययन, अनुसन्धान, प्रचारप्रसार, संरक्षण र प्रबद्र्धनलाई प्रभावकारी रुपमा अगाडि बढाउँदै लुम्बिनीको एकीकृत विकासमा जोड दिनुपर्दछ ।
ड्ड नेपालको रु.१०० को नोटमा ूीगmदष्लष् तजभ दष्चतज उबिअभ या ीयचम द्यगममजबू उल्लेख भए तापनि ीगmदष्लष्, ल्भउब िभनिएको भए सुनमा सुगन्ध हुने थियो । यसले नेपालनै भनेर किटान गर्दथ्यो । त्यसैले, नेपाल थपेर संशोधन हुन जरुरी छ ।
ड्ड नेपालका सम्पूर्ण विमानस्थलमा अनिवार्य रुपमा बुद्धको विशाल मूर्ति स्थापना गरी पर्यटकहरुलाई विमानस्थल ओर्लने बित्तिकै बुद्धको जन्मस्थान नेपालमा हार्दिक स्वागत गर्ने खालका सन्देशको साथै उनीहरुको अन्तर्राष्ट्रिय विमानस्थल आवागमनसँगै प्रचारप्रसार सामग्री प्याकेजमा दिनुपर्दछ ।
ड्ड वास्तविकतालाई तोड्मोड गरी दिग्भ्रम फैलाउन खोज्ने स्वदेशी तथा विदेशी जो कोहिलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम कानूनको परिधिमा रहेर नेपाल सरकारले कारबाहिको दायरामा ल्याउन हिम्मत कस्नुपर्दछ । अन्यथा, कमजोर मानसिकताले यो दिग्भ्रम यथावत रहने स्थिति देखिन्छ ।
ड्ड लुम्बिनी, नेपालको प्रचारप्रसारमा हिजोआज विभिन्न नेपाली सञ्चार माध्यम, मिडियाकर्मी तथा पत्रकारहरुको भूमिका प्रसंशनीय छन् । यसले दिग्भ्रम चिर्नको साथै पर्यटकहरुको आवागमनलाई पनि प्रश्रय मिल्न जाने हुँदा यस्ता प्रचारात्मक क्रियाकलाप निरन्तर चालु राख्नुपर्दछ । यसको लागि सम्बन्धित मन्त्रालय, पूरातत्व विभाग, नेपाल पर्यटन बोर्ड, लुम्बिनी कोषको साथै लुम्बिनी र बुद्ध तथा पर्यटनसँग सम्बन्धित व्यवसायीहरुको संघ संस्थाको भूमिका पनि महत्वपूर्ण हुनाले सरकार तथा निजी क्षेत्रको सहकार्य अनिवार्य छ ।
ड्ड हालै काठमाडौँ महानगरपालिकाले तीनकुने, काठमाडौँको विकासको लागि सारेको परियोजना यथासम्भव चाँडो सम्पन्न गर्न जरुरी छ । यो कुरा पनि सन् २०११ को अन्तरक्रियाको प्रतिवेदनमा समावेश गरिसकेका थियौँ । यस्ता समस्याहरू समाधानको लागि हामी नेपाली सबैले सक्रिय योगदान गर्न जरुरी पनि छ ।
ड्ड हाल नेपालमा यो संस्था “लुम्बिनी कपिलवस्तु प्रबद्र्धन विश्व अभियान”को नाममा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भईसकेकोले नेपाल सरकार तथा अन्य सम्बन्धित संघ संस्थाले यस अभियानलाई पनि एक महत्वपूण सरोकारको रुपमा लिनुपर्ने कुरामा अभियान जोड गर्दछ ।
ड्ड कतिपय लुम्बिनी र बुद्धसँग जोडिएर बनेका संघ संस्थाले लुम्बिनी पाईलै नटेकी दशकौँसम्म ब्रम्हलुट गरेको कुराहरु पनि सुन्नमा आएकोले नेपाल सरकारले यस्ता संघ संस्थाको अनुगमन गर्न जरुरी छ । यदि अनुगमनमा गलत मनसायले काम गरेको पत्तालागेमा भ्रष्टचारी सहर राखेर कारबाही गरिनुपर्दछ ।
ड्ड नेपालमा दर्ता भएको “लुम्बिनी कपिलवस्तु प्रबद्र्धन विश्व अभियान” को नाम अन्य देशका राष्ट्रिय समितिहरु तथा विश्व कार्यसमितिको नामसँग फरक पर्न गएकोले एकरुपताको लागि भविष्यमा यहि नामले अगाडि बढ्नुपर्ने देखिन्छ ।

Bibliography:

Shrestha HK. 2014. Buddha Janmasthanko Digbhram, Rashtriyata ra LUK Abhiyan (in Nepali). Available on https://worldamity.wordpress.com/2014/07/12/hari-kumar-article/.

UNESCO World Heritage Centre 1992-2016. Available on http://whc.unesco.org/en/list/666.

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु