म्यानमार (ब्रह्मदेश)का नेपाली भाषी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक २० गते, सोमबार ११:५६

आधुनिक म्याँनमारको पुरानो नाम ब्रह्मदेश हो । यो देश बौद्ध धर्मको आगमन अघिनै स्वर्णभूमिको नामले इतिहास प्रसिद्ध थियो ।

नेपालको पुर्वी दक्षिणमा अवस्थित बर्मा हाल म्यानमारमा नेपाली मुलका नेपालीहरु करिब दुई लाख जति रहेका छन ।
म्याँनमारलार्ई मध्यकालमा बह्मदेश पनि भनेर चिनिनथ्यो । बर्मा एक अलग े देशको रुपमा रहेको थियो । भारतको उत्तरपुर्वी राज्य नगाल्याण्ड र मणिपुरको सीमामा रहेको बर्मा शुरुमा एक छुटटै राज्यको रुपमा रहेको थियो ।

एंग्लो बर्मा युद्ध ः सन ५ मार्च १८२४ देखि २४ फरबरी १८२६ सम्म करिब दुई वर्ष सम्म चलेको एंग्लो बर्मिज युद्ध पछि बर्मा अन्तत बेलायतले बर्मिज साम्राज्य माथि नियन्त्रण गनृ सफल भयो र बर्मामा बृटिश शासनको शुरुवात भयो । शुरुमा करिब दश हजार भारतीय र बृटिस सेनाको नेतृत्व गदै बेलायत सेनाध्यक्ष आरसि बल्ड कैम्पबेल बर्माको पुरानो राजधानी रंगुन पुगेका थिए । ती बेलायती सेनामा केही नेपाली जवानहरु पनि संलग्न थिए । अन्तत दुई वर्ष सम्म चलेको युद्ध पछि र सन १८२६ को फरबरी २४ मा बर्माको इयानडब्बु भन्ने सानो गाँउमा बेलायती सेनाका जनरल आरसि बल्ड र बर्मा सामाज्यका Governor of Legaing Maha Min Hla Kyaw Htin बीच सम्झौता भयो । यो सन्धि पछि बर्मा पुरै बेलायती औपनिवेशमा गाभियो र भारतीय समग्र भूमिसंगै बर्मा पनि पूर्ण रपमा बृटिस औपनिवेश शासनको अन्तभुक्त रहन गयो ।

बेलायतले बर्मालाई आफनो औपनिवेशमा गाभेसंगै बmेलायत सेनमा त्यस समयमा कार्यर केही नेपाली सेनाका जवान पनि बर्मा । सन १९४८ मा बटिस शासनबाट स्वतन्त्र भए पछि नेपालीहरुले बर्मा सरकारको सेनामा सेवा गर्ने अवसर प्राप्त गरे । बृटिश शासन कालमा यसको नाम बर्मा थियो भने सन १९८९ मा यो देशको नाम Union of Burma बाट  ःUnion of Myanmar राखिएको हो । हाल यो देशलाई Republic of the Union of Myanmar भनिन्छ ।
बर्मामा रहेको धेरै नेपालीहरुले हिन्दु धर्म अंगालेका छन भने केहीले बौद्ध धर्म पनि अंगालेका छन । म्यानमारमा नेपाली बसोवास गर्ने शहरहरु मध्ये राजधानी यंगुन, बर्माको पुराने राजधानी मान्डले,मिचिना , मोगोक, पिउन औ लइन,टामु, कलायमयो, कचिन राज्य, र सान प्रान्त रहेका छन ।

बर्मामा नेपालीहरुले सेनामा विशेष प्रसिद्ध कमाएको छन । त्यँहाको बर्मीज रेजिमेन्टमा कार्यरत सुक बहादुर राईले त्यँहाको उच्च पदक आड्साड. तुरिया(भिक्टोरिया क्रस)प्राप्त गरेका थिए । बर्मामा नेपाली शिक्षीत जमातले अंग्रेजी संगसंगे त्यँहाको स्थानीय भाषा बर्मिजमा पनि प्रभुत्व बर्नाएका छन ।

बर्मामा रहेका नेपालीहरु हाल बर्मिज सेना ,व्यापार र सरकारी सेवामा पनि संलग्न रहेका छन । नेपालीहरु मिलनसार जाति र हिन्दु धर्म प्रति उत्तरदायी रहे पनि धार्मिक दृष्टिकोणले पनि बुद्ध धर्मसंग नजिक रहेकाले बर्मामा रहेका नेपालीहरु त्यँहाको सरकारको छननोटमा पर्न सफल रहेका छन । यसैगरि बर्मामा खेति योग्य जमीन प्रशस्त रहेको पशुपालन योग्य चरण भुमि धेरै रहेको , मुगा र रुवीको खानी समेत रहेकाले नेपालीहरुले बर्मामा बसोवास गर्न मन पराएका छन ।
यसै सन्दभमा हालै म्यानमारको पुरानो राजधानी मान्डेलामाअक्टोबर ६ देखि ८ सम्म भएको अन्तराष्ट्रिय आर्य महासम्मेलनमा भाग लिएर फर्कने क्रममा बर्माको सान प्रान्तको राजधानी टाँउजीमा बसोवास गदै आउनु भएका अखिल म्याँनमा देशीय गोर्खा हिन्दु धार्मिक संघका शाखा अध्यक्ष तथा समाज सेवी तथा व्ववसायी कृष्ण प्रसाद ढकालसंग गर्रिएको संक्षिप्त कुराकानी ः

 


म्यान्मामा यहाँका पुर्खाहरु कसरी आई पुगे त ?
हाम्रा पुर्खाहरु बृटिश सरकारले बर्मालाई सन १८२६ मा गाभे देखिनै बृटिश सेनाको जागिर िमार्फत यहाँ प्रवेश गरेको हाम्रा पुर्खाहरुले बताएका छन ।

बर्मा भरिमा हाल नेपाली बसोवास गर्ने संख्या कति छन होला ?
यहाँको भोटर मात्र्र एक लाख भन्दा बढीनै छन । समग्रमा त बर्मा भरिमा झण्डै दुइ लाख जति छन होला ।
नेपालीहरु बर्माको कुन ठाँउमा बढी छन नि ?
नेपाली हरु बर्माको विशेष गरि कचिन प्रान्तको मिचिना शहरमा बढी छन । मिचिना शहरका उद्योगपति खेम प्रसाद ढकालले शुरुमा लगातार १५ वर्ष सम्म किसान र संगसंगै दुध व्वयसाय गरि पनि हाल उनी मिचिनामा उद्योग व्ववसायमा नाम चलेको उद्योगपति रहेका छन । यो मिचिना प्रान्तलाई दोश्रो नेपाल पनि भनिन्छ । यो संगै रुवी र मुगा बढी पाइने मागोक प्रान्तमा पनि नेपालीहरु
बसोवास गर्दछन । र तेश्रोमा शान प्रान्तमा बसोवास गर्दछन । शान प्रान्तको राजधानी टाँउजीमा मात्रै करिव १२ हजार नेपाली हर बसोवास गर्दछन ।
नेपालीहरु यँहाको कुन कुन व्यवसायमा संलग्न छन नि ?
नेपालीहरु विशेष गरि सैनिक सेवा संगसंगै , सरकारी कार्यालय, स्वास्थ्य क्षेत्रमा पनि कार्यरत छन । बर्मामा एमबीबीएस अध्ययन गरेका मात्रै करिव एक सय ८० जना रहेका छन ।
यँहालाई आफनो पुर्खाको देश फर्कन मन लाग्देन ?
फर्किन मन त लाग्छ तर नेपालमा बेरोजगार समस्या, अस्थायी सरकार, र व्यापार व्यवसायको ग्यारेन्टी नभएकाले त्याहा गएर बाच्न गारो पर्ला भनेर जान मन लाग्दैन । यद्यपि एक नेपाल गएर त्यस पवित्र देश भुमि छुन हामी आतुर छौं ।
नेपाल सरकारबाट यँहाहरुले के सहयोगको अपेक्षा राख्ुन भएको नि ?
हामी लाई नेपाल त जान मन लाग्छ । नेपाल हाम्रा पुर्खाको थलो हो ।नेपालमा पवित्र पशुपतिनाथको मन्दिर छ । भगवान बुद्धको जन्मस्थल लुम्बिनी त्यसै प्रसिद्ध छ । यहाँको सरकारले हामी बर्मा बासिको लागि सिधा हवाई सेवा शुरु गरे हामी नेपाल सरकार प्रति कृतज्ञ हुने थियौं ।

टाँउजीको शिव आशुतोष तपोधाम सन्यास आश्रम ः

म्यानमारको सान प्रान्तमा रहेको शिव आशुतोष तपोधाम नेपालीहरुको प्रयासमा शुरु भएको एक संत्संग र धार्मिक संगमको त्रिवेणीको रुपमा रहेको छ । यस संस्थालाई हाल स्वामी विवेकानन्द गिरीज्युले संचालन गर्नु भएको छ । यो आश्रम भित्र भगवान शिवको १०८ वठा शिवलिङ्गको साथै विभिन्न देव देवीहरुको प्रतिमा रहेको छ । यो म्याँनमार रहेका नेपाली तथा समग्र हिन्दु तीर्थ यात्रीहरुका निम्ति एक प्रकारको तीर्थ स्थलको रुपमा रहेको छ । टाँउजीमा रहेको यस सन्यास आश्रमका सन्यासी गुरु गिरी तथा समाज सेवी तथा अखिल म्याँनमा देशीय गोर्खा हिन्दु धार्मिक संघका शाखा अध्यक्ष तथा समाज सेवी तथा व्ववसायी कृष्ण प्रसाद ढकालको सहयोग त्ँयहा वषौं देखि चलि आएको लिम्बु भाषाभाषीहरुको मौलो पुजा कुरीति प्रथा बनद भएको छ ।

फोटो ः टाँउजीको शिव आशुतोष तपोधाम सन्यास आश्रमका सन्यासी स्वामी विवेकानन्दका साथ नमराज ढकाल र स्थलगत रिर्पोटर किशोर सेढाई ।

इनले लेक ः

फोटो ः इनले लेकको गुम्बाका बौद्ध भिक्षुसंग अखिल म्याँनमा देशीय गोर्खा हिन्दु धार्मिक संघका शाखा अध्यक्ष तथा समाज सेवी तथा व्ववसायी कृष्ण प्रसाद ढकाल ,नमराज ढकाल र स्थलगत रिर्पोटर किशोर सेढाई ।

पर्यटनका लागि म्याँनमार घुम्न जानेहरुका लागि सवैभन्दा महत्वपुर्ण पर्यटकीय स्थल इनले लेक हो । यो म्याँनमारको सान राज्यको सान हिल्समा अवस्थित संसारकै एक प्रसिद्ध पर्यटकीय गन्तव्य स्थल हो । कुल १ सय १६ बर्ग किलो मिटर क्षेत्रफल ओटटेको यस ताललाई सन २०१५ मा World Network of Biashphere को सूचिमा समावेश गरिएको छ । यहाँ संसारमा पाइने दुर्लभ प्रजातिका माछाहरु पाइन्छन । संसारका विभिन्न देशबाट आउने पर्यटकहरुका लािग इनले लेक

पहिलो रोजाइमा पर्ने गर्दछ । नोभेम्बर , डिसेम्बर, जनवरी महिनासम्म विशेष पर्यटकीय महिना भएकाले यो समयमा यस लेक क्षेत्रका होटल लजहरु पर्यटकले भरिभराउ हुने गर्दछन ।फोटो ः प्रसिद्ध इनले लेक साइटमा लेखक ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु