युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमसत्यनारायणको आवाजमा मल्ल राजाहरुको मल्लकालिन गीतमय सरगमहिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्णशम्भुले सिकागो म्याराथनमा दौड्नेएसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधिनवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचोएसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?

भोजन सम्बन्धी महत्वपूर्ण २५ टिप्स जान्नुहोस्, स्वस्थ रहनुहोस् ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक २५ गते, शनिबार १२:१०

सन्तुलित खानाले स्वास्थ्यको लागि अनगिन्ती फाइदा पुर्याउँछ । कैयौं दीर्घ रोगहरूको खतरा कम गर्नुका साथै स्वस्थ खानाले हाम्रो शरीरलार्इ तन्दुरुस्त राख्न मद्दत गर्दछ भन्ने कुरा वैज्ञानिक तवरले प्रमाणित भैसकेको छ । हामीले आफ्नो खाना सम्बन्धी व्यवहार पूर्ण रुपमा परिवर्तन गर्न नसके पनि क्रमशः थोरैथोरै गरेर परिवर्तन गर्दै लैजानुपर्दछ । यस्ता छन् तपाइँलार्इ दीर्घ रुपमा फाइदा पुर्याउने टिप्सहरू :-

१. बिस्तारै खानुहोस् ।

२. प्रशोधन नगरिएको प्राकृतिक अन्नको प्रयोग गर्नुहोस् ।

३. भोजनमा दही समावेश गर्नुहोस् ।

४. सूची बनाएर मात्र किनमेल गर्नुहोस् ।

५. बिहानको खाजामा अण्डा अनिवार्य खानुहोस् ।

६. प्रोटिनयुक्त खानेकुराको मात्रा बढाउनुहोस् ।

७. प्रशस्त पानी पिउनुहोस् ।

८. तेलमा तारेको भन्दा आगोमा सेकाएको वा सुख्खा भुटेको खानुहोस् ।

९. ओमेगा-३ र भिटामिन डी पाइने खानेकुरा खानुहोस् ।

१०. रेस्टुरेन्टमा खान छोड्नुहोस् ।

११. प्रत्येक हप्ता फरक-फरक रेसिपीको प्रयोग गर्नुहोस् ।

१२. तारेको आलु वा फ्रेन्च फ्राइज भन्दा उसिनेको वा पोलेको आलु खानुहोस् ।

१३. खानाभन्दा अघि सलाद खानुहोस् ।

१४. जुस पिउनुभन्दा फलफूल नै खानुहोस् ।

१५. बाहिर खान छोड्नुहोस् अर्थात् घरमै खाना पकाउने गर्नुहोस् ।

१६. सक्रिय भर्इ शारीरिक अभ्यास गर्नुहोस् ।

१७. बजारको गुलियो पेय पदार्थ छोड्नुहोस् र सुगर-फ्री वा शुद्ध पानी पिउनुहोस् ।

१८. बजारको ‘डाइट फुड’ बाट टाढै रहनुहोस् ।

१९. आवश्यक मात्रामा मस्त सुत्नुहोस् ।

२०. सुकाइएका फलफूलभन्दा ताजा फलफूल खानुहोस् ।

२१. बजारका रेडिमेड चिप्स भन्दा भुटेको मकै खानुहोस् ।

२२. बजारका रिफाइन्ड तेलभन्दा  स्वस्थ र शुद्ध प्राकृतिक तेल प्रयोग गर्नुहोस् ।

२३. सानो थाल वा प्लेटमा खाने गर्नुहोस् ।

२४. खानालार्इ सलादले सजाउनुहोस् ताकि तपाइँको खाना थोरै होस् ।

२५. सादा कफी (ब्ल्याक कफी) पिउने गर्नुहोस् ।

कतिपय माथि उल्लेखित सुझावहरूले तपाइँको खानाको मात्रा घटाउन सहयोग गर्नेछ भने कतिपयले तपाइँको खानामा थप पोषक तत्वहरू समावेश गर्न मद्दत गर्नेछ । माथिका बुँदाहरूसँग सम्बन्धी कारण र व्याख्या लिएर हामी क्रमशः प्रस्तुत हुनेछौं । पढेर शेयर गर्न नभुल्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु