स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

लघुवित्त सेवामा विविधिकरण गरी अगाडी बढ्ने छौं – कृष्ण वहादुर थापा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर १, शुक्रबार १५:१९

गोरखा जिल्ला स्थित गो.न.पा.–३, नारेश्वरमा जन्मनु भई हाल सामाजिक सेवामा तल्लिन रहनुहुने श्री कृष्ण वहादुर थापा २२ वर्षको किशोरावस्थादेखिनै विभिन्न पेशा व्यवसायमा संलग्न रहँदै साविक कसमश डेभलपमेण्ट बैंकको सञ्चालक समिति सदस्यको रुपमा रहि काम गर्नुभयो । कसमश डेभलपमेण्ट बैंकको सफलताको अनुभवलाई प्रयोग गरी आफ्नो नेतृत्वमा साधना लघुवित्त वित्तीय संस्था दर्ता गर्नुभयो ।

हाल उहाँ उक्त साधना लघुवित्त वित्तीय संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ । साथै विगत १० वर्ष अन्तरराष्ट्रिय रेडक्रश को विभिन्न पदमा साथै अन्य संस्थाहरुमा करिव १२ वर्षको कार्यानुभव हासिल गरि सक्नुभएका थापाले ब्रेन फाउण्डेसन नेपालको उपाध्यक्ष, लाइन्स क्लव अफ काठमाडौंको क्षेत्रीय अध्यक्ष, राधेकृष्ण वचत तथा ऋण सहकारी संस्थाको संचालक समिति सदस्यको रुपमा समेत कार्यभार समाल्नुभएको थियो ।

यसैगरी वहां द वेष्ट इन वेष्ट इन्भेष्टमेण्ट , काठमाडौंको पनि अध्यक्ष हुनुहुन्छ । गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था मंसिर ३ गते समुद्घाटन हुँदैछ । यही अवसरमा लघुवित्तको अवस्था, उहाँको अनुभव र साधना लघुवित्तको आगामी योजनाको बारेमा गरिएको कुराकानीको सम्पादित अंशः

साधना लघुवित्त वित्तीय संस्थाको बारेमा बताइदिनुस् न
यस क्षेत्रका व्यवसायी, उद्यमी, बैंकर्स, कर्मचारी सबैको सामुहिक पहलमा साधना लघुवित्तको स्थापना भएको हो । यसमा २ वटा बैंकहरु प्रवद्र्धकको रुपमा रहेका छन् भने ६७ जना व्यक्तिहरु यसका संस्थापक छन् । यो साधना लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त ‘घ’ वर्गको वित्तीय संस्था हो । पांच करोड अधिकृत र तीन करोड पचास लाख जारी पूँजी रहेको यस संस्थाको संस्थापकहरुबाट संकलन गरिएको विद्यमान चुक्ता पूँजी २ करोड ४५ लाख रहेको छ । यसको केन्द्रीय कार्यालय गोरखा रहेको छ भने गोरखा, लमजुङ, तनहुँ, धादिङ, मनाङ, मकवानपुर, कास्की, म्याग्दी, वागलुङ र पर्वत गरी १० जिल्ला यसको स्वीकृत कार्यक्षेत्र हो ।

तपाईंले लामो समय क्ष्ल्न्इ मा काम गर्नुभयो , बैंक तथा वित्तीय क्षेत्रमा काम गर्नुभयो,अन्तिममा लघुवित्तमानै किन र कसरी आकर्षित हुनुभयो ?
शुरुमा म लघुवित्तको बारेमा खासै ज्ञान भएको व्यक्ति होइन । तर पनि झण्डै दुई दसकदेखि नै सामाजिक संस्थाको ब्यवस्थापकिय पदमा रहि कार्य गरेको हैसियतले लघुवित्त क्षेत्रले समाज रुपान्तरणमा पार्ने प्रभावको वारेमा मलाई पक्कै पनि ज्ञान थियो । त्यसैगरी वित्तीय क्षेत्रतर्फ चासो राख्दै गर्दा जव म तत्कालिन कसमश डेभलपमेण्ट बैंकको सञ्चालक समिति सदस्य तथा काठमाडौंमा सञ्चालित सहकारी हरु मध्ये एक अग्रणी सहकारीको रुपमा स्थापित हुन सफल सहकारीमा कार्यकारी निर्देशक एवं सञ्चालकको रुपमा समेत गरी करिव ९ वर्षको सक्रिय भूमिका रहेको हुँदा वित्तीय संस्थाको वारेमा थप वुझ्ने अवसर पाएँ ।

जव हामीले कसमशमा नै लघुवित्त विभागको स्थापना गरी महिलाहरुको समूह वनाई लघुवित्त कार्यक्रम सञ्चालन ग–यौं । त्यसै क्रममा त्यहाँ बैंकमा आवद्ध महिलाहरुको मेहेनत, इमानदारिता देखेर गर्नुपर्ने काम त यो पो रहेछ भन्ने ठानेर म लघुवित्तप्रति आकर्षित भएँ र त्यही बेलादेखि लघुवित्त कम्पनी खोल्ने सोच पलाएको हो । फेरि मुलुकको आर्थिक समृद्धिका लागि लघुवित्त नै मुख्य आधार हो भन्ने कुरामा म आफैं पनि विश्वस्त हुँदै गएँ । यो समाजमा आर्थिक रुपान्तरण गर्ने माध्यम लघुवित्त हुनसक्छ भन्ने कुरामा ढुक्क भएपछि त्यसै अनुरुप लघुवित्तप्रति मेरा लगाव बढ्दै गयो र अहिले हामी यहाँसम्म आइपुग्न सफल भएका छौं ।

लघुवित्त खोल्दाका केही अनुभव पनि बताइदिनुस् न ।
निश्चित रुपमा नयाँ काम गर्दा केही अफ्ठेरो पक्कै हुन्छ । अनि जे चिजको पनि सिर्जना गर्नु त्यत्ति सहज कुरा पनि होइन । खासगरी संस्था दर्ता प्रक्रियाको शुरुवादमा विगत २ वर्ष देखि अस्वस्थ्य रहनु भएका श्री विकास वानियाको विशेष भूमिका रहेको र तत्पश्चात् म लगायत मेरो टीम वित्तीय संस्था दर्ता प्रक्रियामा निरन्तर लाग्यौं । हाम्रो शेयरधनी श्री शुशिल काजी वानियाजीले सुरुदेखि नै संस्था दर्ताको लागि आवश्यक पर्ने सम्पूर्ण योजना, नीति नियम र कागजात तयार गर्ने क्रममा महत्वपूर्ण भूमिका खेल्नुभयो । त्यस्तै सुरुदेखि नै संचालक समितिका साथीहरु, बैंक वित्तीय संस्थाका साथीहरुको उत्साहपूर्ण सहयोगले नै यो संस्था खोल्न सफल भएको हो । अनि संस्था दर्ताको क्रममा नियमनकारी निकायको सहयोग र सद्भाव पनि उच्च रह्यो ।

अहिले साधना लघुवित्तको कार्यप्रगतिको अवस्था कस्तो छ ?
विधिवत रुपमा आज (आइतबार) समुद्घाटन हुन लागेको यो लघुवित्तले गएको गत कार्तिक २२ गते वाट सफ्ट ओपनिङ्ग गरी कारोबार शुभारम्भ गरेको हो । यसर्थ, संचालनको सुरुवातमै रहेको हुँदा हाम्रो व्यवसायिक कारोवार शुरुवादमै छ । संचालनको यो अवधिमा हामीले गोरखा र धादिङ जिल्लामा ६ वटा शाखा स्थापना गरिसकेका छौं भने कार्यक्षेत्र भित्रका अन्य जिल्लामा पनि शाखा विस्तारको क्रममा रहेका छौं । वित्तीय संस्थाले हालसम्म झण्डै १ करोड कर्जा लगानी गरिसकेको छ । यो सुरुवातमै रहेको हुँदा गर्न अझ धेरै बाँकी नै छ, तरपनि यस छोटो समयको परिणामलाई हेर्दा सकारात्मक संकेत देखिएको छ ।

लघुवित्त बैंकहरुको ब्याजदर महंगो भयो भन्ने गुनासाहरु सुनिन्छन्, यसमा तपाईं के भन्नुहुन्छ ?
निश्चित रुपमा लघुवित्त वित्तीय संस्थाहरुले गाउँगाउँमा गएर वित्तीय सेवा पुर्याउनु पर्ने भएको हुँदा यसको संचालन खर्च बढी हुन्छ र ससानो लगानीमा केन्द्रीत हुनुपर्ने भएका कारण यसको डकुमेन्टेसन खर्च बढी हुन जान्छ । अनि अर्कोकुरा लगानीको लागि अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट लिइने सापटीको ब्याजदर अहिले अप्रत्यासित रुपमा बढेको छ ।जसले गर्दा पनि स्वाभाविक रुपमा ब्याजदर केही बढी लिनुपर्ने देखिन्छ । तर, हामीले बिना धितो कर्जा प्रवाह गर्ने भएको हुँदा समूह सदस्यले त्यो पैसाबाट केही न केही आम्दानी गर्छ जुन ऊ यत्तिकै बस्दा सिर्जना हुँदैन । यसरी सापेक्षित रुपमा हेर्दा लघुवित्त वित्तीय संस्थाहरुले लिने ब्याजदर केही महंगो देखिए पनि, वास्तविकतामा त्यो एउटा सहयोग भएको कारण महंगो भन्न मिल्दैन ।

जहाँसम्म साधना लघुवित्तको कुरा छ, हामीले सकेसम्म न्यूनतम ब्याजदरमै लगानी गरिरहेका छौं । हामीले अहिले १५ देखि १७ प्रतिशतमा लगानी गरेका छौं, जुन अहिले विद्यमान रहेको लघुवित्त कम्पनीहरुको ब्याजदरमा सबैभन्दा न्यून हो । भोलिका दिनहरुमा पनि लागतका आधारमा ब्याजदर कम गर्दै ग्राहकहरुलाई सर्वसुलभ किसिमले ऋण प्रवाह गर्ने योजनाका साथ हामीले हाम्रा कार्यक्रमहरु अघि बढाएका छौं ।

तपाँइको विचारमा नेपालमा लघुवित्त संस्थाहरुको अवस्था कस्तो छ ?
अहिले रिपोर्टमा हेर्दा सबैजसो लघुवित्त संस्थाहरुले राम्रो आम्दानी गरेको देखिन्छ । सबैले मुनाफा कमाइरहेका छन् अनि शेयरधनीहरुलाई प्रयाप्त लाभांश पनि बांडिरहेका छन् । शायद त्यही आकर्षणकै कारण लघुवित्तको शेयर खुल्दा धेरै लगानीकर्ताहरु लगानी गर्न इच्छुक पनि देखिएका छन् । तर साँच्चिकै गम्भीर भएर समीक्षा गर्ने हो भने नेपालमा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो लगानीलाई केही न केही उत्पादनमूलक क्षेत्रमा विस्तार गर्नुपर्ने देखिन्छ ।अहिलेसम्मको अभ्यास हेर्दा वजार क्षेत्रहरु मात्रै लघुवित्तको मुख्य वजार बनेको छ र त्यस्तो क्षेत्रमा लगानीको रकम बढी उपभोगमै खर्च भएको देखिन्छ । तयर्थ अव त्यसमा थोरै परिवर्तन हुनु आवश्यक छ । हामीले प्रत्यक्ष उत्पादनमूलक क्षेत्रमै लगानी पु–याउन सकियो भने त्यो दिगो हुन्छ र भोलिका दिनमा समस्या आउँदैन । नत्रभने लघुवित्तमा कुनैदिन समस्या आउन सक्छ ।

साधनाको शाखा विस्तार, पूँजी वृद्धि तथा भावी योजना के के छन् ?
यो भर्खरै स्थापित भएको हुँदा हामी क्रमिक रुपमा पूँजीवृद्धि गर्दै जानेछौं । शाखा विस्तारको सवालमा हामी हाल ६ वटा शाखाबाट कारोबार गरिरहेका छौं । यस आर्थिक वर्षमा कम्तिमा १५ वटा शाखा विस्तार गरिनेछ । हामी परम्परागत लघुवित्त वित्तीय संस्थाहरु भन्दा फरक तथा नविनतम ढंगले अगाडी बढ्ने हेतुले लघुवित्त सेवामा विविधिकरण गरी अगाडी बढ्ने छौं ।

अन्त्यमा केही भन्नुहुन्छ ?
मैले अहिले सम्मको वित्तीय क्षेत्रको अनुभवलाई प्रयोग गरेर एउटा नमूना लघुवित्तको रुपमा यसलाई स्थापित गर्ने नै मेरो मुख्य ध्येय हो । हामी त्यस दिशामा उन्मुख छौं । राज्यले लिएको गरिबी निवारणको नीतिलाई लघुवित्त कार्यक्रममार्फत सहयोग गर्ने हाम्रो प्रतिवद्धता पनि हो । यसका लागि हामीलाई सबैको साथ, सहयोग र समर्थन जरुरी छ । हाम्रा संस्थापक तथा शेयरधनीहरुको अटुट विश्वास, संचालकको एकरुपता, व्यवस्थापन एवं कर्मचारीहरुको लगाव, मेहेनत र उत्साह, समूह सदस्यहरुको इमान्दारिता अनि नियमनकारी निकायको रचनात्मक सहयोगले हामी आफ्नो गन्तब्यमा पुग्नेमा मलाई पूर्ण विश्वास छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु