एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

गणेशले बनाएको रोबर्ट नेपाली सेनाले किन्यो ३० लाख नगदमा हेर्नुस यस्तो छ ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर ७ गते, बिहीबार ०७:५१

रोबोट मेकर गणेशविक्रम आले भन्छन् : ‘मैले बनाएर सेनालाई बिक्री गरेको रोबोट नेपालका लागि सुहाउँदो छ । अब अरु काम गर्न सक्ने रोबोट बनाउने सोच छ ।’

रोबोट मेकर गणेशविक्रम आले बालकुमारीस्थित आफ्नो ल्याबमा रोबोटको अनुसन्धान र परीक्षणमै दिन बिताउँछन् । दुई वर्षअघि नेपाली सेनाले उनीसँग सात लाख रुपैयाँमा बम डिस्पोजल रोबोट किनेपछि उनी चर्चित बनेका थिए । गत साता उनले सेनालाई आफ्नो अर्को रोबोट पनि बिक्री गरेका छन् । उनले बनाएको रोबोट सेनाले ३० लाख तिरेर किनेको हो ।
आफूले निर्माण गरेको रोबोट सेनालाई हस्तान्तरण गरेपछि आलेले भने, ‘यसले थप काम गर्न हौसला दिएको छ ।’
सेनालाई हस्तान्तरण गरेको दोस्रो रोबोट पहिलाको भन्दा उच्चस्तरीय भएको आलेको दाबी छ । भन्छन्, ‘यो बम डिस्पोजल रोबोट नेपालका लागि सुहाउँदो छ ।’ सेनाकै आवश्यकताअनुसार डिजाइन गरिएकाले यो बढी उपयोगी हुने आलेको विश्वास छ ।सेनालाई हस्तान्तरण गरेको दोस्रो रोबोट पहिलाको भन्दा उच्चस्तरीय भएको आलेको दाबी छ । भन्छन्, ‘यो बम डिस्पोजल रोबोट नेपालका लागि सुहाउँदो छ ।’ सेनाकै आवश्यकताअनुसार डिजाइन गरिएकाले यो बढी उपयोगी हुने आलेको विश्वास छ ।

रोबोटमा चार क्यामेरा जडान गरिएका छन् र ती सबै नाइट भिजन हुन् । यसको तौल करिब ५० केजी छ र दुई जनाले बोक्न मिल्ने गरी यसलाई डिजाइन गरिएको छ । रोबोटले १५ केजीसम्मको तौल बोकेर हिँड्न सक्छ भने २५ केजीसम्मको भार घिसार्न सक्छ । एकपटक चार्ज गरेपछि यसमा एक घण्टा ब्याट्री टिक्छ । आले र उनको समूहले यसलाई तीन महिनामा तयार पारेको हो रोबोटलाई वायर र वायरलेस दुवै तरिकाले चलाउन मिल्ने उनले बताए । उनका अनुसार यसको रिमोटले ६ सय मिटर दूरीसम्म काम गर्छ । यसले बम डिस्पोज गर्दा टाढा बसेरसमेत काम गर्न सजिलो हुन्छ । यसमा जडान गरिएका चार क्यामराले खिचेको दृश्य तत्काल विभिन्न कोणबाट हेर्न मिल्छ ।
र, ३६ एक्स जुम गर्न मिल्ने व्यवस्था छ । रोबोटको स्पिडका लागि सात विकल्प छन् । यो रोबोट प्रतिघण्टा ६ सय मिटरसम्म दौडाउन मिल्छ । यसलाई २ मिटर अग्लो बनाउन सकिन्छ ।

विदेशमा बनाइएका रोबोट महँगो र बिग्रिएमा बनाउन झन्झटिलो हुने भएकाले आफूले निर्माण गरेको रोबोट बढी प्रभावकारी हुने आलेले बताए । ‘यो रोबोट अन्य बम डिस्पोजल रोबोटको तुलनामा हलुका पनि छ,’ उनले भने, ‘नेपाली सेनाको
इन्जिनियरिङ विभागको माग र सुझावअनुसार रोबोट तयार गरिएको हो । बम डिस्पोज गर्दा आवश्यक पर्ने सुविधाहरू राखेर बनाएकाले यो प्रभावकारी हुन्छ भन्ने ठान्छु । यसलाई अझै अपग्रेड गर्न पनि सकिन्छ ।

सेनाले २०७० साल चैतमा आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी प्रतिस्पर्धामा प्रथम भएपछि आलेमाथि सेनाको आँखा परेको थियो । दुई वर्षअघि उनीसँग सेनाले पहिलोपल्ट रोबोट खरिद गरेको थियो । पहिलो पटक सेनाले आफ्नो देशमै बनेको बम डिस्पोजल रोबोटलाई विश्वास गरेपछि आले चर्चामा आएका थिए । तेह्रथुमका आलेले आफ्ना साथी यज्ञप्रसाद देवकोटा, उज्ज्वल कोइराला, श्रीकृष्ण र अर्जुन सिम्खडासँग मिलेर यो रोबोट तयार पारेका हुन् । अघिल्लो वर्ष माघबाट प्रोजेक्ट सुरु गरेका उनले वैशाखमा सकाएका थिए । त्यसयता केही समय उनले सेनाको सुझावअनुसार रोबोट मोडिफाई गरेका थिए र सेना आफंैले पनि परीक्षण गरेपछि मात्र खरिद गरेको हो ।

अब अन्य काम गर्न सक्ने रोबोट पनि बनाउन सकिने विश्वास भएको आले बताउँछन् । यसअघि इन्जिनियरिङका विद्यार्थीलाई रोबोट मेकिङबारे प्रशिक्षण दिएर पकेट मनी जुटाउने उनी अब रोबोट उत्पादनलाई व्यावसायिक बनाउने सोचमा छन् । ‘अब अरू काम गर्ने रोबोट बनाउने विचार छ,’ उनले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्ससहितको रोबोट बनाउने योजना पनि बनाइरहेको छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु