डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

३५ बर्षसम्म चलाउन पाइने एनएमबी बैंकको घर कर्जा लिन के के कागजपत्र चाहिन्छ? मासिक किस्ता कति?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर २५, सोमबार १२:०५

काठमाडौं। साधारण आम्दानी हुनेलाई लक्षित गर्दै एनएमबी बैंकले लामो अवधिको घर कर्जा योजना ल्याएको छ। ३५ बर्षसम्म प्रयोग गर्न पाइने कर्जाको अहिलेको ब्याज दर साढे १० प्रतिशत छ।

‘मध्यम आय भएकालाई लक्षित गर्दै योजना ल्याएका हौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘नियमित आम्दानी हुनेले थोरै थोरै पैसा तिरेर पनि घर पाउन् भन्ने उद्देश्य हाम्रो हो।’

एनएमबी बैंकले डेढ करोड रुपैयाँसम्म घर कर्जा दिन्छ। राष्ट्र बैंकले कुल सम्पति मूल्यांकनको ५० प्रतिशतसम्म मात्र घर कर्जा दिने नीति लिएको छ।

‘आगामी दिनमा घरजग्गाको भाउ बढ्ने नै देखिन्छ। त्यसो हुँदा बैंकलाई पनि ठूलो जोखिम हुँदैन र सर्वसाधारण पनि आफ्नो घरमा बस्न पाउँछन्’ केसीले भने। अहिलेसम्म बैंकले २५ बर्षसम्मधको स्किम ल्याएका थिए। ३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो स्किम हो। मानौं घर किन्नका लागि बैंकबाट ५० लाख रुपैयाँ लिनु भयो भने तपाईले साढे १० प्रतिशत ब्याज दरको हिसावमा मासिक ४४ हजार ९०७ रुपैयाँ बैंकलाई बुझाउनु पर्छ। तरलता सहज भएमा ब्याज दर घट्दा किस्ता रकम पनि घट्छ।

यो ऋण लिनका लागि १० प्रकारका कागजपत्र आवश्यक पर्छ। सबैभन्दा पहिले चाहिने कागजात भनेको आफूले किन्न लागेको जग्गाको लालपुर्जा हो। जग्गाको लालपुर्जासँगै तिरो तिरेको रसिद, निर्माण इजाजत, घरको नक्शा पास भएको कागजात पनि बैंकले खोज्छ।

बैंकलाई ब्लु प्रिन्ट र ट्रेस म्याप पनि वुझाउनु पर्छ। तयार भएको घर किन्न लागेको भए निर्माण सम्पन्न प्रमाणपत्र पनि चाहिन्छ। त्यसपछि बैकले खोज्ने भनेको ऋण लिने र ग्यारेन्टी बसिदिने ब्यक्तिको नागरिकताको फोटोकपी हो।

पासपोर्ट साइजको केही फोटोहरु त जेमा पनि लाग्छ अचेल, घर बनाउने वा किन्ने कुरामा त खोजिनै हाल्छ। त्यसपछि ऋणीले आम्दानीको प्रमाणपत्र पनि बुझाउनु पर्छ। तपाई कति आम्दानी गर्नु हुन्छ भन्ने विवरण आफूले कम गर्ने कम्पनी वा संस्थाबाट लैजानु पर्छ। तपाईले लगेको विवरणमा बैंकले अझै पनि चित्त बुझाउँदैन। उसलाई आस्वस्त पार्न ६ महिनाको बैंक स्टेटमेन्ट पनि चाहिन्छ।

आफ्नो तर्फबाट सबै कागजपत्र पुर्यातएपछि बैंकले ऋणका लागि प्रकृया सुरु गर्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु