स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

मर्मत गर्न नसक्दा आठ लघुजलविद्युत् आयोजना बन्द

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ३, सोमबार ०७:४६

तेह्रथुम- आवश्यक मर्मत सम्भार र रेखदेखको अभावमा तेह्रथुममा सञ्चालित विभिन्न लघु जलविद्युत् आयोजना बन्द हुन थालेका छन् ।

जिल्लाका आधादर्जनभन्दा बढी खोलामा लघु जलविद्युत् आयोजना निर्माण भएका छन् । तीमध्ये अधिकांश मर्मत सम्भार गर्न नसकेकै कारण बन्द हुन पुगेका हुन् ।

जिल्लाका सबै गाउँसम्म केन्द्रीय प्रशारण लाइनको विद्युतीकरण पुग्न सकेको छैन । विद्युतीकरण नभएका गाउँका बासिन्दाले लघु जलविद्युत् आयोजना सञ्चालन गरेका छन् । तर त्यस्ता आयोजना निर्माण गर्दा शुरुमा केही सरकारी अनुदान पाउने भए पनि निर्माण भइसकेपछि मर्मत सम्भारका लागि रकमको व्यवस्था हुन नसक्दा त्यस्ता आयोजना बन्द हुने गरेको पाइएको छ । जिल्लाकै एक मात्र पूर्ण सरकारी लगानीको खोरुगा खोला लघु जलविद्युत् आयोजना समेत पाँच वर्षदेखि ठप्प छ ।

मेन्छ्यायेम गाउँपालिका–५ स्थित एक सय किलोवाट क्षमताको सो आयोजना मर्मतका लागि सम्बन्धित निकायले ध्यान नपु¥याउँदा करोडौँ मूल्यका उपकरण कवाडीमा परिणत भएका छन् । एक सय किलोवाट क्षमताको यो आयोजनाको सामान्य गेटबल मर्मत गर्न नसक्दा बन्द भएको एक कर्मचारीले बताउनुभयो ।

आयोजना बन्द भएपछि आयोजनाका लागि निर्माण गरिएको भौतिक संरचना र उपकरण लथालिङ बनेका छन् । यहाँ पानी ल्याउने कुलोको अवशेष मात्र बाँकी छ । पोखरी बालुवाले पुरिन लागेको छ । विद्युत् उत्पादन गृहभित्र रहेका टर्वाइन, टान्सफर्मरलगायत विद्युतीय उपकरण राम्रो हुँदाहुँदै पनि एउटा गेटबल समेत मर्मत गर्न नसक्दा अहिले त्यो आयोजना प्रयोगविहीन बनेका छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको यो आयोजना स्थानीय सिंहबाहिनी विद्युत् प्रालिले भाडामा सञ्चालन गरेको थियो ।

तर सो कम्पनीले प्राधिकरणसँगको सम्झौता तोडे पनि आयोजना नै बन्द भएको हो । उतिबेला सडक सुविधा राम्रो नभएकै कारण हेलिकप्टरबाट सामान ढुवानी गरेर निर्माण गरिएको यो आयोजनाको मर्मत सम्भारमा कसैले पनि चासो दिएको छैन ।

यो बाहेक अन्य आयोजना समुदायकै मातहतमा निर्माण भएका छन् । जिल्लामा अहिलेसम्म १६ वटा साना तथा लघु जलविद्युत् आयोजना निर्माण भएको जिल्ला समन्वय समिति, वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख इञ्जिनियर मनोजकुमार चौधरीले बताउनुभयो ।

ती आयोजना निर्माणका लागि उपभोक्तालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र अन्य दातृ संस्था तथा तत्कालीन जिविस, गाविसले लगानी गरेका छन् । समुदायमा आधारित साना तथा लघु जलविद्युत् आयोजना निर्माण गर्दा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराएको इञ्जिनियर चौधरीले बताउनुभयो ।
रासस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु