डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

मुग्लिन–नारायणगढ सडक खण्ड निर्माणमा ढिलाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ८ गते, शनिबार ०४:०७

दीपेन्द्र अधिकारी/चितवन-मुग्लिन नारायणगढ सडक खण्डको स्तरोन्नतिमा देखिएको ढिलाइका कारण यात्रुहरू मारमा परेका छन् । सडक निर्माणको ६८ प्रतिशत काम सकिए पनि ३२ प्रतिशत काम बाँकी नै रहेको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

‘पुस पहिलो हप्तासम्ममा ८१ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ६८ प्रतिशत मात्र काम भएको छ । अब दुई महिनामा ३२ प्रतिशत काम सक्न मुस्किल छ,’ उनले भने । अबको दुई महिनाभित्र सडकको स्तरोन्नति गरिसक्ने लक्ष्य राखिएको थियो ।

राजधानी जाने र बाहिरिने मुख्य मार्ग भएकाले यो सडकको स्तरोन्नति सरकारको उच्च प्राथमिकतामा परेको छ । तर, सडक निर्माणको ठेक्का लिएका कम्पनीहरूले समयमै काम गरिरहेका छैनन् । सन् २०१७ अप्रिलसम्ममा सक्ने गरी दुई वर्षको अवधि राखेर नेपाल र भारतका तीनवटा निर्माण कम्पनीलाई सो सडकको ठेक्का दिइएको थियो ।

त्यसपछि तीनपटकसम्म सडक निर्माणको मिति थप गरिसकिएको छ । अन्तिमपटक थपिएको म्याद सकिन अब केवल दुई महिना बाँकी छ । आगामी फागुनको पहिलो हप्तामै सकिने गरी सम्झौता भए पनि काम भने सुस्त गतिमा भइरहेको इन्जिनियर खनालले बताए ।

पटक–पटकको पहिरो, वर्षा, दुईपटकको निर्वाचनलगायतका कारण काम रोकिएको र समयको म्याद थप गर्न बाँकी रहेकाले अब बढीमा ४५ दिनसम्म म्याद थप हुन सक्ने हुँदा चैत मसान्तसम्ममा सडक सम्पन्न गर्नैपर्ने बाध्यता छ । खनालका अनुसार लक्ष्यअनुसारको काम नगरेकाले मंसिर महिनामा कम्पनीहरूले पाउने भुक्तानीबाट जरिवाना असुल गरिएको छ । पहिलो खण्डको ६१ करोड रुपैयाँ, दोस्रो खण्डको ९८ करोड रुपैयाँ र तेस्रो खण्डको एक अर्ब ३१ करोड रुपैयाँमा ठेक्का दिइएको खनालले बताए ।

७५ लाख जरिवाना
नारायणगढ–मुग्लिन सडक खण्डमा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट ७५ लाख रुपैयाँ जरिवाना असुल गरिएको खनालले बताए । पहिलो र तेस्रो खण्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्ड निर्माणको जिम्मा लिएको बिएलए-श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खण्ड जिम्मा लिएको सुप्रिम रौताहा जेभी निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो । बिएलए-श्रेष्ठ निर्माण कम्पनीबाट आठ लाख रुपैयाँ र सुप्रिम-रौताहा निर्माण कम्पनीबाट ६७ लाख रुपैयाँ जरिवाना असुल गरिएको छ ।

भूकम्प, नाकाबन्दी, चक्का जामलगायत कारणले थप भएको समयसीमामा पनि काम सम्पन्न
नगरेपछि उनीहरूलाई जरिवाना गरिएको हो । खनालका अनुसार ठेक्का दिँदाको समयलाई तीन भागमा विभाजन गरेर पहिलो आठ महिनामा १५ प्रतिशत, दोस्रो आठ महिनामा ५० प्रतिशत र तेस्रो आठ महिनामा बाँकी काम सम्पन्न गर्नुपर्ने सर्त राखिएको थियो ।

१३ किमी मात्रै कालोपत्रे
कुल ३२ दशमलव दुई किमी लम्बाइ रहेको सो सडकको १३ दशमलव पाँच किमी सडक खण्ड मात्रै कालोपत्रे भएको छ । १९ किमी भागको कालोपत्र र ८०० मिटर भित्तो काट्ने काम बाँकी नै छ ।

सडकलाई तीन खण्डमा विभाजित गरिएको छ । त्यसमध्ये, पहिलो खण्डमा ६७ दशमलव एक प्रतिशत, दोस्रो खण्डमा ६९ दशमलव पाँच प्रतिशत र तेस्रो खण्डमा ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ । एसियन हाइवेअन्तर्गतको एएच ४ टु खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्छ ।-नयाँ पत्रिका

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु