ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

मोबाइल टावर निर्माणमा पाँच कम्पनीको आवेदन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ८, शनिबार ०७:०६

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन गरेको बोलपत्र आह्वानमा पाँच वटा कम्पनीले आवेदन दिएका छन्। आवेदनको अन्तिम दिन अर्थात् आइतबार ३ बजेसम्म पाँच वटा विदेशी कम्पनीले आवेदन बुझाएको नेपाल दूरञ्चार प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार आवेदन दिनेमा सम्पूर्ण विदेशी कम्पनी छन्। यसमध्ये दुईवटा अमेरिकन कम्पनी छन्। अमेरिकन कम्पनी एटीसी एसिया प्यासिफिक प्रालि र अमेरिकन कम्पनी टिल म्यान एसिया एलएलसी हुन्। यस्तै लेबनन् कम्पनी आई इन्जिनियरिङ, एसएएल, मलेसियन कम्पनी ओसीके ग्रुप बरहार्ड र अफ्रिकन कम्पनी बिल्यु ओसन नेर्टोक लिमिटेडले पनि आवदेन दिएका छन्।

प्राधिकरणले एउटै कम्पनीबाट सबै मोबाइल अपरेटरको सेवा विस्तार गर्न दुईवटा कम्पनीलाई लाइसेन्स दिन यही मंसिर ७ गते कानुन बमोजिम योग्यता पुगेका कम्पनीबाट बोलपत्र आह्वान गरेको थियो। त्यसमा अमेरिकन टावर कम्पनी, डीटीसीलगायत आठ कम्पनीले नेपालमा एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन आरएसए डकुमेन्ट खरिद गरेका थिए। आठ वटा कम्पनीले आरएसए डकुमेन्ट खरिद गरेको भए पनि बोलपत्रमा भने पाँच कम्पनीको आवेदन परेको छ।

प्राधिकरणले एउटै कम्पनीबाट सबै मोबाइल अपरेटरको सेवा विस्तार गर्न दुईवटा कम्पनीलाई लाइसेन्स दिन यही मंसिर ७ गते बोलपत्र आह्वान गरेको थियो।

प्रवक्ता अर्यालका अनुसार नेपाल सरकार दूरसञ्चार पूर्वाधार नियमावली २०७४ को अधिनमा रहेर प्राधिकरणले दुई वटा कम्पनीलाई दूरसञ्चार सेवाको अनुमतिपत्र जारी गर्न सूचना गरेको थियो। त्यसका आधारमा पाँच वटा कम्पनीले आवेदन दिएका छन्। आवेदन दिन कम्पनीमध्यबाट अब छनोट गरी दुई वटा कम्पनीलाई लाइसेन्ट प्रदान गरिनेछ। कम्पनीको छनोट भने पैसा बढाबढका आधारमा नभएर उनीहरूको कार्यक्षमताका आधारमा निर्धारण गरिनेछ।

त्यसका लागि प्राधिकरणले क्षमता १० प्रतिशत, प्रस्ताव÷योजना २० प्रतिशत, प्राविधिक क्षमता÷अनुभवलाई ५० प्रतिशत र आर्थिक क्षमतालाई २० प्रतिशतमा भाग लगाई छनोट गर्ने उल्लेख गरेको छ। ‘एकीकृत पूर्वाधार सेवाका लागि लाइसेन्स पाएसँगै ती कम्पनीले मोबाइल टावरलाई एकीकृत रूपमा विस्तार गर्नेछन्। टावरमार्फत नेपाल टेलिकम, एनसेल, स्मार्टसेललगायत टेलिफोन सेवा प्रदायक सबै दूरसञ्चार कम्पनीले सेवा दिन सक्नेछन्। लाइसेन्स पाउने कम्पनीले एउटा टावरबाट दुई वा त्यसभन्दा बढी कम्पनीका लागि टेलिकम सिग्नल दिने गरी पूर्वाधार खडा गर्नु पर्ने प्राधिकरणले उल्लेख गरेको छ। कम्पनीले टावरसम्बन्धी सम्पूर्ण पूर्वाधारका साथै यस कम्पनीले अप्टिकल फाइबरसँग सम्बन्धित सबै काम गर्र्ने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु