प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

नवलपरासीमा पहिलो पटक आधुनिक मेसिनद्धारा क्षयरोग परिक्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १८, मंगलवार १२:१६

परासी- नवलपरासीमा पहिलो पटक क्षयरोग (टि.बी) पत्ता लगाउने आधुनिक मेसिन जडान भएको छ । नेपाल सरकारले जिल्ला पृथ्वीचन्द्र अस्पतालमा क्षय रोगको किटाणुको जिन पत्ता लगाउन आधुनिक मेसिन जडान गरेको हो । सरकारको सहयोगमा अस्पतालले क्षयरोगका विरामीहरुको पहिचान गर्न र किटाणु पत्ता लगाउन जिल्लामै पहिलो पटक जिन ईक्सपर्ट मेसिन ४ मोडुल नामक आधुनिक मेसिन जडान गरि आजै देखि नै क्षयरोगको परिक्षण सुरु गरेको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष कुमार श्रीवास्तवले बताए ।

विदेशबाट आयात हुने ५० लाखको यो मेसिन सरकारले ५० प्रतिशत अनुदानमा खरिद गरि यस अस्पतालमा जडान गरेको हो । एकै पटकमा ४ जना विरामी चेक गर्ने यस आधुनिक मेसिनबाट निशुल्क रुपमा विरामीहरुलाई चेकजाँच गरिने समितिका अध्यक्ष श्रीवास्वतले बताए । क्षयरोग परिक्षण गराउन आउने विरामीहरुलाई दुरीको हिसाबले यातायात खर्च समेत उपलब्ध गराईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाहिर यस मेसिनबाट क्षयरोग परिक्षण गराउँदा प्रति व्यक्ति २ देखि ४ हजार सम्म खर्च लाग्ने छ तर यस अस्पतालले निशुल्क रुपमा उक्त परिक्षण गरि औषधी समेतको व्यवस्था मिलाउने बताएको छ । विगतका दिनहरुमा क्षयरोगको रिपोर्ट आउन २ देखि ४ महिनासम्म कुर्नु पर्थयो तर यस आधुनिक मेसिनले २ घण्टामै रोग पत्ता लगाउन साथ किटाणु समेत पत्ता लगाउन मद्दत गर्ने राष्टिय क्षयरोग केन्द्रका स्टोर ईन्चार्ज कमल भटराईले बताए ।

स्टोर ईन्चाज भटराई, माईक्रो बायोलोजिस्ट आईसा अंसारी र ईलेक्टोनिक्स ईन्जिनियर सितला रंजितकारको टोलीले अस्पतालमा जडान गरेको उक्त मेसिनबाट विरामी चेकजाँच गर्ने तरिका समेत सिकाएका हुन् । यो मेसिन सरकारले क्षयरोग कार्यक्रम रहेको जिल्ला र ठाउँमा मात्र गरि देशभरिमा ५० ठाउँमा मात्र जडान गरेको बताइएको छ । आर्थिक वर्ष २०७४, ०७५ को श्रावण देखि कार्तिक महिनासम्म जिल्लामा कुल ३ सय ८२ जना क्षयरोगका विरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नवलपरासी जिल्ला क्षयरोगको उच्च जोखिममा पर्दछ । खासगरि हाईवे क्षेत्र यस रोगको जोखिममा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु