मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

डम्पिङ साइट बन्दै दसगजा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २७ गते, बिहीबार ०४:५१

तौलिहवा : नेपाल-भारतको सीमाक्षेत्र दसगजा अहिले फोहोर फाल्ने डम्पिङ साइट बन्न थालेको छ। कपिलवस्तुको कृष्णनगर र भारतको बढनी बजारको सीमाक्षेत्र दसगजा दुवै देशको फोहोर फाल्ने डम्पिङ साइट बनेको हो। सीमाक्षेत्र दसगजा खुला भएपछि यहाँका व्यवसायीले सो क्षेत्रलाई डम्पिङ साइट बनाउँदै आएका छन्। यसले दुवै देशका नागरिक फोहोरबाट निस्कने दुर्गन्धबाट प्रभावित बनेका छन्। फोहोरका कारण आसपासको बजार क्षेत्र पनि प्रदूषित बनेको छ।

स्थानीय बासिन्दा फोहोरको दुर्गन्ध सहन बाध्य भएका छन् नै तेस्रो मुलुक हुँदै नेपाल आउने र भारत जाने पर्यटकमा पनि यसले नकारात्मक असर पारेको कृष्णनगर नगर विकास समितिका अध्यक्ष कृष्णकुमार गुप्ता बताउँछन्। दसगजामा फोहोर फाल्ने काम दुवै देशका नागरिकबाट भइरहेको गुप्ताको आरोप छ। ‘दसगजामा फोहोर नफाल्न कतैबाट पनि पहल हुन सकेको छैन’, उनले भने, ‘यसमा दुवै देशका सरकारी निकायले चासो दिएका छैनन्।’

नेपाली पक्षबाट पटक-पटक फोहोर फाल्ने कोसिस गरिए पनि भारतीय पक्षले चासो नदेखाउँदा फोहोर व्यवस्थापन गर्न नसकिएको स्थानीय समाजसेवी सीताराम गुप्ता बताउँछन्। ‘दुई देशको सीमा मनमोहक देखिनुपर्ने हो’, कृष्णनगरवासी सीताराम गुप्ताले भने, ‘तर दुःखको कुरा दसगजाजस्तो सार्वजनिकस्थल डम्पिङ साइट बनेको छ।’

वार्षिक अर्बाैं राजस्व संकलन हुने यो सीमा क्षेत्रबाट दैनिक सयौं सवारीसाधन र हजारांै नागरिक नेपाल-भारत आवातजावत गर्ने गर्छन्। भारतको नयाँदिल्ली पुग्न यही नाकाबाट नजिक पर्ने भएकाले दाङ, रोल्पा, प्युठान, रुकुम, अर्घाखाँची, गुल्मीसम्मका नागरिक रोजगारीका लागि यहीँबाट भारत जाने गर्छन्। बुद्धस्थलको भ्रमणमा नेपाल आउने कतिपय पर्यटकले समेत यही नाका प्रयोग गर्दै आएका छन्। तर, कृष्णनगर बजार क्षेत्रको धुलो र फोहोरको दुर्गन्धले मानिसको स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ।

दुवै देशको लापरबाहीले गर्दा दसगजाको गरिमालाई धमिल्याउने काम गरेको मानवअधिकारकर्मी लक्ष्मण भुसाल बताउँछन्। फोहोरकै कारण स्थानीय सर्वसाधारणलाई झाडापखाला, हैजाको महामारी हुने गरेको उनको भनाइ छ। फोहोर व्यवस्थापन गर्न जिम्मेवार निकायबाट पटक-पटक आग्रह गरिए पनि दुवै देशका सरकारी अधिकारी चुपचाप बसेको उनले जनाए।

सीमा क्षेत्रको बजार भएकाले यहाँ दैनिक सयौँ मेट्रिक टन फोहोर संकलन हुने गर्छ। तर, फोहोर व्यवस्थापन गर्ने योजना अझै बनेको छैन। कृष्णनगर बजारभित्रको फोहोर व्यवस्थापनका लागि कृष्णनगर नगरपालिकाले अझै डम्पिङ साइट बनाएको छैन। कृष्णनगर नगरपालिकाले जथाभावी फोहोर फाल्ने गरेकोमा सरोकारवालाले बेलाबेला कुरा उठाउँदै आएका छन्।

फोहोर व्यवस्थापनमा भारतीय पक्षले कुनै कदम नचालेको नेपालस्थित सरकारी अधिकारीको आरोप छ। यद्यपि, नेपालका सरकारी निकायले फोहोर व्यवस्थापन गरी त्यसको जस लिएको दैखिँदैन। कृष्णनगर बजारभित्र कृष्णनगर भन्सार, आन्तरिक राजस्व कार्यालय, कृष्णनगर नगरपालिका, कृषि विकास बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायत सरकारी निकाय छन्। नागरिकस्तरमा पनि बजार सफासुग्घर राख्नुपर्छ भन्ने चेतना नभएकाले कृष्णनगर फोहोरी बजारमा कहलिन थालेको नागरिक अगुवा गोपाल प्यार चण्डेलले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु