मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

१५ करोडको लागतमा कालीगण्डकीमा बन्जी जम्प

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २८ गते, शुक्रबार १३:१०

पाल्पा -पर्वतमा त्यहाँका केही स्थानीय युवाले १५ करोड लगानीमा मुलुककै नमुना ‘बन्जीजम्प’ सञ्चालनमा ल्याउन लागेका छन् । संसारकै गहिरो खोंच बनाएर बगेको कालीगण्डकीमाथि पर्वतको कुस्मा र बाग्लुङको बलेवा जोड्ने गरी विश्वकै अग्लो झोलुंगे पुल निर्माण गरेर बन्जीजम्प निर्माण गर्न लागिएको हो ।

पाँच सय १५ मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पानको झोलुंगे पुलसहित कालीगण्डकीको खोंचमा बन्जीजम्प निर्माण अन्तिम चरणमा पुगेको हो । स्थानीय व्यवसायीको लगानी तथा फ्रान्सेली नागरिक फ्लोरेन्सको अवधारणामा मुलुककै उत्कृष्ट साहसिक खेल सञ्चालनमा आउन लागेको लगानीकर्ताहरूको दाबी छ । ०७३ वैशाखमा थालेको बन्जीजम्पको निर्माण कार्य ७० प्रतिशतजति सकिएको छ । बन्जीजम्पसँगै उनीहरूले स्काई साइक्लिङ, स्विङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्टसमेत सञ्चालनको तयारी गरेका छन् । रिसोर्ट सञ्चालन गर्न बलेवामा २५ रोपनी जग्गा खरिद गरिएको उनीहरूले बताए । बन्जीजम्प विश्वकै दोस्रो तथा स्काई साइक्लिङ र स्विङ विश्वकै अग्लो हुने लगानीकर्ताहरूको दाबी छ । ‘विश्वकै अग्लो बन्जी चाइनामा रहेछ,’ प्रमुख लगानीकर्ता राजु कार्कीले भने, ‘स्काई साइक्लिङ र स्विङमा हामी संसारकै अग्लो हुनेछौं ।’
‘द क्लिफ प्रालि’ नामक कम्पनीमार्फत लगानी गरेका उनीहरूले जिल्लालाई साहसिक पर्यटकको ‘हब’ बनाइने दाबी गरेका छन् । बन्जीको काम अबको ६ महिनामा सकिने जनाइएको छ । एक वर्षको अवधिमा दुवैतर्फ बेस निर्माण भइसकेको छ । स्काई साइक्लिङका लागि संरचना तयार भएको छ । मुख्य लठ्ठा तान्ने काम एक साताभित्र सक्ने लक्ष्य रहेको लगानीकर्ता नेत्र पराजुलीले बताए । ‘लगानीबाट मुनाफाभन्दा हामीले जिल्लालाई चिनाउन खोजेका हौं,’ पराजुलीले भने, ‘लगानी गरेपछि प्रतिफलको अपेक्षा त नहुने कुरै भएन ।’
उनीहरूले यो कम्पनीमार्फत बन्जी, स्काई साइक्लिङ र स्विङमा मात्रै ६० हजार आन्तरिक तथा बाहय पर्यटक भित्र्याउने लक्ष्य राखेका छन् । ‘हाम्रा अधिकांश ग्राहक नेपाली नै हुन्,’ कार्कीले भने, ‘विश्वभरका साहसिक पर्यटकलाई यहाँको पहिचान गराउन सके हामी सफल हुन्छौं ।’ बन्जीको क्षमता दैनिक दुई सयजनाको छ । झोलुंगे पुलबाट एकपटकमा ६ सय जनासम्म वारपार गर्न मिल्छ ।
बन्जीको मुख्य प्रवेशद्वार पर्वतको कुस्मातर्फ ३ आना जग्गा खरिद गरेर प्रवेश घर निर्माण भइरहेको छ । बलेवामा २५ रोपनी जग्गा खरिद गरिएको छ । ‘त्यहाँ एडभेन्चर स्टाइलको रिसोर्ट र स्विमिङ पुल बन्छ ।’ लगानीकर्ता राजन जोशीले भने । लगानीकर्ताहरूले बलेवावाट मुलाबारीसम्म ट्ेरकिङ रुटको खोजी पनि गरिरहेका छन् । यहाँ आउने पर्यटकहरूलाई कम्तीमा ३ दिनसम्म ट्ेरकिङको व्यवस्था गर्ने लक्ष्य रहेको बताइएको छ । पोखराबाट नजिकै र मुस्ताङको प्रवेशद्वार भएकाले यहाँको बन्जीमा पर्यटकहरूको ओइरो लाग्ने अनुमान लगानीकर्ताहरूको छ । भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सञ्चालन भइसकेकाले यहाँ भारतको बाटो हुँदै पनि पर्यटक आउने अपेक्षा छ ।

समाचार श्रोत: कान्तिपुर अनलाइन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु