एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

सगुनको मिनी आईपीओः कसरी गर्ने लगानी ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २ गते, मंगलवार ०७:३४

काठमाडौं । एउटा अध्ययनले भन्छ-२०१०मा ट्याक्सी सेवाको विश्व महारथी ‘उबर’मा कुनै सर्वसाधारणले १०० डलर लगानी गरेको रहेछ भने उसको अहिले सेयर मूल्य १ मिलियन भएको छ ।

हो, स्टार्ट-अप कम्पनीको आईपीओमा लगानी गर्न पाउनु आफैंमा निकै ठूलो अवसर भएको कम्पनी बताउँछ । अहिले, त्यस्तै सम्भाब्यता बोकेर विश्व परिवेशमा अघि बढिरहेको सगुन इंकले नेपालीलार्इ लगानीका अवसर दिएको छ ।

 

अहिले विश्वरभरबाट सामाजिक सञ्जाल सगुनको मिनी आईपीओमा नेपालीहरुले लगानी गरिरहेका छन् । तर, आउँदो नोभेम्बर ३० मा बन्द गर्ने तयारी सगुनको मिनी आईपीओबारे अहिले धेरै नेपालीहरु अन्योलमा छन् । कम्पनीले पनि आफ्नो बारेमा राम्रोसँग बुझेर लगानी गर्ने सोचलाई ‘सही’ भनेको छ ।

अहिले कम्पनीले आफ्नो सामाजिक सञ्जाललाई अझ विस्तार गर्न निकै कामहरु गरिरहेको छ । त्यसमै सहयोग हुने गरी सगुनले अमेरिकाबाटै मिनी आईपीओ जारी गरेको छ । सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै लैजाने र मोबाइल एपको सुरुवात गर्ने लगायतका काम लागि सगुनले लगानी जुटाइरहेको छ ।

सजिलै डेबिट तथा क्रेडिट कार्डमार्फत नै लगानीकर्ताले सगुनमा लगानी गर्न सक्छन् । अमेरिकाले सन्२०१२बाट मात्रै स्टार्ट-अप कम्पनीलाई यस्तो आईपीओ जारी गर्न दिने गरी कानुन ल्याएको थियो ।

‘फेसबुक र ट्वीटरमा सर्वसाधारणले सुरुवातमै यस्तो लगानी गर्न पाएका थिएनन्। तर, त्यस्तै पथमा अघि बढिरहेको सगुनमा भने नेपालीहरुलाई लगानीको ठूलो अवसर मिलेको छ । यस्तो अवसर नेपालीहरुले पाएका थिएनन्, अब बिरलै पाउलान् पनि ।’ कम्पनी भन्छ ।

यस्तो अवसर जुटाउन र कम्पनीलार्इ सफल बनाउन सगुनको टिम लगातार मिहिनेत गरिरहेको संस्थापक गोविन्द गिरी बताउँछन् ।

थोरै जेखिम, धेरै सम्भावना

विश्वमा बढ्दो समाजिक सञ्जालको प्रयोगलाई उत्पादशील बनाउने अवधारणमा सगुनलाई विकास गरिएको बताउँछन् संस्थापक गिरी । अमेरिकाको रक्षा मन्त्रालयको सिस्टम इन्जिनियरको जागिर छाडेर सगुनको विकासका लागि लागीपरेका गिरी प्रयोगकर्तालाई पनि आफ्नो सञ्जाल प्रयोग गरेबापत नाफाको ५ प्रतिशतसम्म दिने अवधारणामा यसलाई अघि बढाएको बताउँछन् ।

आफ्नै मौलिक विशेषता बोकेको सगुनले विश्वभरबाट नेपालीहरुलाई लगानीका लागि अाह्रवान गरेको छ । यो कम्पनी सुरुवाती अवस्थामा नै रहेका कारण यसमा लगानी गर्न थोरै जोखिम र धेरै सम्भावना रहेको संस्थापक गिरी बताउँछन् ।

‘हाम्रोमा लगानी गर्न रिस्क हुन्छ । तर, हामी जस्ता नयाँ कम्पनीमा लगानी गर्दा यो रामम्रो गतिमा गयो भने अहिले १ सय डलर लगानी गर्नेले ३ वर्षपछि १ मिलियन डलर कमाउन सक्छ,’ गिरीले भने, ‘तर, हामी कसैलाई भोलि कुनै भवितव्य भए आफ्नो आर्थिक अवस्थामा नै बिग्रने गरी लगानी नगर्न भनिरहेका छौं । आफूले मोल्न सक्ने जोखिमको मूल्यांकन गरेर लगानी गर्दा राम्रो हुन्छ । लगानी डुब्ने जोखिम भने छ ।’

कसरी गर्ने लगानी ?

सगुनले अहिले सर्वसाधारणको लागि मिनी आइपिओ अर्थात् सानो परिमाणमा प्राथमिक सेयर निष्कासन गरिरहेको छ । सगुन इन्कले २१ प्रतिशत अर्थात् ८ लाख ६९ हजार ५ सय ६५ कित्ता (२ करोड डलरको ) सेयर जारी गरेको छ ।

कम्पनीले जारी गर्ने सेयरमा देश भित्रका नेपालीले भने लगानी गर्न सक्ने छैनन् । तर, विदेशमा रहेका नेपालीले भने चाहेको परिमाणसम्म सेयरमा लगानी गर्न पाउने छन् । कम्पनीको एउटा सेयर किन्न २३ डलर तिर्नुपर्छ ।

नेपालबाट भने विदेशमा लगानी लैजान नपाइने भएकाले विदेशमा रहने नेपालीले मात्रै यो अवसर पाइरहेका छन् । लगानी गर्न चाहनेलाई अघिकतम्मको सीमा राखिएको छैन । केही प्रक्रियाहरू छन्, जसलार्इ लगानीकर्ताले पुरा गर्नुपर्छ । 

विदेशमा कानुनसम्मत तरिकाले बसोबास गरेका र स्थानीय बैंकमा बैंक खाता खोलेका नेपालीले मात्र यसमा लगानी गर्न पाउँछन् । सेयरमा लागनी गर्न डब्लुडब्लुडब्लु डट सगुनडट कम/इन्भेष्ट मार्फत् आवेदन गर्न सकिने छ । कम्पनीले आवेदन गर्न समस्या पर्नेहरुलाई लाइभ कलबाट पनि निर्देशित वा सहयोग गर्ने गर्छ ।

अमेरिकी सरकार मातहतको कारोबार

सगुनले यसअघि गरेको सोधमा लगभग ४ हजारले ७ करोड डलरसम्म आवेदनको इच्छा व्यक्त गरेको पाइएको थियो । कम्पनीलाई सेयर जारी गर्न अमेरिकी धितोपत्र कारोबार आयागले अनुमति दिएको हो भने त्यहाको जब्स एक्ट २०१२ को प्रावधान अनुसार सेयर निष्कासन भएको हो ।

कम्पनीले जारी गरेको सेयर तत्काल भने अमेरिकी सेयर बजारमा सूचीकृत हुने छैन । तर यसपछि गर्ने प्राथमिक सेयर निष्कासन लगत्तै भने अमेरिकी सेयर बजारमा कम्पनीको सेयर सूचीकृत हुने संस्थापक गिरीले बताए ।

हाल यस कम्पनीको मूल्यांकन ९३ मिलियन डलर बराबर छ । कम्पनीले डिसेम्बरसम्म भारतबाट विश्वव्यापी रुपमा मोबाइल एप्लिकेशन पनि सार्वजनिक गर्ने तयारी गररहेको छ ।

‘हामी प्रधानमन्त्रीलाई एप लन्चिङमा ल्याउन खोजिहरेका छौं,’ संस्थापक गिरीले भने, ‘भारतमा अहिले ४०जनाभन्दा बढीको  टिम सगुनका लागि काम गरिरहेको छ ।’

१० लाख प्रयोगकर्ता

मिनी आईपीओबाट उठेको रकम कम्पनी विस्तारमा लगाउने उल्लेख गरेको छ । कम्पनीले यसै रकमबाट उठेको करिब ३० करोड रुपैयाँ नेपालमा वैदेशिक लगानीको रुपमा ल्याउने योजना बनाएको छ ।

यसबाट नेपालमा कम्पनीको लागि आवश्यक सोध केन्द्र बनाउने लगायतका काम गर्ने योजना पनि छ ।

कम्पनीले सञ्जाल प्रयोग गर्ने प्रत्येक प्रयोगकर्तालाई ५ प्रतिशत सेयर स्वामित्व रहने प्रणालीको विकास गर्ने समेत स्पष्ट गरेको छ । हाल भने सगुनलाई १० लाखले प्रयोग गरिरहेका छन् ।

‘हामीले अहिलेसम्म युजरको मार्केटिङ गरेका छैनौं । अब हामी त्यता पनि केन्द्रित हुन्छौं,’ संस्थापक गिरीले भने,’हाम्रो ग्रोथ निकै राम्रो छ । यही गतिमा कम्पनी अघि बढ्यो भने हामी लक्ष्यमा पुग्छौं । हामीसँग त्यो किसिमको आत्मबल र टिम पनि छ ।’

सगुन इंकका संस्थापक गोविन्द गिरी

कम्पनीका विभिन्न योजना

सुगुनमा प्रत्येक प्रयोगकर्तालाई ५ प्रतिशत सेयर स्वामित्व दिने योजनाअनुसार नेपालमै रहेकाहरुले समेत पाउने व्यवस्थाको लागि तयारी भइरहेको गिरीले बताए ।

कम्पनीको सञ्जालमा प्रकाशित हुने विज्ञापन आम्दानीको स्रोतको रुपमा रहेको छ । त्यस्तै, भविष्यमा बैंक, ग्राहकको लागि अमेरिका लगायतका देशका कम्पनीहरुले दिने छुट, उपहारहरु सम्बन्धित व्यक्तिलाई पठाउन सकिने गरि स्मार्ट कार्डको बिकास गरेर सेवा दिने समेत योजना बनाएको छ ।

सगुनले आफ्नो सोसियल स्मार्ट कार्डलाई प्रयोगकर्ताहरु माझ ल्याउने योजना बनाएको छ । सगुनमा प्रोफाइल बनाउँदा र सगुनमा आबद्ध भएपछि सगुन प्रयोगकर्ताले निस्शुल्क रुपमा स्मार्ट कार्ड पाउने कम्पनीले जनाएको छ । उक्त स्मार्ट कार्ड पाएपछि सगुनमा खाता भएका प्रयोगकर्ताहरुले आफ्नो साथीभाई वा परिवारलाई उपहार र गिफ्ट कार्ड खरिद गरेर दिन सक्ने अवधारणा पनि छ ।

धेरै गिफट कार्ड राख्नुभन्दा एउटै स्मार्ट कार्ड राखेर सगुनका प्रयोगकर्ताले आधिकारिक साझेदारहरुबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

सबै सगुन स्मार्ट कार्ड प्रयोगकर्ताहरुले आफूले किनेको वस्तुमा निश्चित प्रतिशत रकम फिर्ता पाउने गरी व्यवस्था गर्ने योजना पनि छ । त्यस्तै एपबाटै मोबाइल चार्ज गर्ने सिस्टमको पनि विकास सगुनले गरिरहेको छ ।

के छन् सगुनमा ?

सगुन, फेसबुक दर्ता रहकै अमेरिकी सरकारका निकायहरुमा दर्ता रहेको बताउँछन् कम्पनीका अधिकारीहरू । सगुनमा रजिस्टर प्रयोगकर्ताका ‘माई डे’ (दैनिक काम मिलाउने), ‘मुड टक’ (मुड अनुसार कुराकानी गरिने), र ‘ओपन सेक्रेट’ (आफ्नो गोप्य कुराहरु सेयर गर्ने) फिचरहरू छन् ।

मुड टकबाट प्राइभेट वा ग्रुप च्याटमा प्रयोगकर्ताहरुले आफ्नो मुड अनुसार इमोजी र स्टिकर बनाउन सक्छन् । सगुनको च्याटमा कुराकानी गरेको पछि म्यासेजहरु आफै हराएर जान्छन् ।

सगुनमा प्रयोगकर्ताले आˆनो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्नेछन् । सगुनमा हट सेक्रेटको बिशेषताहरु रहेका छन्, जसबाट लाईक, डिस्लाइक, सेयर वा कमेन्ट गर्न सकिनेछ ।

साथै सेयर गरेको सेक्रेट ट्रयाक गरेर कतिवटा देश र शहरका प्रयोगकर्ताले हेरे भनेर जान्न सकिन्छ । यसमा विभिन्न फिचर्स पनि थपिँदैछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु