स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

मह उत्पादन गरेर बार्षिक दश लाख आम्दानी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १९, शुक्रबार ०५:४८

पर्वत -घर वरिपरि मौरीका घारैघार । घर अघि ठुलो सुन्तलाको बगैचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीको घारको हेरचाह गर्ने मोदी–५ देउपुरस्थित कोरुङ्गाका टिकाराम तिमिल्सिनाको दिनचर्या हो ।परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौ रुपैया आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण तिमिल्सिनाले देखाएका छन् ।विगत डेढ दशकदेखि व्यावसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर बार्षिक दश लाख रुपैया आम्दानी गर्दै आएका छन् ।

उनको घरमा अहिले ६२ वटा मौरीका घार छन् भने सिजनमा एक सय भन्दा बढि हुने गरेका छन् ।एपि सेरेना जातको मौरी पालेका तिमिल्सिनाले यो व्यावसायवाट गतिलो कमाई गर्न सफल भएको बताए । शुरुका केहि वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुने बताए ।उनले वर्षमा दुई पटक मह निकाल्ने गरेका छन् ।

२०५७ सालबाट ब्याबसायिक माहुरीपालन गर्न थालेका कृषक तिमिल्सिनाको मुख्य आम्दानी यहि नै हो । जिल्ला कृषि विकास कार्यालय र लघु उद्यम विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसाय शुरु गरेका तिमिल्सिनाले यो व्यावसायलाई अझै बढाउने योजना बनाएका छन् ।उनले उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको छ । गुणस्तरीय मह भएकाले अधिकांस मह घरवाटै विक्रि हुन्छ उनले भने–‘कुश्माबजार, बागलुङ लगायतका क्षेत्रवाट पनि ग्राहकहरु घरमै आएर लैजाने गरेका छन् ।’

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका हुन् । उनले मह मात्र बिक्रि गर्दैनन् मौरीको घार र गोला समेत विक्रि गर्ने गरेका छन् ।मौरीसहितको घार विक्रिवाट तीन लाख भन्दा बढि आम्दानी हुन्छ उनले भने । उनको व्यावसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । उनले वर्षमा दुई दर्जन भन्दा बढि घार समेत बिक्रि गर्ने गरेका छन् ।

उनको घरवाटै प्रतिकिलो रु ९ सय रुपैयाका दरले मह बिक्रि हुने गरेको छ । उनले एक सिजनामा ६ क्वीन्टल भन्दा बढि मह काढ्ने गरेका छन् ।एपी सेरेना जातको माहुरीको मह भीर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने भनाई कृषक तिमिल्सिनाको छ । अन्य जातको माहुरीको मह गुणस्तरीय नहुने भएकाले मुल्य कम पर्छ । त्यसमा पनि बनजंगलको जडिबुटी खाएका माहुरीको मह भएकाले गुणस्तर बढेको हो ।

मह राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको तिमिल्सिना बताउँछन् ।‘महलाई धेरै दुःख पनि गर्नुपर्दैन, कमाई पनि राम्रो हुन्छ ।’ उनले भने । मौरीपालन व्यावसायवाट भएको कमाईले छोराछोरीलाई पढाउने र घरजग्गा जोड्ने काम गरेको कृषक तिमिल्सिना बताउँछन् । पहिलो तीस लाख ऋण थियो, यहिबाट भएको आम्दानीले ऋण मिलाए अहिलेको सवै कमाई बचत भएको छ उनले भने ।

समय अनुकुल परेमा मौरीवाट प्रसस्त कमाई गर्न सकिन्छ उनले भने–‘कम लगानीमा पनि छोटो समयमै प्रसस्त आम्दानी गर्न सकिदो रहेछ ।’पर्वत जिल्ला मौरी पालनको क्षेत्रमा निकै सम्भावना भएको भएपनि आवश्यक ज्ञानको कमीले परम्परागत ढंगले मौरी पाल्ने गरेको र व्यसायीक रुपमा यो व्यवसाय अगाडी बढाउन बिभिन्न सहयोग गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

मौरी पालन गर्न धेरै खर्च र झण्झट नहुने भएकाले थोरै लगानीमा धेरै प्रतिफल पाउन सकिने कार्यालय प्रमुख बासुदेव रेग्मीले बताए ।जिल्लामा ब्याबसायिक माहुरीपालन गर्ने कृषकको संख्या सयको हाराहारीमा छन । जिल्लाको देउपुर, तिलाहार, कार्किनेटा, आर्थर, कुर्घा लगायत साविकका ३० भन्दा बढि गाविसमा व्यावसायीक रुपमा मौरीपालन गरिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु