काठमाण्डौको हवाई आकाश कति सुरक्षित ? फोटो फिचर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ३० गते, बुधबार ०२:५७

अवतरणका क्रममा थाइल्याण्डको थाई एयरबेज इन्टरन्यासनल ।

फागुन ३० , काठमाण्डौ । गत सोमबार अपरान्ह े २ बजेर १८ मिनेटमा बंगलादेशको ढाकाबाट आएको यूएस बंगला एयसलाईन्सको विमान बिएस २११े विमान काठमाण्डौेको त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनामा दुर्घटना भएको दिन ४९ जना र हिजो अस्पतालमा थप दुई जना यात्रुको मृत्यु सहित मृतक यात्रुको संखया ५१ पुगेको छ । मृत्यु हुनेमा २२ नेपाली, २९ जना बंगलादेशी छन । उता मृत्यु हुने २२ मध्ये १२ जना नेपाली विद्यार्थी रहेका छन ।
विमानमा ३३ नेपाली , ३२ जना बंगलादेशी, १ जना चिँनिया, १ जना मालदिभ्स र चालक दलका ४ सदस्य सहित कुल ७१ जना यात्रु रहेका थिए । कुल ७८ सिट क्षमताका क्यानाडामा निर्मित सो विमान बंगलादेशको स्थानीय समय अनुसार गत सोमबार फागुन २८ गते (मार्च १२, २०१८ ) ढाकाको हजरत शाह जलाल अन्तराष्ट्रिय विमानस्थलबाट अपरान्ह १२ः३० मिनेटमा काठमाण्डौको लागि उडेको थियो ।
देशकै एकमात्र विमानस्थल र एउटै मात्र रनवे भएको त्रिभुवन विमानस्थलमा हाल दिनानुदिन साँघुरिदै गएको छ । त्रिभुवन विमानस्थलमा अवतरण गर्ने समयमा र जहाज पाकिङ्गको अभाव र आन्तरिक र बाह्य हवाई जहाजको चापले जहाजहरु अवतरणको पर्खाइमा आकाशमा फन्को मार्न बाध्य हुन्छन । जहाजले आकाशमा फन्को मारि रहंदा सकुशल होइन्छ भने ढुक्क भए पनि यात्रुहरुको मन भने अशान्त हुने गरेको छ । आकाशमा होल्डबाट आर्जित हुने यात्रु र हजाई जहाजको दैनिक तालिका जस्तो भएको छ । काठमाण्डौस्थित विमानस्थल व्यवस्थापनले जहाज उडान र अवतरणका लागि सही योजना बनाउन नसक्दा नोपल आउने प्राय सबै जहाजले आधा घण्टा देखि दुई घण्टासम्म आकाशमै होल्ड हुनु सामान्य विषय भएको छ । यसबाट एक प्रकारले सुरक्षा खतरा पनि छ भने अक्रोतर्फ काठमाण्डौ आउने सबै जहाजले महंगो भाडा लिन समेत बाध्य हुनु पछाडिको कारण जहाज होल्डको पनि हो । अन्तराष्ट्रिय जहाजले आकाशमा एक घण्टा होल्ड गर्दा करिब तीन हजार केजी इन्धन खपत हुन्छ । काठमाण्डौस्थित अन्तराष्ट्रिय विमानस्थलमा दैनिक दर्जन भन्दा बढी विमानहरु हेल्ड हुने गरेका छन ।
हिजो मात्रै युएस बंगलाको गत सोमबार काठमाण्डौको विमानस्थलमा दुर्घटनाग्रस्त भएको विमानबारे अध्ययन गर्न र घाइते बंगलादेशका यात्रुहरुको स्वास्थ्य स्थितबिारे बुझन काठमाण्डौ आउनु भएका बंगलादेशका नागरिक उडडयन तथा पर्यटन मन्त्री एकेएम शाहजहान कमललाई लिएर आएको विमान बंगलादेशको विमान नं बीजि —००७१ ले काठमाण्डौको आकाशमा करिब एक घण्टा फन्को मारे पछि मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको अनुमति पाएको थियो । सो विमान ढाकाको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट विहान स्थानीय समय अनुसार ११ बजे १०० यात्रु सहित काठमाण्डौका लागि प्रस्थान गरेको थियो ।
एकतर्फी र सानो धावनमाइका कारण नेपालमा रहेको एकमात्र अन्तराष्ट्रिय विमानस्थल अत्यन्तै
साँघुरिदै गएको छ । त्यसमा पनि आन्तरिक जहाजको चाप र अन्तराष्ट्रिय उडानमा रहेका जहाजहरुको पाकिङ्गस्थलको अभावको कारण जहाजहरु संधै आकाशमा होल्ड हुन बाध्य छन । यस विषण्मा नागरिक उडडयन प्राधिकराण र स्यंयम नेपाल सरकारले पनि यस विषयमा ध्यान दिन जरुरी छ ।


काठमाणडैबाट उडान भर्ने तयारीमा भारतको जेट एयरबेज ।

काठमाणडैबाट उडान भर्ने तयारीमा सिंगापुरको सिल्क एयरबेज ।

BUDDHA AIR LANDING

विमानस्थलमा अवतरण गर्दै बुद्ध एयर ।

 

नेपालमा भएका अन्तराष्ट्र्रिय हवाई दुर्घटनाहरु ः
१. मई १०, १९७२ थाई एयरबेज डोगलस डिसी —८ , स्थान ः त्रिभुवन विमानस्थल ।विमानमा रहेका यात्रु १ सय १० जना मध्ये १ जनाको मात्र मृत्यु भएको ।
२. ३१ जुलाई, १९९२ थाई एयरबेज ३११—३०४ , स्थान ः ध्याङ्गफेदी, नुवाकोट । मृत्यु १ सय १३ जना सवै ।
३. १९९२, सेप्टेम्बर २८, पाकिस्तान इन्टरन्यास्नेल एयरलाइन्स एयरबस प्mलाइट नं २६८ स्थान ः ललितपुरको भटटेडाँडा । मृत्यु ः सवै १ सय ६७ जना ।
४. मार्च , २०१५, टर्किस एयरलाईन्स एयरबस ३३०—३०० । टर्कीको राजधानी इस्तानबुलबाट आएको विमान विहान कावन विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर दुर्घटनाग्रस्त । सवै २ सय २७ जना यात्रु र चालक दरका ११ जना सुरक्षित ।
५. मार्च १२, २०१८ यूएस बंगला एयरलाईन्सको विमान बिएस २११ ीत्रभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त । ७१ जना यात्रु सहित आएको सो विमान दुर्घटनामा दुर्घटनाको दिन ४९ र हिजो थप २ जनाको मृत्यु संगै मृतकको संख्या ५१ पुग्यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु