राम प्रसाद ढुगाना /केन्द्र सदस्य तथा सहईन्चाज माओवादी केन्द्र नुवाकोट
सैद्धान्तिक प्रयोग आजको आवश्यकता १८१८ मा जन्म र १८८३ मा मृत्यु भएका काल्माक्र्सले १२५ वर्ष अगाडि तत्कालीन अवस्थामा विभिन्न विद्वानहरूबाट लेखिएका विचार दर्शन विश्वलाई हेर्ने बुझ्ने अनुसन्धान गर्दै नयाँ दर्शनको आविस्कार गरे । द्वन्द्वात्मक भौतिकवाददेखि पुँजीसम्म विभिन्न दर्शनको मार्ग पहिल्याएका विश्वलाई हेर्ने र बुझ्ने वैज्ञानिकले संस्लेशित गरेको दर्शन आजपनि अत्यन्तै उपयोगी छ । जुन बेला लेनिन माओत्सेतुङ र अन्य देशका नेताहरूले प्रयोग गरे विश्वलाई चिनाउने काम भयो।
विज्ञानको नियम आविस्कार गरेको ज्ञान विज्ञानले आज उचाई खोज्छ ।अनुसन्धानले सशक्त र नयाँ चिज पत्ता लगाउँछ, त्यसको आधारले उचाइ चुम्छ । १२५ वर्ष अघिको दर्शनले माथिबाट निर्देश गथ्र्यो त्यही माक्र्सवादको धरातलमा अब आज त्यही विचार दर्शन तलबाट निर्देश गर्नुपर्ने हुन्छ । लेनिनले जनतालाई मूल मानी जमिन भन्नुभएको थियो । नेता कार्यकर्तालाई बिज भन्नु भएको थियो माओले केही प्रयोग गर्नु भयो त्यसपछिका नेताहरूले खासै खोज गर्नु भएन हुनत माहान गुरु सबै ठाँउमा हुँदैनन् १०० वर्ष १५० वर्षमा फेरि समय आउँछ सर्घषबाट त्यस्तो वैज्ञानिक मानिसको सतहमा आउँछ ।
कम्युनिष्ट नेताहरूले धेरै मिहिनेत, पसिना, रगत बगाएर मात्र खोज अनुसन्धानले नयाँ चिजको आविस्कार गर्छ । यो यति छोटो उत्तरले प्राप्त जवाफ आउँदैन अब नेपालका कम्युनिष्ट पार्टीले नयाँबाट फेरि नयाँमा जानु पर्छ । २०१८ अर्थात २०७४ सम्म आउँदा विश्वको र नेपालको नितान्त व्यक्तिवादी व्यक्तिमा आफैँमात्र हो भन्ने बुझाई छाडा पुँजीवादी, छाडा विस्तारवादी, छाडा अहङ्कारवादी र चरम चुलिएको अवस्था छ। विश्वमै यति अत्याधिक चुलिएको अवस्थामा फेरि एक पटक विश्व र समाजलाई नयाँ मार्ग आवश्यक पर्छ । हामीले जम्मा गरेको कुनै फोहर वस्तु ज्यादै थुप्रिए पछि बाहिर निस्कने कोसिस गर्छ नत्र विस्फोटन हुन्छ ।
प्रश्न आफैँले उब्जाउँछ । कालमाक्र्सले विश्व जगतलाई राजनीति र आर्थिक पुँजी लेखेर नयाँबाटो खोल्दिए लेनिनले त्यो चिज लागु गर्न तल जनतालाई जमिन र नेता कार्यकर्ता जनताको बीचमा उम्रने हुर्कने, फुल्ने, फल्ने निर्देश गरेका थिए १९२४ मा उहाँको एउटा घटनामा मृत्यु भयो त्यसपछि इस्टलिनले रुसमा ३० वर्ष राज्य गरे उता माओले जनताको ठूलो हिंसाको जीवन परिर्वतनलाई जोड दिए । दर्शन विचार सिद्धान्त बेगर कुनै कुरा चल्दैन सबै कुरा जडित गाडी इन्जिन र तेल भएन भने त्यो चल्दैन ।देशलाई उठाउन अनुशासन, कर्तव्य, संस्कार, संकल्प र उद्देश्य आदि चाहिन्छ । आज भोलि सबै कुरा बिर्सेर रित्तो भाँडो बजेको आवाज सुनिन्छ देशको लागि बिडम्वना नै हुन्छ ।
कार्लमाक्र्सको १८१८ जन्म भयो भने १८८३ मा मृत्यु बीचको जीवनमा अनुसन्धान गर्दै जहान परिवार औषधी उपचार बिना नै मृत्यु भयो १८८३ आफू बसिरहेकै कुर्चीमै मृत्य भयो । माक्र्सवाद सामूहिक दर्शन विश्व जगतलाई हेर्ने दृष्टिकोण तयार भयो। मानिस सबै कुरा गर्न भ्याउँदैन् त्यस्तै लेनिनले १९१७ मा समाजवादी आन्दोलन परिर्वतन गरे उनको १९२४मा मृत्यु भयो । त्यस्तै १९४९मा चीनमा माओको क्रान्ति सफल भयो। उनी आन्तरिक मत अल्पमतमा अल्झिए र उनको १९७६मा मृत्यु भयो। माक्र्सवाद लागु गर्न माथिबाट त लागु भयो तर माक्र्सवादको सबै आर्थिक माथिबाट लागु गर्दा आर्थिक राजनीतिक कुरा उत्पादन वितरण ठिक बेठिक अनुसन्धान नभै लागु गर्दा समाजवादी सत्ता टिकाउन गाह्रो भयो रस्सामा छिन्नभिन्न भयो ।
माक्र्सवाद तलबाट प्रयोग गराउन त्यो भन्दा पछिका कम्युनिष्ट नेताहरूले कार्यान्वयन अनुसन्धानतिर भन्दा झिङ्गो टसाइ मात्र गरे कमी कमजोरी खोजेनन् उत्पादन वितरण प्रणाली जनसंगठन छुट्यो अनि फेल भयो जनस्तरबाट कडी टुटेपछि भत्कियो। विचार दर्शन प्रयोग गर्दै त्यस्को परिणाम हेर्दै फेरि प्रयोग, फेरि परिणाम। विज्ञान त्यस्तो चीज हो प्रयोग परिणाम गर्दै जाने चिज हो। नेपालका परिर्वतन चाहने जनता पार्टीहरूले अब जनताको बीचबाट सैद्धान्तिक राजनीतिक सैद्धान्तिक अर्थ नीति सैद्धान्तिक उत्पादन सैद्धान्तिक वितरण जनतालाई विचार दिँदै प्रयोग गर्दै सिक्दै सिकाउँदै संगठन तल्लो तहबाट उठाउन विकास गर्नुपर्छ। सैद्धान्तिक प्रयोग जनताको बीचमा जान अनिवार्य छ।