तपाइँ हामीलाइ थाहा नै छ !
केहि महिना अगाडि शिर्षनेताहरुनै बाटोमा जुत्ता पालिस गरेर सामाजिक संजाल अनि मिडिया भरि छाए । तर २८ बर्ष देखी आफ्नो जुत्ता पालिस गर्ने र सिलाउने कामलाइ ब्यबास्य नै बनाएका राजेन्द्र राम कहिल्यै मिडियामा देखिएनन । बि स २०३० साल माघ १६ गते सहिद दिवसका दिन जन्मिएका राजेन्द्र राम बाराको कलैयामा जन्मिएका हुन् । आफ्नो पुर्ख्यौली पेशा खेति किसानी बताउने राजेन्द्रको चाहना पनि होइन जुत्ता पालिस गर्ने र बनाउने ।
साधारण मजदुरी काममा बि स २०६७ सालमा विदेश गएका राजेन्द्र ४ बर्ष कतारमा बिताए । मासिक ५०० तलबमा काम गर्दा लाग्थ्यो, यसैले अब जिन्दगि चल्दैन अब केहि आफ्नै गर्नुपर्छ । आफ्नो विदेश बस्ने मनग्य पैसा कमाउने सपना त्यहि तुहियो , अनि नेपाल आइपुगे राजेन्द्र। आफुसंग राम्रो सिप , दक्षता , र पढाइ नभएपछि उनलाई हातमुख जोर्न धौधौ भयो । अनि आफ्नो मामाको घरमा जादा मामाले दिएको सल्लाह अनुसार उनि लागे जुत्ता पालिस गर्ने र मर्मत गर्न राजमार्ग चौराहको सडक पेटीमा ।
शुरुमा बिरगंजमा सो कामगर्दै आएका राजेन्द्रले अल्लि मान्छेको भिड हुने ठाउ काठमाण्डौमा सारे आफ्नो ब्यबसाय । मधेशी मूलबाट आएका उनि आफुले शुरुमा भाषा नजान्दा र नबुझ्दा कैयौ पटक गालि खाएको बताउछन् । राजेन्द्र काठमान्डौ सोल्टिमोरको प्रदुषणसंग हातेमालो गर्दै सडकको पेटिमा २० बर्ष बिताए । त्यो बिचमा कैयौ अभाब र संघर्षसंग जुध्दै अगाडि बढे। बिस २०४८ सालमा ललिता देवीसंग बिबाह गरेका राजेन्द्रका हाल २ छोरा र एक छोरि छन् । काम सानोठुलो नहुने बताउने उनि आफुलाई गरेको कामप्रति सम्मान नहुदा काठमान्डौबाट आम्दानि राम्रै हुदाहुदै पनि ८ बर्ष अगाडी बुटवल झरे ।
अहिले बुटवलको राजमार्ग चौराहमा ब्यबसायको रुपमा जुत्ता सिलाउने अनि पालिस गर्ने कामगर्दै आएका राजेन्द्रले न्युनतम दैनिक ५ देखि १५ सय कमाउछन मासिक १५ देखि ४५ हजार नघट्ने राजेन्द्रको कमाइमा श्रीमती ललिताले पनि साथ् दिएकि छिन । आफुले सुत्केरी मालिस गर्ने कामगर्दै आएकी उनले पनि आफ्नो खर्च पुर्याउछिन । ब्याबसायका लागि चाहिने सामाग्री बुटवलबाटै र नपुगेमा भारतबाट ल्याउने राजेन्द्रले सडकमा बसेको भाडा नातिरेपानी आफुबस्ने घरभाडा मासिक ३५०० तिर्छन ।
पटकपटक नगरपालिकाबाट फुटपाथ पसल हटाउन आउदा समेत राजेन्द्र यहि नै बस्दै आएका छन् । उनि भन्छन हामीलाई हटाउनभन्दा यस्तै ब्यबसायगर्नेलाइ एउटा छुट्टै एरिया बनाउन सुझाब दिन्छन। कहिलेकाही त यो ब्यबसाय छोडेर अर्कै गरु जस्तो हुन्न ? भन्ने प्रश्नमा उनि भन्छन “हुनत हुन्छ तर भएर के गर्नु अरु सिप पढाइ अनि लगानी पनि छैन तर यो ब्यबसाय छोडेर अन्य पेशा अपनाउने सपना पनि देख्दिन म “आखिर काम सानो ठुलो कहा हुन्छ र काम गर्न के को लाज ? चोरेर ढाटेर छली गरेर खान पो लाज लाग्नु पर्ने हो होइनर ? प्रश्न उब्जाउदै राजेन्द्रले अहिले यो पेशाबाट २ छोरा ,१ छोरी संगै नातिको समेत पालनपोषण गर्दछन । भानिन्छा नि कामले सानो ठुलो भन्दैन मनग्य आम्दानि गर्न सकिने काम स साना काम मै हुन्छ त्यसैले अब सिप र स्वरोजगारका लागि हामि पनि खुल्नु पर्ने बेला त भएन ?
-मोहन न्यौपाने, तिलोत्तमा