५ पैसा देखी ५ सय रुपैँया मानोको घ्यू र ५ पुस्ते सन्तान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १८ गते, आईतवार १०:५२

भैरहवा-सुन्दा अच्चम लाग्छ ५ रुपैँयामा १ मानो घिउ र १ रुपँयाको १ धार्नी (अढाइ किलो) चिनी । यो अहिलेको मूल्य नभएर आज भन्दा ५० बर्ष अगाडिको मूल्य होे आफ्नो पालाको कुरा सुनाउँदै गर्दा आफ्नी आमा र हजुरआमाको अनुभव पनि सुनाउनुहुन्छ ५९ वर्षीय राधा भुसाल । हजुरआमाको पालामा त झन् ५ पैसामा १ मानो घिउ आउथ्यो रे मैले हजुर आमाको काखमा खेलेकी छु भन्दै उहाँले अर्घाखाँचीको वाङ्गला सुपादेउराली, पणेना, गलङ्सा, बेसारे र सिस्नेखोलाको बाटो हुँदै आफ्ना बाबा हरु  बटौली आएर बजार गर्ने र त्यहाँ बाट नुन, चिनी, मरमसला, लत्ताकपडा लैजाने गरेको अनुभव सुनाउनुहुन्छ उहाँ । अहिले भैरहवाको गोलिगढमा किराना पसल गरेर बस्ने राधाको बिहे १२ बर्षको उमेरमा अर्घाखाँची वाङ्लाका पिताम्बर भुषाल सँग भएको थियो ।

उहाँको बिहे हुँँदा उहाँको श्रीमान १७ बर्षका हुनुहुन्थ्यो भन्नुहुन्छ उहाँ । पहिले नेपालमा कम उमेरमै बिहे हुने चलन थियो जसको प्रभाव अहिले पनि कहि कतै देखिने गर्छ । उहाँको मात्र होइन उहाँको हजुरआमा गुनकला भट्टराईको बिहे १३ बर्षको उमेरमाअर्घाखाँची दुन्द्रुकका हिमलाल भट्टराई सँग भएको थियो । वि.सं. १९७३ सालमा जन्मिएकी उहाँकी हजुरआमा अहिले १ सय १ वर्ष कि हुनुहुन्छ । १३ बर्षको उमेरमा विहे भएकी हजुरआमा ३२ बर्षको उमेरमा विधवा हुनुभयो ।  हजुरआमाले कानले अलि कम सुन्नुहुन्छ । उहाँकी आमा रमा पाण्डेको १२ बर्षको उमेरमा अर्घाखाँची किसानाका २२ बर्षिय खगराज पाण्डे सँग भएको थियो ।

त्यस्तै उहाँकी छोरी मिरा अधिकारीको १२ बर्षको उमेरमा अर्घाखाँची सालडाँडाका चन्द्रमणी  अधिकारी सँग भएको थियो । अहिले पाँचौ पुस्तामा आइपुग्दा जब शिक्षाको पहुँच सबैमा पुग्यो कम उमेरमा बिहे गर्नु बेठिक हो भन्ने थाहा भयो भन्नुहुन्छ उहाँ ।  आफ्नी नातिनी अर्थात मिरा अधिकारीकी सुपुत्री सुस्मिता अधिकारी अहिले चार्टर एकाउण्टेन्ट विषय अध्ययन गर्दै गरेको बताउनुहुन्छ ।राधा भुसाल भन्नुहुन्छ– “त्यस बेलाको समयमा  अर्घाखाँचीको गाउँमा मात्र होइन पहाडका प्राय गाउँहरुमा चामलको भात खान दशै तिहार या सोह्र श्राद्ध कुर्नु पर्दथ्यो । धनी घरकाले अलि छिटो छिटो समयमा भात खान्थे आर्थिक अवस्था अली कमजोर भएका परिवारले खाने भनेको त मकैको आटो, कोदाको रोटी र फापरको रोटी हो । त्यसताका चामल ३ रुपैँया किलो थियो ।

गाउँमा अहिलेको जस्तो मसला प्रयोग हुदैनथ्यो अदुवा, मरौटी र लसुन पिसेर मसला बनाइन्थ्यो । पहिले चिया भनेको के हो थाहा थिएन, लाहुर बाट आउने कोही कोही लाहुरेले मात्र थियो लिएर आउँथे ।  बजार गर्न बटौली ४ दिन हिडेर सालमा तिन पटक आउनु पर्दथ्यो । भात खान दशंै कुर्नु पर्ने हुँदा हामीले आटो र ढेडो खाने गर्दथ्यौँ ।” अहिले गाउँ गाँउमा मोटर पुगेकोले चामल, दाल, तेल, बिभीन्न किसिमका मसला गाउँमै पुग्ने गर्छ । त्यो बेला ब्यक्तिगत आयस्रोत कम पनि थियो र सुबिधा पनि थिएन तर अहिले आयस्रोत र सुबिधा बढे पनि त्यससँगै महंगी पनि धेरै बढ्यो ।पहिला गाउँमा धेरै काम गर्ने सुबिधा भोगी कम भएकोले आफ्नी १०१ बर्षकी हजुरआमा आज सम्म सिटामोल नखाएको र अजै पनि स्वस्थ रहेको बताउनुहुन्छ राधा भुषाल ।

उमेर बढ्दै गएपछि कान कम सुन्ने र आखाँ कम देख्ने आफ्नी हजुरआमा गुनकला भट्टराईले अहिले पनि भुटेको मकै मज्जाले चपाउने बताउनुहुन्छ राधा । मान्छे जति जति सुबिधा भोगी हुदै गएको त्यतीनै महंगी रोग पनि उत्तिकै बढेको उहाँको भनाइ छ  ।त्यसबेला गाउँमा भेदभाव धेरै थियो धनिले गरिबलाई धेरै मिच्ने गर्थे । जातीय भेदभाव पनि धेरै हुने गर्दथ्यो, दलित सँग छोइयो भनेर छिटो हालेर घर भित्र छिर्नु पर्ने बताउनुहुन्छ उहाँ ।दलितको घर भित्र बाहुन छिर्न पाइँदैनथ्यो ।

१०१ वर्षीय आमाको काशी जाँदा मात्र बसमा यात्रा

दलितले आफुले खाएको भाडा आफै माझेर अलि टाढै घोप्टाएर राख्नु पर्ने बाध्यता थियो त्यसबेला । तर अहिले त्यस्तो अवस्था नरहेको धेरैनै कम भएको र कानुनले पनि भेदभाव गर्नेलाई सजाय दिने गरेको बताउनुहुन्छ राधा भुषाल ।गुनकला भट्टराईको कोख बाट छोरी रमाको जन्म भयो । रमा को कोख बाट राधाको जन्म भयो । राधाको कोख बाट मिराको र मिराको कोख बाट सुस्मिताको जन्म भयो सुस्मिता अधिकारी अविवाहित हुनुहुन्छ यसरी अहिले १०१ वर्षिय गुनकलाले खनातीनी सम्मको पुस्ता देखी रहनुभएको छ । भने उहाँले ५ पैसा देखी ५ सय रुपैयाँ मानोको घिउ समेतको अनुभव बटुल्नु भएको छ । नातिनी राधा भुसालका अनुसार आफ्नी १०१ वर्षिय हजुरआमा  करिव ३० बर्ष अगाडि काशी जाँदा मात्र पहिलो पटक बसमा चढ्नुभएको थियो ।

आर्थिक बुलेटिनबाट / गोपाल बन्जाडे

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु