मन्त्रीको निर्देशनमा विमानस्थलमा भयो यस्तो राम्रो काम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २६ गते, सोमबार ०५:३१

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान कक्षमा २ सय नयाँ कुर्सी थपिएको छ ।हवाई ट्राफिक जामका कारण यात्रुहरुले लामो समय पर्खनु पर्दा समस्या भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको निर्देशनमा नयाँ कुसी थपिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

आन्तरिक उडान कक्षतर्फ पनि मन्त्री अधिकारीले २० दिनभित्र १ सय कुर्सी थप्न समेत निर्देशन दिएका छन् । मन्त्री अधिकारीले सय दिनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।मन्त्री अधिकारीकै निर्देशनमा विमानस्थललाई २१ घन्टा सञ्चालनमा ल्याउने तयारी समेत गरिएको छ । त्रिभुवन विमानस्थलमाबाट दैनिक ५ सयको हाराहारीमा विमान उडान र अवतरण हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु