ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

मायादेवी मन्दिर परिसरमा मानव अस्तु गाडेको रहस्य खुल्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २९ गते, बिहीबार ०९:२२
फोटो : अन्नपुर्ण पोस्ट

लुम्बिनी -ताइवानी नागरिकले मायादेवी मन्दिर परिसरमा मानव अस्तु गाडेको रहस्य खुलेको छ। चैत १२ गते ताइवानी नागरिक पर्यटकका रूपमा लुम्बिनी प्रवेश गरेपछि आफूसँगै लिएर आएको कपालको चुल्ठो, दाँत, हातको बाला, नङ मायादेवी मन्दिर परिसरमा गाडेको खुल्न आएको छ।विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा लुम्बिनी विकास कोष र युनेस्को अनुमतिबिना कुनै उत्खनन तथा अन्वेषण गर्न पाइँदैन तर ताइवानी नागरिकले लुम्बिनी विकास कोषका कर्मचारी, सुरक्षाकर्मीको मिलेमतोमा सामान गाडेको भन्दै कोषले छानबिन अघि बढाएको छ|

चैत १२ गते ४० जनाको समूहमा ताइवानी पर्यटकको लुम्बिनीका सुरक्षालाई चुनौती दिँदै कोषका कर्मचारी र सुरक्षाकर्मीको आर्थिक मिलेमतोमा मायादेवी मन्दिरको परिसरमा मानव वस्तु गाडेका थिए। छानबिन समितिको प्रतिवेदनका अनुसार ड्युटीमा रहेकाहरूले प्रतिव्यक्ति एक हजारका दरले रकम लिएर मायादेवी परिसरमै ताइवानी पर्यटक समूहका ती सामान गाड्न अनुमति दिइएको छ।घटनामा कोषका वनस्पति अधिकृत सब्बिर अहमद खान, सुरक्षागार्ड कमान्डर धन्नाराम श्रेष्ठ, सोयब मुसलमान, सहित दंगा, सशस्त्र, पर्यटन र ग्रुप फोरका सुरक्षाकर्मीसहित १८ जनाको संलग्नता रहेको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनीको मायादेवी मन्दिरमा प्रवेश गर्ने क्रममा सर्वसाधारणको झोला खानतलासी गरिन्छ। मन्दिर परिसरमा जुत्ता–चप्पल निषेध छ। परिसरमा रहेका बोटबिरुवा, फूल कुनै पनि वस्तु जथाभावी छुन, च्यात्न, जमिन खन्न पनि निषेध छ। महŒवपूर्ण स्थल उत्खनन वा निर्माण गर्नुपरे युनेस्को र लुम्बिनी विकास कोषको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था छ। तर, यी सबै मापदण्डलाई बेवास्ता गर्दै कोषका कर्मचारी र सुरक्षाकर्मीले ताइवानी पर्यटकको समूहलाई मायादेवी मन्दिर परिसरमै मानव वस्तु गाड्न अनुमति दिएका थिए।सुरक्षाकर्मी र लुम्बिनी विकास कोषका कर्मचारी आर्थिक प्रलोभनमा पर्दा लुम्बिनीको सुरक्षामा चुनौती देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। सुरक्षाकर्मी र कोष कर्मचारीलाई खरिद गरी मानव अंगसहितका वस्तु गाड्न सक्ने हुँदा भविष्यमा कसैले कुनै घटना पनि घटाउन सक्ने सम्भावना बढेको स्थानीयको आरोप छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु