चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

चीन जोडने अक«ो छोटो दुरीको सडक खुल्यो ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख १, शनिबार १३:२१

वैशाख १, काठमाण्डौ । चीन जोडने अक«ो छोटो दुरीको सडक खुलेको छ । चीन संगको व्यापारिक नाका जोडने रसुवा मेलुड. —स्पापु्रबेशी सडक हिजो देखि संचालनमा आएको छ ।

मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्यदलले २०७२ वैशाखदेखि सुरु गरेको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न गरेको हो । गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी नाका जोड्ने सडकमध्ये सिम्ले–मैलुङ र मैलुङ–स्याफ्रुबेसी सडक नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको थियो ।

निर्धारित समयमा नै निर्माण सम्पन्न गरेको सेनाले तत्काल सवारी साधन सञ्चालनका लागि अनुमति नदिने जनाएको छ । सडक निर्माण सम्पन्न गरिए पनि स्तरोन्नतिको काम भइरहेकाले सडक हस्तान्तरण गर्नुपूर्व यातायात सञ्चालन गर्न नदिने निर्माण कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी सञ्जय केसीले बताउनुभयो ।

बेत्रावतीदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन र ६ किलोमिटर सिंगल लेन गरी २३ किलोमिटर सडक निर्माण गरिएको कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी केसीले बताउनुभयो ।

भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सिंगल लेन र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन निर्माण गरिएको उहाँले बताउनुभयो । कार्यदललाई सुरुवातमा ७ किलोमिटर सिङ्गल लेनको सडक निर्माण गर्ने जिम्मेवारी तोकिएको थियो ।

भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने गरी १७ किलोमिटर सडक दुई लेनको सडक निर्माण गर्न अनुमति दिइएको थियो । निर्माण सुरु भएको केही समयमा अर्थात वैशाखमा १२ गते भूकम्प गएपछि निर्माण कार्य केही समय प्रभावित भएको थियो ।

भूकम्प र नाकाबन्दीले निर्माण कार्य प्रभावित भए पनि तोकिएको समयमा निर्माण सम्पन्न भएको छ । स्तरोन्नतिका लागि नेपाली सेनाका एक सय ५२ र अन्य ९० जनाले कार्य गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु