सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • देशलाई दुर्घटनाबाट बचाउनका लागि २० बर्ष पुराना गाडी होइन पहिला ८० बर्से अन्डर एसएलसी नेताहरु हटाउन पर्छ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार ०८:५५

    नेपाल एक एस्तो देश हो जहाँ अन्डर एसएलसी मान्छे नेता भयेर पिएचडि गरेको कर्मचारीलाइ आफ्नो अन्डरमा राख्छन। हाम्रो देशमा नेता हुन कुनै पढाई चाइदैन र कानुनमा पनि नेता हुन कुनै पढाई तोकियेको छैन। यो हाम्रो कानुनको सबैभन्दा ठुलो कम्जोरी हो। बिस्वमा बिकासित देशहरुमा प्रधानमन्त्री हुन सर्बप्रथम उचित पढाई हुनपर्छ। हरेक बिकासित देशहरुमा हेर्नुस, तेहाका प्रधानमन्त्रीले कम्तिमा ब्याच्लर पास गरेक नै हुन्छन। कतिपय बिकासित देशहरुमा त मास्टर्स नै पास गरेका हुन्छन। तर हाम्रो देशले बर्सौ देखि एसएलसि पास नगरेका प्रधानमन्त्री पाइरहेका छौ।

    येहा बरु ड्राइभर हुन १०  कक्षा पास हुनपर्ने नियम बनेको छ तर नेता हुन कुनै पढाई तोकियेको छैन।
    आखिर किन?

    सरकारी पाले हुनलाइ ८ कक्षा पास गर्नै पर्छ तर नेता बन्न तेति नि चाइदैन।

    किन राज्नीतिक उच्छ पदमा पुग्न शैक्षिक योग्यता नचाइयेको नेपालमा?
    येदि रास्ट्र हाक्ने नेताकै शिक्षा छैन भने त्यो देशमा के बिकास होला? जनताले कस्तो बिकासको आशा गर्ने? के क्षमता हुन्छ तेस्तो नेतामा? बास्तबमा मूर्ख त जनता पनि हुन । अलि बुझेर अनि योग्य नेतालाइ ठाँउमा पुराउन कहिलै नि खोज्दैनन। आफ्नो भोटको महत्वो नबुजेपछी येस्तै हो । तेसैले देश बिकास गर्न सबैभन्दा पहिला देशमा यो कानुन बन्न पर्छ कि नेता बन्न पनि शैक्षिक योग्यता हुनपर्छ।

    कम्तिमा ब्याच्लर पास भयेको मान्छे मात्र पार्टीमा केन्दृय सदस्य हुन पाउने बाताबरन हरेक राज्नीतिक पार्टीले गर्न पर्छ। देशलाइ सम्बृदी तर्फ धकेल्न सबैभन्दा आबस्यक पुर्बाधार योग्य नेता हो ।

    अन्य सामाचार
    काठमाडौं । ‘पहाडमा रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने न्यूनतम कार्यक्रम छ ।’ यो कुनै ठूलो राजनेताको भाषण होइन ।

    केही वर्षअघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले आफ्नो ट्वीटर एकाउन्टमार्फत अघि सारेको राष्ट्र निर्माणको योजना हो ।
    ०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । सामाजिक सञ्जालमा उनले अाफूलार्इ भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था अाफूले मिलाउने बताउँछन् ।

    दुई वर्षदेखि फेसबुक चलाए पनि मुकुन्देले सक्रियरुपमा ट्वीटर चलाउन थालेको ६ महिना पनि भएको छैन । तर, यति छोटो अवधिमै सेलिब्रेटि बनेका छन । ट्वीटरमा उनलाई दैनिक ३/४ सयले फलो गर्छन्, जुन चर्चित कलाकार वा राजनीतिज्ञको सरह हो ।

    ‘४/५ महिना मै २८ हजारले फलो गरेका छन् । यो मैले कमाएको सम्पत्ति हो’ मुकुन्दे भन्छन् । भतिजले दुबईबाट आउँदा गिफ्टस्वरुप ल्याइदिएको प्रेष्टिज मोबाइलबाट फेसबूक र ट्वीटर चलाउँछन् उनी ।
    ‘रत्नपार्कमा असुरक्षा थियो, सामाजिक सञ्जाल निकै सुरक्षित रहेछ ।’ भन्छन् ।
    ०३५ सालमा भोजपुरमा जन्मिएका मुकु्न्दे ‘भोजपुरमा मोइ खाएर काठमाडौंमा पिसाब फेर्न आउने’ नेपाल देख्न चाहन्छन् ।

    बुढेसकालसम्ममा कार्यकारी राष्ट्रपति बनेर मुलुकको अनुहार फेर्ने महत्वकांक्षा सुनाउने मुकुन्देलाई धेरैले पागल ठान्छन् । तर, उनी भने आाफूलाई राजनीतिक विश्लेषक भएको दाबी गर्छन् ।
    भावी दिनमा रेडिकल डेमोक्र्याटीक राजनीतिक दल खोलेर निर्वाचनमा उम्मेद्धारी दिने योजना रहेको उनले सुनाए ।
    ‘उत्कृष्ट श्रेणीका विद्यार्थी प्राविधिक डक्टर इन्जिनियर जाने । बल्लतल्ल पास हुनेहरु कर्मचारीतन्त्रमा हालिमुहाली गर्ने । र, फेल हुनेहरु राजनीतिमा लागेकाले देश बिग्रिएको हो । देश बनाउन मास्टर माइन्डहरु राजनीतिमा लाग्नुपर्छ भनेर नै म राजनीतिमा लागेको हुँ ।’ ०५५ सालमा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका मुकुन्दे भन्छन्।

    पागलजस्तो एक्लै-एक्दै हिँडेर राजनीति हुन्छ त ? उनी भन्छन्- ‘म स्याटालाइटबिनाको एक्लो बृहस्पति भइरहेको छु । अर्काको पाटीमा लागेर अर्काले भट्याएकोमा देउसिरे भनेर नेता हुन मेरो आत्माले दिँदैन ।’
    हिन्दू धर्मका पक्षमा खुलेर बोल्नछन । तर, हिन्दूहरुको महान चाड नमनाएको आठ वर्ष भयो उनले । ‘पूर्वको कर्णाली हो, भोजपुर । घर जाउँ भने पैसा छैन । बाटो खर्चका लागि प्यारा बुबा-आमा र भाइसँग बाझ्नुपर्ने हुन्छ ।’ दसैं नमनाउनुको कारण सुनाए- काठमाडौंमा आफूले मान्नुपर्ने कोही मान्छे छैन । अनि कोसँग टिका लगाएर दसैं मनाउँ ?’
    परिभाषित आम्दानी केही पनि नभएकाले प्राय आफू बेखर्ची हुने गरेको मुकुन्देको दुखेसो छ । ‘कहिले परिवारले त कहिले समाजले सहयोग गरेर साउँको साउँ जिउ चैँ अहिलेसम्म जोगाएकै छु ।’ उनी भन्छन् ।

    तर, दसैं र हिन्दूधर्मलाई अत्यन्तै सम्मान र विश्वास गर्छन, उनी । ‘यदि दसैं थिएन भने हाम्रो देश र समाज गरिब दलितबस्ती जस्तै सँधै दुखी हुन्थ्यो । र, हिन्दुत्व हुँदैन थियो भने आइएसआइ जस्ता अतिवादी मुस्लिम संकटहरुले विश्व गाँजिन्थ्यो । देश राजा र श्रीपेच बनाएको नभई, धर्म र मन्दिरले बनाएको उनको ठहर छ ।

    ०५८/०५९ सालतिर रत्नपार्कस्थित शान्ति बाटिकामा पोते लगाएर बस्थे उनी । ‘नेताहरु सबै नपुंसकजस्तै भएकाले देशमा १५ हजार मान्छे मरेकाले १५ हजार दाना भएको पोते लगाएको हुँ ।’ भन्छन्- ‘म शान्तिबादी हुँ । हिंसा केही मथ्थर भएदेखि पोते फुकालेर राखेको छु ।’
    नेताहरुले आमसञ्चार माध्यम र दलका कार्यक्रममा आफ्ना कुरान जनतालाई सुनाउने गरेको तर आफ्ना कुरा सुनाउने फोरम नभएकाले रत्नपार्कमा भाषण सुरु गर्नु परेको उनले सुनाए ।

    ‘मेरा कुरा जनतालाई सुनाउने अन्य कुनै फोरम थिएन, त्यसैले मैले रत्नपार्कलाई फोरम बनाएको हुँ ।’ भन्छन्- ‘रत्नपार्कले मलाई समाजमा स्थापित गराएको छ ।’
    जनयुद्धका बेला माओवादीप्रति निकै आशाबादी थिए, मुकुन्दे । पढाई सकेर क्रान्तिमै होमिने सोच पनि थियो । तर, तीनै माओवादीका कार्यकर्ताबाट मरणाशन्न हुनेगरी कुटाई खानुपर्यो । बैदेशिक रोजगारमा गएका पिडीतलाई उद्धार गर्ने उद्देश्यले बैदेशिक रोजगार अध्ययन केन्द्र भन्ने संस्था चलाउँथे उनी ।
    ‘बैदेशिक रोजगार पीडितको उद्धार भयो भने अधिकांस युवा विदेशिन्छन् र हाम्रो आन्दोलनमा मान्छे लाग्दैनन् भन्ने तार्किन निहुँ पारेर घर गएको बेला (०५९) सालमा माओवादीले मरणाशन्न हुनेगरी पिटे ।’ स्मरण गर्दै मुकुन्दे भन्छन् ।

    माओवादीले कुटे पनि उनीहरुको तर्क ठीकै लागेकाले संस्था छोडेर शान्तिका लागि प्रचण्डलाई राष्ट्रिय विभूतिकै सम्मान दिनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालमा ज्ञापन पत्र बुझाए । ‘माओवादी र सरकारको वार्ता भंग भएपछि तत्कालीन शाही नेपाली सेनाले समाते एक महिनासम्म बेपत्ता जस्तै बनाएर राख्यो ।’ उनी भन्छन्- ९ दिन त पूरै बेहोस भएको थिएँ ।
    जब मेलमिलापबाट शान्ति भयो तर माओवादीले एकलौटी जितेजस्तो गर्न थाल्यो तब माओवादीको आलोचना गर्न थाले उनको भनाई छ । एकपटक खुलामञ्जमा पैचण्डले भाषण गरिरहँदा उनले रत्नपार्ककको रुखमाथि चढेर माओवादीको बिरोध गर्दै भाषण गरे । त्यसबेला पनि माओवादी कार्यकर्ताले उनलाई मरणाशन्न हुने गरि पिटे ।

    ‘अब त माओवादी रााष्ट्रिय राजनीतिबाट ओझेल पर्न थाल्यो । कसको आलोचना गरेर आफू हिरो हुन मैले भिलेन पाएको छैन ।’ उनी भन्छन् । सँधैभरी अरुलाई गालीमात्रै गरेर नहुने भएकाले रेडिकल डेमोक्र्याटिक संगठन बनाएर केजरीवाल शैलीको नयाँ शक्ति जन्माउन कोसिस गरिरहेको उनले सुनाए ।
    दिनरात सामाजिक सञ्जालमा सक्रिय मुकुन्देको आम्दानीको स्रोत के हो ? ‘सामाजिक सञ्नालमा हारगुहार गरेर मितव्ययी हिसाबले जीउ पालेको छु । नयाँ फेर्न नसकेर थोत्रा लुगा लगाउँदै आएको छु ।’ उनले दुखेसो सुनाए -‘मागे राज्य पाइन्छ, लडे लौरो पाइन्छ भन्छन् मागेर खान के को लाज ?’

    आफूलाई वौद्धिक मगन्ते ठान्ने उनी भन्छन् । भोजपुर षडानन्द नगरपालिका ९ खार्तम्छामा उनका नाममा १५ रोपनी जग्गा छ ।
    ‘एक जनाले पोहोरसाल अमेरिकाबाट १० हजार रुपैयाँ पठाइदिएकी थिइन । केही महिनाअघि साउदीमा रहेको भाइले १२ हजार रुपैयाँ पठाइदिएकेा थियो । दुवईमा रहेका राजनीतिक विश्लेषक दिल निसानी मगरले ४५ सय रुपैयाँ पठाइदिनुभएको थियो ।’ उनले भने ।
    सिंहदरबारको नजिकै घट्टेकुलोमा ५ सयको कोठाभाडा लिएर बस्छन् उनी । स्टोभ बाल्न मट्टतिेलमा ५ सय, चामल र तरकारीमा १२/१५ सय र चियापसलमा गरी महिनामा ४ हजार देखि ४५ सय रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए ।
    अब त हप्तादिनलाई पुग्ने मात्रै मट्टितेल छ, त्यसपछि सामाजिक सञ्जालमा हारगुहार गर्दा सहयोग पाइयो भने हो नत्र भोकभोकै सडकको बास हुने चिन्ता व्यक्त गर्दै भने- ‘भारतले हिन्दूराज्य खोजेर नाकाबन्दी लगाएको हो, जनताले पनि त्यही चाहेका छन् । प्रधानमन्त्रीज्यू तत्काल नाकाबन्दी हटाउ ।’
    आफूलाई पनि सुख गर्न मन भएको तर देश र जनताका लागि दुख भोगेको उनले सुनाए । ‘मलाई पनि सुख गर्न । फ्लाटमा बस्न । बिबाह गर्न । छोराछोरी खेलाउन, बुबाआमालाई सन्तोष दिन मन छ ।’ भन्छन्- ‘आफ्नो गाउँमा सुखले बस्दा ७४ जिल्लालाई अन्याय हुने सम्झिएर ७५ जिल्लाका लागि काठमाडौंमा बस्ता दुख पाएको हुँ ।

    पृथ्वीनारायण शाहको अस्तित्वमाथि प्रश्न गरी इतिहासको पुनर्लेखन गर्नुपर्छ भन्दै हिँडेपछि केही वर्षअघि मुकुन्देलाई प्रहरीले पक्राउ गर्यो । पागल हो कि भनेर पाटन अस्पतालसम्म पनि पुर्यायो ।
    ‘तर डाक्टरलाई चै बुद्धिचाल अर्थात चेस खेलेर जित्न चुनौति दिएँ । त्यसपछि त डाक्टरले परिवारसँग नबुझि केही भन्न नसकिने रिपोर्ट दिए । प्रहरीले पनि छाड्यो ।’ मुकुन्दे भन्छन् ।

    मुकुदेले संविधान बन्यो भने कानकाट्छु भनेर धेरैपटक सामाजिक सञ्जालमा लेखेका थिए । संविधान बनेको एक महिना पितिसक्यो तर उनले कान का टेका छैनन ।
    ‘यो संविधान देखाउनलाई बनाइएको हो । यो नटिकेर फेरि प्रतिगमन फर्किएपछि मुकुन्देले सही भविष्यणली गर्यो भनेर कानमा सुनको कुण्डल लगाइदिनेछन् भन्ने विश्वास भएकाले अहिले नै कान नकाटेको हो ।’ उनले भने- फेरि यी कानले धेरै कुरा सुन्न पनि त बाँकी छ नि !
    – मनसुनमेडियानेपाल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु