दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

मनोजपुन संग साठगाठ गरेको अभियोगमा सुजु मल्ल काठमाण्डौमा पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार ०४:४९

काठमाण्डौ -युवासंघका केन्द्रिय सदस्य सुजु मल्ल गुण्डा नाईके मनोज पुनको सहयोगीको रुपमा विहीबार पक्राउ परेका छन् । मनोज पुनको अपराधमा सहयोगी बनेको अभियोगमा काठमाण्डौबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौमा पक्राउ परेका मल्ललाई भैरहवा लैजाने तयारी गरिएको बताईएको छ ।बुटवल ७ निवासी मल्ल युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र बलु पौडेलको हत्याको समयमा आवरणमा दिनभरी आन्दोलनमा नेतृत्व गर्ने र रात परेपछि सम्पुर्ण सुचना मनोज पुनलाई पठाउने गरेको प्रहरीले बताएको छ ।

ति घटनाका समयमा दल र प्रहरी प्रशासन संगको बैठकमा समेत युवा संघको तर्फबाट सहभागी हुने र बैठकमा भएका सवै सुचना समेत मनोज पुनलाई उपलब्ध गराउदै आएको प्रमाण फेला पारेको प्रहरीले बताएको छ ।मनोज पुनको प्रहरी ईन्काउन्टरको समय सम्म समेत मल्लले पुनलाई सुचना उपलब्ध गराएको भेटियो एक अनुसन्धान अधिकृतले भने ।युवा संघको संम्मेलनमा भाग लिन गएका मल्ललाई प्रहरीले गए राती करिव ११ बजे काठमाण्डौबाट नियन्त्रणमा लिएको बताईएको छ ।

-samayachakra.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु