दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

सिद्धबाबामा सुरुङ मार्ग निर्माण आउँदो साउनदेखि नै सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २३, बुधबार १०:०६

बुटवल-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको चिडियाखोलादेखि दोभानसम्म सुरुङमार्ग निर्माण आगामी साउनदेखि सुरु गर्ने बताएका छन् ।सिद्धबाबा सडक खण्डको बुधबार स्थलगत अवलोकनपछि मन्त्री महासेठले सुरुङ निर्माणको काम अार्थिक वर्ष २०७५/७६ को सुरुदेखि नै हुने बताएका हुन् ।उनले एक हप्ताभित्र प्रतिवेदन बुझाउन सम्बन्धित विभागका प्रतिनिधिहरुलाई निर्देशन समेत दिए । ‘एक हप्ताभित्र प्रतिवेदन आउनुपर्छ र नयाँ आर्थिक वर्षबाट काम सुरु हुन्छ’-मन्त्री महासेठले भने ‘अहिलेको सरकारले वजेटमा उल्लेख गरेका योजनाहरु देखाउनका लागि हैन,काम पुरा गर्नका लागि हो, ढुक्क हुनुहोस् ।’

मन्त्री महासेठले ५ वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने सरकारको लक्ष्य पूरा गर्न सडकहरु सुरक्षित र फराकिला बनाउनु पर्नेमा जोड दिए । ‘सांसद, सचिव र महानिर्देश, सीडीओलाई साक्षी राखेर भन्दैछु, अब काम शुरु भयो’ मन्त्री महासेठले भने ‘पहिलाका सरकार र अहिलेका सरकारमा धेरै फरक छ, यो कुरा काम शुरु भएपछि ३-४ महिनामै थाहा पाउनुहुनेछ ।’पाल्पाका प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डेले तल्लो सिद्धबाबादेखि माथिल्लो सिद्धबाबा र त्यसमाथिको ३ किलोमिटर सडक क्षेत्र अति जोखिमयुक्त भएकाले आफूले संघीय संसदमा आवाज उठाएको र वजेट पुस्तकमा पार्न अर्थमन्त्री र प्रधानमन्त्रीलाई लिखित अनुरोध गरेको बताए ।

वर्तमान सरकारले सिद्धबाबासहित विभिन्न सात स्थानमा सुरुङ मार्ग बनाउने वजेट भाषणमा उल्लेख गरेको छ । मन्त्री महासेठसंगै मन्त्रालयका सचिव, सडक विभागका क्षेत्रीय निर्देशक लगायत प्राविधिक टोली आएको थियो ।यो तीन किलोमिटर क्षेत्रमा वषर्ायाममा मात्र होइन, हिउँदमा पनि ढुंगे पहिरो खसेर थुप्रैले अकालमा ज्यान गुमाइरहेका छन् । यो ३ किलोमिटर क्षेत्रमा मात्रै १ सय १३ वटा साना ठूला पहिरो खसेका छन् ।

यो सडक खण्डमा माथिबाट ढुंगे पहिरो खस्दा र दुर्घटना भएर पछिल्लो १० वर्षमा करिब ७० जनाले ज्यान गुमाएका छन् । १० वर्षको अवधिमा यहाँ १८ वटा बस,७ वटा ट्रक, कार जीप ९ वटा र १९ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।यो सडक खण्डलाई सुरक्षित बनाउने विकल्पका बारेमा एक दशकदेखि वहस हुँदै आएको छ । तर ठोस काम शुरु हुन सकिरहेको छैन ।

-onlinekhabar

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु