डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

गीत चोरीको घटना बढ्दै सम्बन्धित पक्ष मौन, चोरीलाई कस्ले रोक्ने ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २८, सोमबार ०९:१९

 

जेठ २८ काठमाण्डौं । पछिल्लो समयमा गीत चोरीको घटना व्यापक भईरहेको छ । एक पछि अर्को गर्दै कहिले लोक गीत त कहिले आधुनिक त कहिले चलचित्रका गीतहरु एकाएक चोरी भईरहेका छन् ।

यद्यपी यस्ता चोरीको घटना यसभन्दा अगाडीपनि नआएका भने होईनन् । बेला बखत चोरी हुने गरेतापनि अहिले जस्तो यति धेरै मात्रामा भने चोरी भएकोे थिएन ।
राज्यको कुनै खास निति नहुनु, दण्डहिनताको बृद्धि हुनु, मिडियामा अनावश्यक पहुँच हुनु आदिले गर्दा गीत चोरीको घटनाले प्रसय पाईरहेको हो ।

कलाकार तथा गीत संगीतको हितको लागि भनेर खोलिएका कथित संघसंस्थाहरुले यस चोरीको विषयमा आजसम्म न त मुख खोलेका छन् न त रोकथामको लागि कुनै पहल कदमी नै गरेका छन् । नेपाल सरकार मातहतका निकाय, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, गीत संगितका हितका लागि भनेर खोलिएका विभिन्न यी यस्ता संघ संस्थाहरु कसैलेपनि यस विषयका कुनै चासो देखाएका छैनन् । सामाजिक संजालहरुबाट विरोध गरिएपनि यसले न त पूर्णता नै पाएको छ न त कुनै चोरीको घटना रोकिन नै सकिरहेको छ ।

छिल्लो समयमा सामाजिक संजालमा निकै विवादित भएको धनराज वास्तविकको आकाशैमा जून र तारा…….गीतको लय चोरी गरेर बनाईएको व्याटल दोहोरी….. नाम दिईएको गीतको विषयमा बुझ्न खोज्दा धनराज वास्तविकमार्फत मिलिसकेको भनेर बाहिर आयो । त्यस्तै माछि काँ छ खोलिको लेउमा……भन्ने गीत कलाकार धनराम मुस्कानको धनसम्पति नखोज नानी……..गीतको लयसंग मिलेको र यसकोपनि प्रयाप्त प्रमाणहरु फेला परेपछि उनिहरुपनि मिलिसके भनेर बाहिर आयो । त्यस्तै चलचित्र सत्रुगतेमा रुपै मोहनी……. भन्ने गीत कुमार बस्नेतको रौसी खान जाउँ दाजै…. गीतबाट चोरेर बनाईएको छ । यसैगरी चलचित्र कृ मा उकालीमा…. भन्ने गीत चोरी गरेर बनाएको भनेर मुद्धासमेत परिसकेको छ । त्यसैगरि अरु यस्ता थुप्रै गीतहरु चोरी भएका छन् भने असली कलाकार मारमा परेका छन् ।


एकपछि अर्कोगर्दै गीत चोरीको घटना बाहिर व्यापक भईसक्दा समेत पिडितलाई न्याय र चोरी गर्नेमाथि कार्वाहिको साटो उनिहरुलाई आपसमा मिल्न दवाव तथा प्रलोवनमा समेत पारी मिलेको भन्ने समाचारहरु सार्वजानीक भईरहेका छन् ।

यसरी चोरी गर्ने र सिर्जना चोरीने मान्छे मिले भनेपनि दर्शक, श्रोता र सर्वसाधारण मान्छेहरुले यसबाट के बुझ्ने भन्ने अन्योलता नै कायम रहेको छ । यदि मिलेकै भएनी गलत हो । मिल्ने भन्ने कुरा न्यायसंगत हुँदैन । यसरी जस्ले जे गरेपनि काहिँ कतैबाट कुनै किसिमको रोकावट तथा यसबारे गम्भिर नहुने हो भने भावि पुस्ताले संगीतको वास्तविकता देख्नै नपाउने प्रस्ट छ । कस्को कुन गीत हो यो कसैसंग मेल खान्छ की खाँदैन भन्ने नबुझि रेडियो तथा टेलिभिजनले पैसाको भरमा, हावादारीको भरमा यस्ता चोरी भएका गीतहरुलाई स्थान दिनुले पनि यस्तो दण्डहिनतामा बृद्धि आएको हो । यस विषयमा मिडियाहरु बेलैमा सचेत हुन नसके मिडिया भनेको चोरको चौतारो र पहुँच हुनेको मात्र संस्था हो भन्ने तितो तथ्य प्रमाणीत हुनेछ ।

त्यसैगरि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लगायत संगीत क्षेत्रमा क्रियाशिल सचेत नागरिक तथा सम्पूर्ण व्यक्तिले यस्तो विकृतिको विरुद्ध बेलैमा बोल्ने साहस गर्नुपर्ने जरुरी छ । असली कलाकार मर्ने र पहुँच हुने वा चोर्नेहरुले स्थान पाउने कार्य न्याय संगत छैन यसतर्फ सबैको एकपटक ध्यान जानु जरुरी हुन्छ । यस्तो महान कार्यमा लाग्ने काम ढिला नहोस् । असली कलाकारले न्याय पाउन । संगीतका चोरहरुमाथि न्यायीक छानविन र छिटै कार्वाही होस् ।
र यसबाट सबैले पाठ सिकुन की गीत चोरी महापाप हो । कसैको सिर्जना चोर्नु सम्पति चोरे बराबर हो भन्ने सबैले बुझुन् । हाम्रो यहि अपेक्षा ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु