एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

१७ दिनमा विवाह तोडियो, फिल्मी शैलीमा भयो पुनर्मिलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३० गते, बुधबार ०५:५८

प्रेम सुनार, गुल्मी-१७ दिनमा विवाह तोडियो, फिल्मी शैलीमा भयो पुनर्मिलनसोमबार बिहानसम्म यस संवाददातासँग टेलिफोन सम्पर्कमा थिए, उनीहरू ।पुनर्मिलनका लागि हार–गुहार गरिरहेका थिए ।आफूखुशी विवाह गरेका उनीहरू परिवारको दबाबपछि १८ दिनमै छुट्टिएका थिए ।तर प्रेमका अगाडि केही टिकेन । आफूहरूको प्रेम सम्बन्ध र दुवै परिवारको दबाबबारे उनीहरू बोले ।समाचारपछि पनि उनीहरूमाथि दबाब भइरह्यो । तर हार खाएन यो जोडीले । पैसामा उनीहरूलाई छुट्टाउने बीच खैलाबैला भयो । सोमबार भयो उनीहरूको मिलन ।सुरुमा हामीले घटनाक्रम मात्रै पस्केका थियौँ र जोडीको नाम काल्पानिक राखेका थियौँ, यसअघिको समाचारमा ।

उनीहरूमाथि थप दबाब र सुरक्षा खतरा नहोस् भनेर ।उनीहरूले वैशाख २९ गते भागी विवाह गरे । १४ दिन भारत बसे । जेठ १३ गते डिभोर्स गराइयो । जेठ २८ गते पुनर्मिलन भयो । यही एक महिनामा उनीहरूको जीवनमा धेरै नै उथलपुथल भयो ।उनीहरू हुन् गुल्मी दरबार गाउँपालिका ७ चारपालाका २४ वर्षीय खिम खत्री र धुर्कोटगाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया सुर्जा परियार ।उनीहरू भागी विवाह गरेर भारतमा पुगेको थिए । तर एक महिना नपुग्दै परिवारजनको दबाब यति भयो कि छुटिनु प¥यो । कारण थियो– जातीय विभेद ।सुर्जाले सदरमुकाम तम्घासमा कक्षा १२ मा पढ्दै थिइन् । त्यति नै पढेका खिम भारतमा काम गर्दथे । उनीहरूबीच सुरुमा फेसबुकमार्फत चिनजान भएको थियो ।

उनीहरूको भेट भयो, गएको चैत्र १६ देखि २६ गतेसम्म सम्पन्न तेस्रो गुल्मी महोत्सवमा ।

पहिलो भेटपछि उनीहरूबीच सामीप्यता झन् बढ्यो र दुवैजना भागी विवाह गरेर भारततिर लागे । भारतको हैरदाबादमा पुगेका उनीहरूलाई छुटाउन परिवारबाटै षडयन्त्र भयो ।सुरुमा उनीहरूलाई फकाई फुल्याई घर झिकाइयो । उनीहरू ढुक्क हँुदै घर फर्किए । यता सुनौली नाकामा अभिभावकहरूले कुरेर बसेका थिए ।त्यहाँबाट उनीहरूलाई गुल्मीको सदरमुकाम तम्घासस्थित एक होटलमा ल्याएर राखियो । दुई दिनसम्म त्यस होटलमा राखेर खिमका परिवारजनले अत्यन्तै दबाब दिए । त्यसपछि उनी सुर्जासँग छुटिन बाध्य भए ।तर, सुर्जा छुटिन तयार थिइनन् । दुवै पक्षका भद्र भलाद्मी बसे । ५ लाख २० हजार सुर्जालाई क्षतिपूर्ति दिने कबुल भयो । त्यो रकम खिमका परिवारसँग नहुँदा नहँुदै पनि एक आफन्तमार्फत ऋण लिएर तत्काललाई पाँच लाख दिइयो ।

बाँकी २० हजार पछि दिने सर्त भयो । उनीहरू आआफ्नो बाटो लागे ।घर पुगेपछि दुवैका परिवारले फोन खोसे ।घरबाट निक्लन बन्देज गरे । निगरानीमा राखे । खिमलाई ‘….छोरी ताक्ने’ भन्दै ‘पालग’सम्म भनियो । धामीकहाँसम्म लगियो ।त्यही क्रममा खिमले साथीको फोन मागेर यस संवादादातासँग सम्पर्क गरे । भने, ‘सुर्जाविना म बाँच्न सक्दिनँ ।मलाई जातिपाती मतलव छैन । मेरो घर परिवार त्याग्न सक्छु । सुर्जालाई त्याग्न सक्दिनँ ।’पटक–पटक फोन आएपछि समाचारदाता खिमले दिएको स्थानमा पुगे । खिम तनावमा थिए । संवादादाताले खिमसँग कुरा गरे । त्यहीँबाट खिमकी आमासँग पनि टेलिफोनमा कुरा गरे । आमाले आफन्तमार्फत पाँच लाख दिएको खुलसा गरिन् ।रिर्पोटिङ गर्ने स्थानमा तिनै छुटाउने मध्येका एक दलित नेताले त्रास सिर्जना गरे ।केही युवाहरू जुटिसकेका थिए । खिमलाई यसै समाचारदातासामु हातपात समेत भयो ।त्यसै बखत ती दलित नेता आए ।

‘तपाईं यहाँबाट गइहाल्नुस्’ भनेर धम्की पनि दिए संवादातालाई ।गुल्मी दरबारमा साविकको कुनै एउटा गाविस छ जहाँका युवाहरू कुनै एक राजनीतिक दलको बाहुल्यताको आडमा मनोमानी गर्छन् । त्यही मनोमानी तोड्न चाहन्थे खिम ।संवादाताकै अगाडि खिममाथि दुव्र्यवहार भयो । उनको फोन खोसियोअर्को दिन खिमले फोन गरेर भने– ‘म बन्द कोठामा छु । मलाई यहाँबाट निकाल्नुस र सुर्जासँग भेट गराउनुुस् ।’तेस्रो दिन उनी आफै तम्घास आए । करिब आधा घण्टा भिडियोमा उनका कुराहरू रेकर्ड गरियो ।त्यतिले मात्र समाचार बन्न सक्दैनथ्यो । उनकी सुर्जाको कुरा राख्न आवश्यक थियो ।त्यसको दोस्रो दिन सुर्जाकी आमासँग फोन गरियो । सुर्जासँग पनि सम्पकै भयो । सुर्जाले आमाका सामु भनिन्, ‘उसले धोका दियो ।अब त्यसका कुरा नगर्नुस्, सकिएको कुरा उल्झाउँदा मलाई थप तनाव हुन्छ ।’अर्को दिन सुर्जाले आफैले फोन गरिन् ।

भनिन्–‘दाइ हिजो आमासँगै भएकाले त्यस्तो भनेकी हुँ, म पनि ऊबिना बाँच्न सक्दिनँ, जसरी हुन्छ मलाई यो घरबाट निकाल्नुस् प्लिज… ।’जिल्ला प्रहरी कार्यालयमा खिमले उजुरी दिएका रहेछन् । तर बोलाउँदा सुर्जा र उनका परिवार नआएको पाइयो ।प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले नयाँगाउँ प्रहरी चौकीलाई आवश्यक निर्देशन दिएका थिए ।त्यहाँको प्रहरी सुर्जाको घरमा पुग्यो । उनीहरूले सुर्जा, उनकी आमा र दाजुलाई सोमबार सदरमुकाम पठाए ।भौतारिँदै रिडीमा रहेका खिमले फोन गरे । उनले भने ‘सर म तम्घास आउँदै छु, कतै नजानु होला ।’खिम तम्घास आएर फोन गरे । नजिकै होटलमा थिए सुर्जा र खिम । साथमा सुर्जाकी आमा र दाजुलगायत पनि थिए ।सुर्जाका अभिभावकसँग बुझ्दा त्यो रकम तिराउने पक्षमा उनीहरू नभएको स्पष्ट पारे ।

वार्ता भयो पाँच लाख फिर्ता गर्ने सहमति भयो ।उनीहरू विवाहका लागि मन्दिरभित्र जाने सहमति गरे । त्यसपछि प्रहरी कार्यालयमा पुगे ।प्रहरीले विवाह गराउन नमिल्ने भन्दै दुवैलाई अभिभावकको जिम्मा लगायो ।प्रहरी कार्यालयबाट बाहिर निस्केर तम्घासको भगवती मन्दिर पुगे ।एक महिनामा एक पटक भागी विवाह र अर्को पटक मन्दिर गएर उनीहरूले विवाह गरे ।खिमले सिन्दूर हाले सुर्जाको सिउँदोमा । सुर्जा मुस्कुराइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु