सिर्जना घिमिरे/पाल्पा – वरीपरी भरिपुर्ण मान्छेको भिड बिचमा काठको बाकस कता कता कुनै गितको सुटिङ् होकि जस्तो लाग्ने तर यो वास्तविक थियो , घाम आकाशमा थिएन, झमझम पानी परिरहेको थियो, पानी जस्तै सबैका आखाँबाट आशु बगिरहेको देखिन्थ्यो । त्यहाको दृश्य हेर्दा सबै भावविहल थिए ।
रामपुर नगरपालिका वडानम्बर ६ तिलकपुर रामपुर पाल्पाका डोलराज कुमाल मनमा थुप्रै सपना बोकेर मलेशिया पुगेका थिए । उनका सपना अब कहिल्यै पुरा नहुने भए, उनको परिवारले देखेका सपना पनि अव सदाकालागि अधुरै रहे ।
मलेसियामा श्रम गरेर आफ्नो परिवारलाई खुशि राख्ने सपना बोकेर ३ वर्ष अघि मलेशियामा पुगेका ३५ वर्षिय कुमाल खाना खाएर विश्वकप फुटवल हेरेपछि राति सुतेका थिए । दिनभरि विदेशि भुमिमा पसिना बगाएर असार १२ गते बेलुका सुतेका उनी नबिउझने गरि सदाकालागि विश्राम लिए ।
धन ल्याउछु भन्दै गएका थियौ उडेर आकासमा कस्तो भई गयौ कस्तो भई आएउ काठैको बाकसमा बोल माया एक वचन बोल तिम्रै बोली छ मलाई अनमोल भन्ने गित परिवारकालागी साच्चीकै बास्तवीक गित बनेको छ । उनकी श्रीमति जमुना कुमाल भावविहल छिन् । तर उनी आफ्ना परिबारका बुवा आमा , २ बहिनी छोरी , श्रीमति र सबै परिवारलाई छोडेर सधैका लागी अस्ताएका छन् । बुवा आमाबाट अलग बस्ने कुमालको अब छोरीलाई शिक्षा दिने धनको जोहो गर्ने मान्छे छैन् । कुमालका अकंलका छोरा टुकबहादुर कुमालले भन्नुभयो । साझँ बिहानको खर्च टार्ने उपाए कमजोर बन्दैछ ।
कुमालको निधन भएको ५ दिनमा काठमाडौमा आइपुगेको शव ६ दिनका दिन घर पाल्पाको रामपुर पुर्याएर कालीनदिमा अन्तिम सँस्कार गरिएको छ । दिनभर मुसलधारे पानीका बिच शवको अन्तेष्टी गरियो । गाउँभरि सबैले मिजासिला, कसैलाई नराम्रो नभन्ने, सरल व्यक्तिको निधन भनेर दुख मानेका थिए । गाउँको एउटा इमान्दार मान्छे आफ्नो साथीको निधनले शोकमा पारेको बताउनुहुन्छ गणेस कुमाल । धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् ।गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली यसरी शव का रुपमा विदेशबाट फर्कने वातावरण रोक्नका लागी सरकारले पनि अब नयाँ कदम चाल्नु पर्छ ।