नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

साँचो प्रेमको दु:खद् दुर्घटना – (माया गर्ने जोडिहरुले पढ्नैपर्ने एक दर्दनाक प्रेम कथा)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २३ गते, शनिबार १०:५५

मलाई थाहा छैन तिमिलाई कुुन दिन देखि मन पराएं । या भनौ माया गरे मैले । तर जुुन दिन मलाई याद छ त्यो दिन मैले तिमिलाई देखेको थिए । देख्नेवितिकै मैले तिमिलाई यो मनभित्र बास दिईसकेको थिए । अझ भनौ तिमिलाई मनबाटै आफ्नो बनाई सकेको थिए । उमेर त सानै थियो होला । त्यतिबेला प्रेम गर्छुु अथवा प्रेम भनेको यो हो भन्ने मलाई पत्ता थिएन । तर तिमिलाई गरेको त्यो बेलाकै मायापनि कम थिएन । त्यो कुुनै बालशखा मात्रपनि थिएन । आँखाले देख्यो मनले रोज्यो र मस्तिष्कले आफ्नो बनाउँछुु भनेर सोच्यो । के त्यो प्रेम थिएन र ? हो त्यो नै मेरो प्रेम थियो । चोखो प्रेम र साँचो मायापनि । मैले तिमिलाई बाहेक कसैंसंग आफुुलाई कल्पना गरेर मात्रपनि हेरिन । कारण म तिमिलाई प्रेम गर्छुु ।
हुुन त म उमेरले एक अपरिपक्व बच्चै थिएं तिमि जस्तै । तर मलाई थाहा थिएन तिमि मलाई किन मन परेको छ यति धेरै भनेर । म हरेक समय आफुुलाई तिमिभित्र हराउँथे । तिम्रै काँखमा लुुटुुपुुटुु गरेको कल्पना गर्थे । तिमि भन्दा टाढा मैले कुुनै संसार देखेकोपनि थिएन र कल्पना समेतपनि गरिन । म तिमिलाई औधि चाहन्थे । मेरा सारा प्रेम तिमिमा खन्याउन चाहन्थे । तिमिमै हराउँन चाहन्थे । तर शैलु मैले बषौंसम्मपनि माया गर्छुु भन्न डराएं । सकिन तिम्रो सामुुमा पर्न र तिमिलाई प्रेम प्रस्ताव राख्न । तर हरेक समय तिम्रै लागि सोच्थे । हरेक पल तिमिमै हराउँदाको झैं मजा मलाई दशैंमा पिङ खेल्दापनि भएन । तिम्रो ओठको हासो हेरेपछि मैले आफुुलाई विर्सन पुुग्थे । म तिमिमा यति विलिन भएको थिए की सायद मैले जति माया दुुनियामा कसैले कसैलाई गरेन । रोमियो र जुुलेट, मदन र मुुना, नैना र रेशमले भन्दा धेरै माया थियो तिमि प्रति मेरो । यदि मायामा पनि पैसा प्राप्त हुुन्थ्यो र त्यसको ट्याक्स तिर्नुु पथ्र्यो भने संसारको सबैभन्दा धनि म र सबैभन्दा बढि ट्याक्स मैलेनै तिर्थे होला विल गेट्सले भन्दा धेरै ।


मलाई लाग्छ तिमिलाई देख्नुु भन्दा अगाडि मेरो जिवन नै थिएन । मलाई कुुनै कुुराको सामान्य बाहेक केहिपनि हेक्का छैन । तर जुुनदिन तिमिलाई देखे त्यसपछिको हरेक समय मलाई हरेक पल याद छ शिलशिलेवार । मेरो जिवनको सुुरुवात नै तिमि हौ । तिमिले नै मलाई जिउन सिकायौ । आमाले त केवल जन्ममात्र दिएकी हुुन । हरेक परिस्थितिसम्म सोच्न र पुुग्न त मलाई तिमिले नै सिकायौ । या भनौ मैले तिमिलाई गरेको मायाले नै मलाई त्यस्तो बनायो । किन कसरी के कारण अँह मलाई यि सवालको जवाफ नै थाहा छैन । तर जुुनदिन तिमि मेरो नजरमा आयौ, त्यहि दिनदेखि मैले नयाँ संसार र नयाँ जिवनको समेत कल्पना गरे ।

तिमि बोलेको, हासेको, हिडेको, बसेको, खाएको, आएको, गएको सबै कुुरा मेरा मानसपटलमा यसरी सेट भएर बसेको छनि त्यो त म लास भएर खरानी हुुँदापनि विर्सन सक्दिन होला कसम । एउटै स्कुुल म टाढाबाट धाएर म तिमि नजिकैबाटै । म आउँदा पसिना, धुुलो र मैलोले फुुस्र्रे हुुन्थे । तर तिमि विस्तारै फोहोर लाग्लाकी भन्दै आउँथ्यौ । मैले त छुुँदापनि कतै फोहोर पो लाग्छकी झै लाग्थ्यो तिम्रो शरिरमा । टाढाबाट आयो थकाईले निदायो सरले भनेको बुुझे मुुन्टो हल्लायो नत्र यसै घर गयो ।

तर तिमि त यति मेहनत गथ्र्यौ कि म कल्पनासम्मनी गर्न नसकौला । सरले सोधेको हरेक पाठ कक्षामा भन्न सक्ने तिमि मात्र थियौ मैले भन्दा अरुसाथिलाई पनि अन्याय हुुन्न, कसम । तिमिमा त्यो क्षमता देखेर अझ धेरै भुुतुुकै हुुन्थे म शैलु । तिमिमा लगनशिलता थियो अरु भन्दा फरक लाग्थ्यो र त मैले तिमिलाई मुुटुुभरि सजाएको थिए त । हरेक रात सपनीमा आउँथ्यौ मेरा हातहरु सुम्सुुमाउँदै अंगालोमा बाँधिएर निदाउँथ्यो । तर विहान म एक्लै निरास हुुँदै उठ्न विवश: हुुन्थे । किनकि सपना विपनामा सम्भव थिएन । साँच्चै भन्नुु पर्दा मैले तिमि बाहेक अरु कुुनै केटिलाईपनि केटि जस्तो देखिन । खै त्यो तिमिमा के जादुु थियो त्यो त म के जानौ र ।

शैलु समयले त निकै फड्को मारेर गयो नि है ? धेरैको बिहे भयो । कसैको माया बस्यो । कसैको छुुट्यो । कसैले हात काटे । अनेक भयो नी त्यो विचमा त है ? मैलेनी तिमिलाई पाउँभनि मन्दिरमा गई आफ्नै हात काटे रगत बगाएं । आजसम्मपनि त्यहि चोटले मुुटुु खराव भएको छ । हातभरि तिम्रो चिनो सजाएर तिम्रो नाम लेखेर सध्य शरिरलाई काटेर रगत बगाउनुु के पागलपना मात्र थियो होला र ? त्यो प्रेम थिएन भने म एकोहोरो किन यति पागल हुन्थे होला र ?
शैलु प्रेममा जादु हुन्छ, प्रेम गर्नेहरु दुनियालाई मात्र हैन आफैलाईपनि भुल्छन भनेर मैले कथाहरुमा पढेको थिए । त्यस्तै ति कथाका पात्रहरु जस्तै मपनि तिमिभित्र हराउँदै दुनिया भुल्न थालिसकेको थिए । तिम्रो वोलि, हेराई, हिडाई, लवाई खवाईमा म यति प्रभावित थिए की दुनियाका अरु कुनै प्रेमी यति धेरै फिदा हुन्नन् होला । जति म तिमीलाई देखेर हुन्थे ।

यो त तिमिलाई देखेपछि मेरो मनमा पलाएका माया रुपि अजम्वरी वृक्षका मुनाहरु भए । यतिमा मात्र कहाँ सिमित थियो र मेरो प्रेम । विस्तारै पढाई सकिँदै जाँदा मेरो प्रेमले पनि हाँगा विँगा समेत हालिसकेका थिए । म तिमिलाई नदेखेको पल पागल बन्थे । तिम्रो हाँसो मधुर मुस्कान मैले संसारका चर्चित सुन्दरी तथा परीहरुमा पनि भेटिन । स्वर्गकी परी भन्दा लाखौं गुना राम्री थियौ तिमि र तिम्रो मुस्कान समेत ।

शैलु लाग्छ यस दुनियामा तिम्रो लागि मेरो जतिकै माया कुनै/कसैकोपनि हँुदैन हँुनै सक्दैन । मैले गरेको जति माया यस संसारमा कसैले कसैलाई गदैन । म यो ठोकुवाको साथ भन्न सक्छु । मैले गरेजति कल्पनापनि यो दुनियामा कसैले गदैन होला यो पनि म ठोकुवा नै गर्न सक्छु । मैले तिमीलाई गरेको माया साँच्चै हजार जिव्रा भएका शेस नागहरु, स्वर्गकी अप्सराहरु तथा यस धर्तिका मै हँु भन्ने माईकलालहरुले गर्न सक्दैनन् । किनकी यो धर्तिमा मैले तिमीलाई गरेको जति माया कसैले कसैलाईपनि गर्नै सक्दैन्, कसम ।

यति साँचो, यति चोखो थियो की मेरो प्रेम भगवान र म बाहेक मेरो ओछ्यान सिरक डसना र अझ धेरै त सिरानीलाई थाहा छ । सिरानी म रुँदा दुखी हुन्थ्यो हासेको बेला या भनौं खुसि भएको बेला फिस्स हासेको झै उज्यालो देखिन्थ्यो । अरु बेला प्राय मेरो सिरानी दिनभरी झरीमा रुझेको विरालो जस्तो हुन्थ्यो । सिरानी दिनभर खुसि भएर बस्थ्यो मेरो पिरले गर्दा हरेक रात निथु्रक्क भीजेर जागराम बस्थ्यो । म जति रोए त्यति कमजोर हुन्थ्यो मेरो सिरानी ।
सिरानी मात्र कहाँ पीडामा थियो र मेरा कलम कापी डायरी मोवाईल सबै मेरो पीडामा हरेक पल पीडित हुन्थे संगै रुन्थे संगै खुसि हुन्थे । हरेक समयको मेरो साथि बनेर मेरा दु:खमा संगै आँशु खसाल्ने सिरानीलाई थाहा छ मेरो कारण उ कति दुखित थियो । जति नुहाएपनि आफुलाई कहिल्यै सफा महशुस गर्न पाएन मेरो आँशुले भिजेर ।

शैलु तिमीसंग मैले भविस्यका थुप्रै सपना बुनेको थिए । तर म कहिल्यै आट गरिन कसरी भनौ कस्लाई भन्न लगाऔं । एउटा तिम्रो घर नजिकैको साथि थियो उस्लाई दिनहुँ तिम्रो र तिम्रो परिवारको बारेमा सोध्थे म । र त्यसैले उस्लाई नै भन्न लगाऔं कि भन्ने पनि नसोचेको होईन तर मसंग त्यति ठूलोृ आँट कहाँ थियो र ? मैले उस्लाई भन्न लगाउन पनि सकिन । एक पटक दशैंमा तिमिलाई दिन भनेर शुभकामना लेखेको थिए तिम्रै नाममा एउटा सानो कवित पनि । र त्यहि कविता शुभकामनाको साथमा मैले तिमीलाई लेखेको प्रेम पत्रपनि दिन्छु, तर त्यो पनि आँट मनमा आएन डर मात्र लाग्यो र सकिन । अन्तमा त्यो शुभकामना र कविता मात्र लेखिएको पोष्टकार्ड मात्रपनि दिन सकिन । यदि मैले दिएं र उस्ले सबै साथिको अगाडी खोलेर हेरी र सबैलाई देखाई भने मैले यस्को जवाफ के दिनु । सबै साथिले मेरो विल्ला गरेभने के गर्नु यहि कुरा घरमा पुग्यो भने मलाई के भन्छन् बाबा आमाले मनमा यस्तै डरले डेरा जमायो र दिने आँट धकेलियो प्रयत्नहरु फेल खाए असफल सावित हुन पुग्यो ।

त्यपछि पनि म तिमीलाई त्यस्तै माया गदै गए । एकदिन त मिल्ला भन्छु भन्छु भन्दा भन्दै बषौं वित्न लागिसकेको मलाई पत्तै थिएन । एक्लै भेट्छु र दिन्छु भनेर सोच्दा सोच्दै कहिल्यै त्यो समय नै आएन मैले तिमी एक्लै भएको कहिल्यै देखिन । आज दिन्छु भोली दिन्छु, आज भन्छु भोली भन्छु, भन्दा भन्दै यतिकै समयहरु वित्दै थिए । म पढ्न भन्दानी तिमीलाई हेर्नकै लागि तिम्रै मुहार हेर्नको लागि, तिम्रो मन्द मुस्कान, मृग नयनी आँखा र त्यो चालढाल हेर्नकै लागि बढि उद्दत हुन्थे । तिमी नआउने भन्ने त कहिल्यै हुन्नथ्यो स्कुल तैपनि कथन कदाचित आइनौ भने त्यो दिन मेरा निराशामै वित्थ्यो तिमीलाई देखेको दिन लाग्थ्यो म स्वर्गमा छु र तिमी अप्सरा हौं । तिमीलाई घरी घरी कर्के नजर लगाएर साथिहरुको आँखा छली छली हेर्नुको मजा दुनियामा अरु कुनै कुरामा पाएको छैन मैले । त्यति धेरै लिन थिए । त्यतिधेरै प्रेम गर्थे म तिमीलाई त्यो एकतर्फि प्रेममै म लिन भएको थिए । एक हिसावले पागल प्रेमि जस्तो भएको थिए । तर तिमी यो सबै कुरामा अनविज्ञ नै थियौं किनकी मैले तिमीलाई भन्ने मौकानै पाएको थिईन । कतै तिमीलाई भन्दै नभनी मर्ने त हैन कहिले काँहि मन निराश हुन्थ्यो यतिकै रुन्थे ।

कतै मैले म तिमीलाई माया गर्छु भन्न नपाउँदै तिमीले मलाई छोडेर गयौ, विहे गरेउ भने अथवा म आफै मरेंभने के गर्ने ? तिमीलाई मैले गरेको मायाको बारेमा मैले जीवनको अन्तिम खण्डमा जसरी भएपनि भन्नैपर्छ र भन्छु भन्ने मनमा आशा लिएर म तिमीसंग प्रेम गरिरहेको थिए । मलाई आशा थियो । र विश्वासपनि । किनकी चोखो र साँचो माया जसरी तसरी भएपनि एकदिन सफल हुन्छ, पुरा हुन्छ मेरो प्रेम । म भगवानसंग यहि माग्थे बारम्बार हर समय, हर क्षण ।
किन होला प्रेम शब्द आफैमा पवित्र छ । यो शब्दले जव मनमा खेल्छ मनमा कसैलाई वास दिएको हुन्छ वा कसैप्रति आश गरेको हुन्छ त्यस कुराले प्रेमलाई एउटा अझ बृहत परिभाषाको जन्जिरमा कसिरहेको जस्तो लाग्थ्यो । प्रेममा मान्छे किन यति धेरै सर्मपित हुन्छन् होला ? प्रेमको बारेमा लेखिएको कथा उपन्यास पढ्थे । चलचित्र हेर्थे र आफुलाई त्यो कथाको पात्रसंग कल्पना गर्थे र तिमीसंगको परिकल्पना गर्न पुग्थे । मेरो समय र दिनचर्या यस्तैमा वित्दै थियो । बालशखा देखिकै त्यो प्रेम मेरो मनभित्र एक परिपक्व र वयस्क बनिसकेको थियो तर मैले अझैपनि तिमीसमक्ष भन्ने अवसर पाईरहेको थिईन । म तिमीलाई एक्लै भेटेर भन्न चाहान्थे र त्यो अवसर विवाहकोलागि लगन जुर्न भन्दा अझ महाभारत परिरहेको थियो ।

समय आफ्नै रफ्तारमा यति दगुर्दै थियो की न कसैले रोक्न सक्थ्यो न त छेक्न नै । तर यदा कदा समयलाई नै रोकेर प्रकृतिसंगपनि च्यालेन्ज गर्न मलाई मन लाग्थ्यो, मनले सोच्थ्यो तर त्यसो गर्ने हिम्मत नै आएन । तिमी बाहेक मेरो मानसपटलमा अरु केहि कुनैपनि कुरा रहेन, यद्यपी आफ्नै सपना र लक्ष्यहरुको समेत प्रवाह नगरि एकोहोरो म तिमीप्रति प्रेममा लिन थिए र जीवनभर तिमी मै सर्मपित हुन चाहान्थे ।
यसैविच पढाईले उच्च शिक्षाको बाटो तय गरिसकेको थियो । म तिमी कहाँ पढ्छेउ भन्ने कुराको पछि लागेको थिए । र आफ्नो लक्ष्य अनि सपनाको कुनै प्रवाह नगरि म तिमीसंगै एउटा कलेजमा भर्ना भए । जुन स्कुलमा हाम्रो अरु दुईवर्षपनि वितिसकेको थियो । र त तिमी विना र तिमीसंग टाढिएर म नबाँच्ने भै सकेको थिए ।

लगभग दुईवर्षको त्यो अन्तराल सम्म आईपुग्दा मैले तिमीलाई प्रेम गर्न थालेको र भन्छु भन्छु भनेको करिव चार वर्ष वितिसकेको थियो । तैपनि मैले अझै भन्ने आँट गरेको थिईन । तिमीप्रति आफ्नो सकारात्मक प्रभाव जमाउने प्रयत्नहरु गरे र अन्तत: एक असल साथिसम्म मैले त्यो सम्बन्धलाई ल्याउन अनवरत प्रयत्नहरुबाट सामान्य सफलता प्राप्त गरेको थिए । र त्यसपछि हामी टाढियौ । मलाई त्यो विचमा जीन्दगीले थुप्रै परिक्षाहरु लिईसकेको थियो र म सबैमा असफलता प्राप्तगरि विक्षीप्त, लक्ष्य विहिन बनेको थिए । यसैको परिणाम मैले तिमिलाई देख्न र भेट्न अव सम्भव थिएन । भत्किएको सपनाहरु संगालेर राजधानी छिरेंको थिए, मनभरि तिमीलाई पाउने आशाहरु बोकेर । तिम्रा यादहरु अविरल यी आँखाहरुमा विछ्याएर ।

जति धेरै टाढा झन तिम्रो यादले मेरो मनमा अझ जरा गाडीरहेको थियो । मैले तिमी वेगर मेरो जीन्दगीमा मृत्यु मात्र देखिरहेको हुन्थे । अव गाउँ जान्छु र भन्छु अनि उस्लाई आफ्नो बनाउँछु मैले धेरै उस्कै कल्पनामा समयहरु वेतित गरिरहेको थिए । एउटा लक्ष्यमा पुग्छु उस्को मनमा सकारात्मक प्रभाव पार्ने खालको काम गरेर उस्को नजरमा अटाउँछु र यि सव् कुरा गर्छु यि सव् कुराहरु सुनेपछि पक्कै उस्ले मेरो प्रेम स्विकार गर्छे र मेरो वर्षौदेखिको प्रेम सफल हुनेछ । त्यहि परिकल्पनामा हराएर निरन्तर संघर्षको मैदानमा पाईलाहरु चाल्दै थिए ।

अन्तत: उनिसंग मेरो फेसबुक तथा फोन मार्फत सम्पर्क स्थापित भयो । त्यो माध्ययम मिलाउन सहयोगी भूमिका थियो प्यारी बुने लक्षुको । र मैले उनिसंग विगत ६/७ वर्षसम्म मैले गरेको सबै कुराहरु सेअर गरे । उनि मेरा कुराहरु र मेरो प्रेमबाट असाध्यै प्रभावित भईन र भ्रमित एवं चकित पनि । मैले सोचे उस्को लागि त्यो स्वभाविक नै थियो किनकी उस्लाई मैले आजभन्दा अगाडि भन्ने मौका नै पाएको थिईन । जव भने उनि मप्रति सकारात्मक भईन र लामो समयको अथक प्रयासपछि उनि मप्रति सर्मपित हुन पुगिन र हाम्रो प्रेम सुरु भयो ।

हामी एकअर्काका एकदम नजिक बन्न थाल्यौ यद्यपी हाम्रो भेट भने त्यसबेलासम्म पनि सम्भव भएन । हाम्रो फोन तथा म्यासेजहरुमा कुरा हुन्थ्यो । मेरो हरेक कामहरु उनलाई असाध्यै राम्रा लाग्ने मेरो बानी व्यवहार सोचाई संघर्ष सबै कुराहरुबाट उनि अत्यन्तै म प्रति प्रभावित थिईन र विस्तारै उन्लेपनि मलाई औधि माया गर्न थालिन । यति धेरै प्रेम गरिन की त्यो कल्पना भन्दा धेरै बाहिरको थियो ।
प्रेममय जीवन सुखमय वित्दै थियो । मलाई जिन्दगीले कठोर संघर्ष तीर सफलताको पथमा पुर्‍याएको थियो । हामी विच कुराहरु भईरहेकै हुन्थे । समय कालसंगै मैले मेरो जीवनको अत्यन्तै कठोर समय भनेर चिन्ने मृत्युकुण्डमा थिए म । हप्ता दिनमा घर आउँथे र एक रात घरमा बसि फर्किन्थे । र फर्किँदा हामी सधै भेट्थ्यौ मन्दिरमा र कुराहरु गरेर आफ्नो बाटो लाग्थ्यो । यति प्रेमील हुनथे ति भेटहरु त्यो वयान पनि गर्न म असक्षम सावित छु ।
कुरै कुरामा एक पटक घर आएको बेला के गर्दै छौ भनेर सोधें उनले केराघारी छ आफ्नै त्याही काम गर्दै छु भनिन र मैले जिस्क्याएर मलाई केरा कोसेली नदिने ? भनेको थिए । र त्यहि कुराले अर्कोपटक म आउँदा उन्ले मलाई केरा कोसेली ल्याईदिछन् म त्यो बेला जीवनमै अतिनै खुसी भएको क्षणको रुपमा लिन्छु ।

त्यतिकैमा म आफ्नो बाटो लागे अलिपरसम्म गाडिमा संगै गईन्थ्यो त्यो दिनपनि संगै गईयो । दुईओटि बहिनी र उनिसंगै सेल्फी खिच्दै हाँस्दै रमाउँदै गयौं र उनिहरु केहि पर पुगेर मलाई विदागरि घरतिर लागे । म मनमा आधा खुसी र आधा दु:ख लिएर कर्तव्य स्थलतिर लागे । त्यस्तै क्रममा हाम्रो भेटघा त्यसअघिपनि चलिरहन्थ्यो ।
म पुगेको ठाउँमा मोवाईल लान र चलाउन निषेध थियो मैले अनेक उपाय लगाएर लगेको थिए र राति राति मिलेको बेला हाम्रो विचमा कुराकानीहरु समेत हुने गर्दथ्यो । भेटेको एकहप्ता नि वितेकै थिएन उन्ले पठाएको कोसेली झोलामा आधापनि भएको थिएन उनि बोल्न छोडिन र मलाई फोन नगर्नु भनिन । वारम्वार मलाई उनले अव वोल्दिन भन्ने संकेत दिईरहेकी थिईन । त्यो हाम्रो लागि सामान्य थिएन । म धेरै चिन्तित भए किन के भयो भन्दा केहि बोलिनन् । त्यतिकै विना कारण उनि मसंग सम्पर्क विहिन हुन खोज्दै थिईन । र उन्ले मलाई अन्तिममा एउटा म्यासेज छोडेर फेसबुकमा बल्क गरि फोन समेत नलाग्ने बनाएर टाढा भईन । मैले कयौं प्रयत्नहरु गरे सम्झाउन बुझाउन मेरो केहिसिप लागेन म असफल समवित भएं ।

त्यसपछि मलाई यो सिङ्गै पृथ्वी मै माथि आएर बसे झै लाग्न थाल्यो । उनि कीन के कारण म संग यसरी एकाएक एक्कासी टाढा भईन म यो कुरा बुझ्न चाहान्थे । मैले पछिसम्मपनि सम्पर्क गर्ने थुप्रै प्रयासहरु गरे तर उनि मसंग न त सम्पर्क मै आईन न त आजसम्म उनि किन यसरी एक्कासी टाढा भईन बुझ्नै सकिएन । त्यो उनले मलाई पठाएको अन्तिक म्यासेजमा यस्तो लेखिएको थियो । “म तपाईलाई सम्मान गर्छु, तपाईलेजति मलाईपनि अरुकसैले सम्मान गर्न सकदैनन् मलाई थाहा छ । तर कुरा यति हो अव आजबाट हाम्रो बाटो अलग अलग भयो, तपाईपनि आफ्नो बाटोमा खुसि रहनु”

त्यो म्यासेज मैले एक दिनमै लगभग हजार पटक हेर्थे होला । किन ? के भयो ? के हुँदै छ ? मेरो मनमा यस्तै जिज्ञासा सिवाय अरु केहि बाँकी थिएन । तिमीले मलाई जानाजान यति घात गरेउ मेरो मन यस्तै वेचैन थियो । त्यसपछि मलाई तिमीले पठाएको कोसेली समेतपनि खान मनलागेन र फालिदिए । साँचो र चोखो मनले दिएको भए । साच्चै माया गरेकै भए त म त्यति संघर्ष गर्न गएको थिए एकदिन सफल मान्छे बनेर मात्र फर्कने संकल्पको साथ तिमिलेपनि कुरेर बस्न सक्थेउ होला नी । मनमा अलिकतिपनि माया भन्ने कुरा नै थिएन । कस्तो रहेछ तिम्रो त मनपनि हे पापिनी ? एकहप्ता अघिमात्र तपाईलाई रुवाउँदिन म भनेर पठाएको मान्छेले एक हप्ता वित्न नपाउँदै मेरा सारा सपना चक्नाचुर पारेर गयौ । संगै चौतारामा बसेर फोटो खिच्दै कति खुसी भएकी थियौं के त्यो सव् नाटक थियो त ? आखिर किन त्यसो गरेउ तिमिले मेरो जीन्दगी चक्नाचुर बनाएर । तिम्रो चिनो आजसम्मपनि सैगै बसेर खिचेको सेल्फी बाहेक केहि रहेन मेरो मानसपटलमा ।
होला शैलु जीवन सोचेजस्तो हुँदैन तिमिलाई भन्दा धेरै मलाई थाहा छ, किनकी तिमिले भन्दा धेरै जिन्दगीलाई मैले भोगेको छु । यदि तिमी माया गदैनथेउ भने किन बेलैमा भन्न सकेनौ ? बेलैमा मसंग टाढिन तिमिलाई कस्ले रोक्न सक्थ्यो र ? मेरो मनमा आगो लगाएर मेरो जीवन अत्यन्तै जटिल मोडमा ल्याएर यसरी विना कारण छोडेर भाग्न तिमीलाई कस्ले दियो अधिकार ? कसरी सकेउ मेरो जिउँदो शरिरमा आगो लगाएर जान ? माया थिएन भने किन मेरो दु:खहरुमा रुने र खुसीमा रमाउने गर्थेउ ? मैले सानोमात्र दु:ख सेअर गरेभने ३/४ दिनसम्म आँखाभरि आँशु भरिएको फोटोहरु पठाउथ्यौं । आज छोडेर जानेले संगै जिउने भविस्यका सुन्दर सपनाहरु मसंग किन साटेउ ? किन मलाई सपना देख्न लगायौं ? मैले तिमीलाई गरेको यस्तो पवित्र मायामा कुन कुराको कमी थियो ? किन मलाई पहिल्यै भनिनौ कि म तँलाई घृणा गर्छु भनेर ? त्यसैले शैलु यो कुरा बाँचुनजेल सम्मपनि याद गर तिमीले जानाजन मेरो जीवनमाथि खेलवाड गरेर मलाई रुवाएर मार्ने प्रयत्न गरेउ, यो सम्झ की तिम्रो भलो कदापी हुने छैन । तिमीलाई बाँचुनजेल मेरा आँशुहरुले र मेरो चोखो मायाले भतभती पोल्ने छ । मेरो कलिलो मानसपटलमा धमिरा सल्काएर मेरो जीवनमा अवरोध ल्याउने तिमी मेरो जिन्दगीको कालो रात हौ भन्दा अतियूक्ती नहोला ।


तिम्रो लागि हरेक प्रयत्नहरु जिन्दगीमा गरेकै थिए । अनेकन कामले, परिश्रम, मिहेनत र सम्मानले ईज्जतपनि कमाएकै थिए । हरेक कुरामा सक्षम थिए म । न कुनै मनमा पाप थियो । म जति सत्य, भगवानरुपी मान्छेको प्रेम नपच्ने तिमीजस्तीले जिन्दगीमा प्रेमको कुनै आशा नगर्नु । माया प्रेम भन्ने कुरा तिमीले गुमाईसकेउ अव कदापी पाउने छैनौं । आफुले गरेको पाप र गल्तिको सजायँ भोग्न तयार रहनु । म जस्तै ईमान्दार, सहि, सत्य, सोझो, सफा मन भएको मान्छे नखोज्नु र खोजेउ भनेपनि तिम्रो खोज पुरा हुनै छैन । मैले त तिमी जस्ती हजारौं केटि पाउँछु, तिमीले पनि हजारौं केटा त पाउँछेउ तर मै जस्तो केटा चै पाउँदिनौ तिमीले मलाई गुमाईसकेउ ।
थाहा छ, आज मलाईपनि केहि कुरामा कमी भएको छैन खुसी नभएपनि सुखी नै छु । भगवानले मलाई धेरै राम्राबाटाहरु दिईरहेकै छन् । तिमीले मलाई लात हानेर गएपछि मलाई मेरा सपनाहरुले लात हानेका छैनन् । पीतृको आर्शिवाद, भगवानको साथ र मेरो हात खुट्टा अनि मस्तिष्क चलुनजेल म मेरै रहरमा र सपनाहरुमा बाँच्ने छु । तिमीलाई जिन्दगीभर म गरिवको आँशु लागोस । कहिल्यै भलो नहोस् मैले म जीउँदो छँदै देख्न पाउँ । र जिन्दगीमा तिमी जस्तीको पछि लागेर मैले बाँकी जिन्दगी विर्गार्ने छैन । बाँचुनजेल तिमीजस्ती कुनैपनि आईमाईको मुख हेर्दिनपनि । कोहि कुनै केटीलाईपनि मेरो जिन्दगीको सबै ढोका मैले बन्द गरिसकेको छु । मलाई दुनियामा तिमीजस्ती विश्वासघातीको संगत त के मुखपनि हेर्नु छैन र मलाई दुनियाको कुनै खुसी चाहिँदैन म मेरो आफ्नै खुसीमा रमाउनेछु ।

यो वास्तविक घटनामा आधारित कथा हो, यर्थाथता होईन । यदि यस घटनामा प्रयोग भएका पात्र, घटना, परिवेश र विषयवस्तु कसैको वास्तविक जीवनसंग मिल्न गएमा क्षमा चाहान्छु ।


लेखक– सन्तोष बजगाई
बेलकोटगढी न.पा.–९, जिलिङ नुवाकोट
रेडियोकर्मी, कलाकार एवं लेखक ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु