ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

बालबालिकाको खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएको खुलासा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ८, मंगलवार ०७:१७

काठमाडौं-भन्सार विभाग प्रमुख मनोजनिधि वाग्लेले सिमानामा अस्वस्थ्यकर सामग्रीहरु प्रेवशमा प्रभावकारी रुपमा लागेको बताएका छन् ।सोमबार जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रले रिपोर्टर्स क्लब नेपालमा ‘बालबालिकाको खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएकोले राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनको आवश्कत्ता’ बारे आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सेफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘बालबालिकाहरुलाई इंगित गरेर आयात गरिने खेलौनाहरुको गुणस्तर र मापदण्ड परिक्षण गरेरमात्रै आयात गर्ने गरेका छौं, वातावरणीय प्रभाव र असरसँगै बालबालिको स्वास्थ्यमा पार्ने प्रभावका बारेमापनि सरकारको तर्फबाट भन्सार विभागले निरन्तर सचेतनामूलक कामहरु गर्दै आएको छ।’

उनले अघि थपे,‘ब्यापार घाटा र ब्यापारीहरुको हितलाई मध्येनजर गुणस्तरहीन र अस्वस्थ्यकर साम्रगीलाई रोक्ने गरेका छौं, साथै दुईवटा विकल्प दिएका छौं, पहिलो उहाँहरुले ल्याउनु भएको कम्पनीलाई नै त्यो सामाग्री फिर्ता गर्ने र दोस्रो विकल्प नष्ट गर्ने हो, तर हामीले नष्ट गर्दापनि हाम्रै वातावरण प्रदुषित हुने भएकाले सकभर फिर्ता गर्न लगाउँछौं ।’त्यस्तै कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले आयात गरिने खेलौनाहरुको परीक्षणमा सरकार कडाईका साथ रुपमा लाग्नु पर्नेमा जोड दिएका छन् ।

उनले भने,‘हाम्रो देशमा खेलनौहरुको उद्योगहरु नगन्ने रुपमा छन्, जतिपनि खेलौनाहरुको ब्यापार भैरहेको छ, बाहिरबाट आयात गरेरै भएको छ, यसमा सरकार, व्यापारी र उपभोक्ताहरुले ध्यान दिनुपर्छ, तीन पक्षले खेलौनामा हुने रसायनलाई ध्यानमा राखेर आफ्ना सन्ताहरुको खुशीलाई ध्यान दिनुपर्छ ।’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु