मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

नेपालले यसरी नाप्दै छ सगरमाथाको उचाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २ गते, शनिबार ०८:३८

सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस ९ग्लोबल पोजिसनिङ सिस्टम० उपकरण सगरमाथाको शिखरमै पुर्‍याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्‍याउने सरकारी कार्ययोजना छ ।नापी विभागको तालुक अड्डा कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई असार अन्तिममा पेस गरेको कार्ययोजनाअनुसार असोजसम्म सगरमाथा मापन सम्पन्न हुनेछ ।

‘असोजसम्म शेर्पा टोलीमार्फत जिपिएस सिस्टम सगरमाथाको शिखरमा पुर्‍याउने लक्ष्य छ,’ नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले भने, ‘प्राविधिक टोली सगरमाथा आरोहण गर्ने अवस्थामा हुँदैन, शेर्पाहरूलाई जिपिएस उपकरण पठाएर उचाइ मापन गर्छौँ । त्यतिन्जेल थुप्रै तयारी गर्नुपर्नेछ ।’असारसम्म सिरहाको मदारस्थित नेपाल–भारत सिमानाबाट सोलु सदरमुकाम सल्लेरीसम्म १७० किमि सीमामा जिपिएस प्रणालीबाट सडक लेभलिङ सर्भे भएको भट्टले बताए ।

आफ्नै खर्चमा नाप्ने

सरकारले पहिलोपटक आफ्नै खर्चमा सगरमाथाको उचाइ मापन गर्न लागेको हो । सन् १९५४ मा नेपालको स्वीकृतिमा भारतको सर्भे अफ इन्डियाको टिमले सगरमाथाको उचाइ मापन गरेको थियो । त्यही आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर भनिँदै आएको छ ।

विज्ञहरूका अनुसार सन् १९८७ मा इटालीको टोलीले जिपिएस अर्थात् ग्लोबल पोजिसनिङ सिस्टमबाट सगरमाथाको पहिलोपटक मापन गरेको थियो । त्यतिवेला सगरमाथाको उचाइ ८ हजार ८ सय ७२ मिटर मापन भएको थियो । अहिले पनि त्यही प्रणालीका आधारमा नेपालले सगरमाथाको उचाइ मापन गर्न लागेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु