विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

प्रचार-प्रसारको कमिले ओझेलमा फुङ-फुङे झरना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १० गते, आईतवार ०७:०६

 ककनि -नुवाकोट भाद्व, १०। नेपालको राजधानी काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा पर्ने ककनी गा.पा. वडा नम्बर ४ धन्सारमा दुईवटा आश्चर्यजनक स्थल रहेको छ। ककनि-४, धन्सारमा दुईवटा कक्यानोनिङका लागि उपयुक्त फुङ-फुङ झर्ना(१८५मिटर) र छहरे खोला झर्ना(१४५ मिटर ) रहेको छ।

विशेषगरी फुङ-फुङे झर्नाबाट गणेश हिमाल, लाङटाङ हिमाल र मनास्लु हिमालको दृश्यहरुको अवलोकन गर्न सकिन्छ । यहाँ बाह्रै महीना क्यानोनिङ्का लागि पर्याप्त पानीको प्रवाह रहेको छ । समुन्द्री सतहबाट १३२५ मिटरको उचाइमा अवस्थित यो क्षेत्र न त धेरै तातो छ न धेरै चिसो छ । किन ओझेल क्यानोनिङ ? नुवाकोट जिल्लाकै सबैभन्दा भन्दा आग्लो झर्नाको रूपमा रहेको यो फुङ-फुङे झर्ना ककनी गा. पा. को पहिचान र सान दुबै हो । धन्सारमा रहेको फुङ-फुङे झर्ना र छहरे खोला झर्नाको हाल सम्म कुनै प्रचारप्रसार हुन नसक्दा झर्नाको अस्तित्वनै हराउँदै गएको छ।

यस झर्नाको प्रचारप्रसार र बिकासको विषय लिएर स्थानीय निकायमा दर्जनौं निवेदन पेश गर्दा पनि हाल सम्म कुनै सुनुवाइ नभएको गुनासो रहेको छ । झर्नाको फाइदा के हुन सकिन्छ ? राजधानीबाट धेरै टाढाको ठाँउ हैन यो फुङ फुङे झर्ना । पर्यटन क्षेत्रको रूपमा बिकास गरि पर्यटकहरुलाई मोहित पार्न सकेमा मात्रै पनि यस ककनी, धन्सारको ग्रामीण भेगका आर्थिक बिकासमा सहयोग पुग्ने देखिन्छ।

यस क्षेत्रमा पर्यटनको पूर्वाधार जस्तो; पैदलमार्ग, होमस्टेको रूपमा बिकास गर्न सकेमा यस क्षेत्र वरिपरि रहेको रानीपौवा, जुरेथुम, दोभान र ककनिमा रहेकोे होटेल व्यावसायिहरुको पनि आर्थिक बिकासमा वृद्धि हुन जानेछ र फलस्वरूप समग्रमा ककनि गा.पा. को राजस्वमा वृद्धि नहुने कुरामा दुईमत देखिदैन ।

के छ फुङ-फुङ्को पौराणिक ? पहिला पहिला हाम्रो पुर्खाको पालामा यस झर्नाबाट राम्रो नराम्रो दुबै कार्यमा आवश्यकता अनुसार तामाको सर-सामान प्रयोगको लागी दिने र काम सकिए पछि जुन ठाँउबाट ल्याउने गरेको हो सोही स्थानमा लगेर राख्ने चलन गरिन्थ्यो पछी यस्तै क्रममा प्रयोग भएको सर-सामान झुक्किएर झुठोनै पुगेपछि झर्ना रिसाएको र सामान नदिएको भन्ने कथन पाइन्छ।

-नरेन्द्र तामाङ थिङ्ग।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु