तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

गाईजात्रा पर्व आजबाट शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ११, सोमबार ०८:३८

भक्तपुर, ११ भदौ – तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तःहामचा बनाई तलेजुबाट आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजबाट यहाँ शुरु भएको छ ।

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि श्रीकृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा भक्तपुरमा आज बिहानैदेखि शुरु भएको हो । नेवार समुदायका परिवारले मृतक व्यक्तिको संझनामा निकालेका गाईजात्रामा जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई बनाई टोलटोल घुमाउने गर्छन् । टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्नुका साथै विभिन्न नाच एवं व्यङ्य प्रदर्शन गरिन्छ । मध्याह्नपछि जात्रा आकर्षक हुने भएकाले हेर्नेको भीड लाग्ने गर्दछ ।

यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मृत्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश गरी मुक्ति पाउने हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएको संस्कृतिकर्मी रामशेखर श्रेष्ठ जानकारी दिनुुहुन्छ । गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उहाँ बताउनुहुन्छ ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीको चित्त बुझाउन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आदेश दिएकाले गाईजात्रा शुरु भएको ऐतिहासिक मान्यता छ ।

घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसक्दा विभिन्न प्रकारका प्रदर्शन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएकाले सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेपनि यहाँका संस्कृतिकर्मी भने गाईजात्रा पर्व विक्रम संबत्को १४आँै शताब्दीभन्दा अगाडि तथा लिच्छविकालको अन्त्यमा शुरु भएको बताउँदै आएका छन् ।

यहाँ गाईजात्राका दिन धार्मिक परम्परानुसार परालबाट निर्मित भैरब र तःहामचा निकालेर नगर परिक्रमा गराएपछि सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन छ । यस दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतिकर्मी श्रेष्ठको भनाइ छ ।

यस दिन पाप गरे मृत्युपश्चात् पनि सोही कर्म भोग्नुपर्छ भन्ने धार्मिक विश्वासका साथ आजका दिन कसैले पनि त्यस्तो गतिविधि गर्न नहुने भनाइ रहेको उहाँ बताउनुहुन्छ । आजका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु