तपाईंले पुस्तक पढेर, घुमफिर गरेर, गहन छलफल गरे, अध्ययन गरेर जति ज्ञान र अनुभव आर्जन गर्नुहुन्छ, त्यो भन्दा कम बालबालिकाबाट सिक्नुहुने छैन ।एकदम सत्य कुरा के भने, बालबालिका आफैमा एक विश्वविद्यालय हुन् । तर, तपाईंले उनीहरुलाई पढ्न सक्नुपर्छ ।
विडम्बना त के छ भने, बालबालिकालाई हामी पढाउँछौं । अर्थात हाम्रो मस्तिष्क यस्तो दम्भ र भ्रमले जकडिएको छ कि बालबालिका केही जान्दैनन् भन्ने लाग्छ । उनीहरुलाई हामी पाइला पाइलामा यसो गर, उसो गर भनेर सिकाइरहेका हुन्छौं । अर्ति दिइरहेका हुन्छौं । पुराण सुनाइरहेका हुन्छौ ।
तर, के हामी कहिल्यै ति बालबालिकाबाट केही सिक्ने प्रयास गर्छौ ?
बालबालिकासँग संगत गर्नुहोस्, हेलमेल गर्नुहोस्, घुलमिल गर्नुहोस्, तपाईले धेरै कुरा थाहा पाउनुहुन्छ । उनीहरुको निर्दोषपन, बालशुलभ चञ्चलता, जिज्ञासु व्यवहार सबै कुरा हाम्रा निम्ति अनमोल पाठ हुनसक्छ ।
त्यो बालापन
बचपनको समय सबैले मिस गर्छौ । हरेक पल खुशीले भरिएको यो उमेरमा न बिहानको समयको चिन्ता हुन्छ न साँझको न भोलीको, जे छ आज छ, अहिले छ ।
सबैलाई लाग्छ फेरी बच्चा हुन पाएँ कस्तो मज्ज्ाा आउने थियो । त्यो दिन फेरी पनि आओस् भन्ने चाहना सबैमा हुन्छ । जब उमेर बढ्दै जान्छ हामी बचपनको कुरा बालापन सम्झेर बिर्सन्छौ । बितेको समय फर्केर त आँउदैन तर फेरी त्यो समयलाई व्यतित गर्न भने अवश्य सकिन्छ ।
१.बच्चाको हाँसो
२.अरुको चिन्ता नलिनु
बचपनको समयमा कुनै कुराको चिन्ता हुँदैन् । हरेक चिजको पुरै मनबाट लगनको साथ गर्ने गरिन्छ । यस्ता कुरा आफ्नो बच्चाबाट सिक्न सकिन्छ । पहिला आफ्नो मनको सुन्नु त्यसपछि आफ्नो सपना पुरा गर्ने कोशिस गर्ने ।
३.खुलेर रुनु
खुलेर हाँस्नु र खुलेर रुनु यी कुरा हामीले बच्चाबाट सिक्न सकिन्छ । आफ्नो फिलिङ्स लुकाउनुको सट्टा खुलेर शेयर गर्ने बानी बसाल्यो भने मन हलुका हुन्छ । आफ्नो समस्या आफसे आफ हराएर जान्छ । र तनाव मुक्त भइन्छ ।
४. कुनै कुरा मनमा नलिनु
बच्चा कुनै कुरा मनमा लिँदैन । एकै छिनमा लडाँइ गर्ने, एकै छिनमा मिल्ने उनीहरुको मासुमियत हुन्छ । यस्तै आदत ठूलोले पनि अपनाउन सकिन्छ । कुनै कुरा मनमा लिएर कसैप्रति चित्त दुखाउनु भन्दा बच्चाको जस्तै व्यवहार अपनाएर आफ्नो जिन्दगी आनन्दमय तरिकाले हाँसी खुशी किन नबिताउने ?