दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

नारायणगढ-बुटवल सडक विस्तार गर्न ७ कम्पनी अन्तिम प्रतिस्पर्धामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २२, शुक्रबार १०:४७

काठमाडौं – नारायणगढ-बुटवल सडकखण्ड निर्माणका लागि ७ वटा निर्माण कम्पनीको आर्थिक प्रस्तावमाथि मूल्यांकन सुरु भएको छ । यसअघि छानिएको कम्पनीलाई एशियाली बिकास बैंक -एडीबी) ले अयोग्य ठहर्‍याएपछि नयाँ कम्पनी छान्ने प्रक्रिया सुरु भएको थियो । जुन, अन्तिम चरणमा पुगेको छ ।अब आर्थिक प्रस्ताव मूल्यांकन गरेर सडक विभाग अन्तरगतको एडीबी सडक निर्देशनालयले कम्पनी छनोट गर्नेछ । पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्यांकनमा असफल भएका थिए ।

अब ७ वटा कम्पनी अन्तिम प्रतिस्पर्धामा रहेको आयोजनाका इन्जिनियर प्रदीपमान शाक्यले बताए ।छनोट सकिएपछि यसको स्वीकतिका लागि एडीबीमा पठाइनेछ । एडीबीले स्वीकृति दिएपछि आयोजनामा निर्माणको काम अघि बढ्नेछ ।विभागका अनुसार यसअघि नै यो सडक खण्डकोे विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । र, विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि सकिएको छ ।अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ । जसलाई विभागले ४ लेनको बनाउन लागेका हो । जसका लागि विभागले एडीबीबाट ऋण सहयोग लिन लागेको छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो ।दुई लेनको यो सडकलाई चार लेनको बनाइने छ भने दुई रदुई लेनको बीचको भाग ‘ग्रीनरी’लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७/७ मिटरको हुनेछ ।

एउटा लेन ३.५ मिटरको हुने विभाग बताउँछ ।यो सडकखण्डको छेउमा रहेका वस्तीहरुका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । २८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ ।जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।

१ सय १५ किलोमिटरको यो सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । नारायणगढ-दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेज अन्तरगत निर्माण गरिनेछ ।यो खण्ड विस्तार गरिसक्न झण्डै साढे ३ वर्ष लाग्ने अनुमान छ । बुटवल-नारायणगढ खण्डको पुरै भाग ४ लेनको हुने छैन । दाउन्नेको उकालोरओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ ।त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएको छैन । त्यसैले त्यहाँको प्राकृतिक सम्वेदनशीलतालाई ध्यानमा राखेर ३ लेनमात्रै बनाउन लागिएको हो ।३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ । ओरालोतर्फ जाने सवारीले एक लेनमात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ । ओरालोमा गाडीहरु सजिलै पास हुने भएकाले एउटा लेनको मात्रै प्रयोग गर्न पाउनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु