रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

बलात्कार विरुद्को एक सयदिने सञ्चार अभियान सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २२, शुक्रबार १२:५२

काठमाडौं, २२ भदौ ।सामुदायिक सुचना नेटवर्क (सीआईएन) ले बलात्कार विरुद्ध चेतना जगाउन एक सय दिने सञ्चार अभियान सुरु गरेको छ । ‘बलात्कार विरुद्ध मेरो प्रतिवद्धताः दुव्र्यवहार गर्दिन, दुव्र्यवहार सहन्न’ भन्ने नारासहित एक कार्यक्रमकाबीच आज अभियानको घोषणा गरिएको हो । सीआईएनको सभाकक्षमा भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले बलात्कारका विरुद्ध देशभरिका सामुदायिक रेडियोसँगको सहकार्यमा सीआईएनले आवाज उठाउँदै आए पनि बलात्कारका घटना न्यूनीकरणका लागि विशेष अभियानको आवश्यक्ता महसुस गरिएको बताउनुभयो ।

सीआईएनका म्यानेजर दीपक आचार्यले देशभरि बालिका बलात्कारको घटना बढ्दै गएकाले बलात्कार विरुद्ध चेतना जगाउनुपर्ने आवश्यकता देखिएकाले विशेष अभियानको सुरुवात गरिएको बताउनुभयो । प्रतिनिधिसभाका सदस्य शशी श्रेष्ठले सबै जना मिलेर बलात्कार विरुद्ध सचेतना जगाउनुपर्ने धारणा राख्दै बलात्कार विरुद्ध चेतना जगाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले पाठ्यक्रममा पनि नै महिला हिंसा विरुद्धका सामग्री समावेश गर्नुपर्ने बताउनुभयो । संसदबाट निरन्तर रूपमा बलात्कार विरुद्ध बोलिरहेको बताउदै सांसद श्रेष्ठले बलात्कार विरुद्ध भएको कानुनलाई कार्यान्वयन गराउनमा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिनिधिसभाका सांसद मिनाक्षी झाले बलात्कार विरुद्धको ऐन कानुन भए पनि कार्यान्वयनको पाटो फितलो भएकाले बलात्कारका घटना कम हुन नसकेको बताउनुभयो । सडक र सदन दुबैतिरबाट बलात्कार विरुद्धमा आवाज उठाए यस्ता घटना कम हुने उहाँको विश्वास थियो । मनोचिकित्सक डाक्टर पशुपति महतले बलात्कारका समाचार लेख्दा र प्रसारण, प्रकाशन गर्दा पत्रकारले पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो । बलात्कारका घटना कम गराउनको लागि पीडितलाई मात्रै नभई पीडकहरूलाई पनि परामर्श दिनुपर्ने बताउनुभयो ।

अर्का मनोविद तथा अधिवक्ता नानी थापाले बलात्कार विरुद्धका कानुनहरूका बारेमा सञ्चार माध्यमले प्राथामिकताका साथ सूचना तथा जानकारीहरू दिनुपर्ने टिप्पणी गर्नुभयो । सञ्चार माध्यमहरूले पीडितका कुरा मात्रै भन्दा पनि पीडितले न्याय पाएको र पीडकले सजाय पाएका विषय पनि समावेश गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कुरुदय सेल्फ डिफेन्स मार्सल आर्ट्का महासचिव सुरेन्द्रसिंह बिष्टले अलिकति तालिम लिए महिला तथा बालबालिकाले आफ्नो सुरक्षा आफैँ गर्न सक्ने भएकाले सञ्चार माध्यमले आत्मरक्षाका त्यस्ता तरिका सिकाउन पनि भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा बलात्कार विरुद्धको अभियान्ता साबित्री सुवेदीले साना नानीदेखि वृद्धाहरु पनि बलात्कार हुनु दुःखद भएको भन्दै बलात्कार विरुद्ध प्रहरी, सांसद र पत्रकारले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो। बलात्कारीलाई फाँसीको सजाय हुने व्यवस्था नबनेसम्म बलात्कारका घटना कम नहुने भन्दै सुबेदीले बलात्कारीलाई फाँसीको सजायको व्यवस्था हुुनुपर्ने धारणा राख्नुभयो । अर्का अभियानता सन्ध्याा विडारीले महिला तथा बालबालिकालाई हेर्ने पुरातनवादी सोच नबदलेसम्म बलात्कारका घटना कम नहुने धारणा राख्नुभयो । अर्का अभियान्ता जस्मिन ओझाले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने धारणा राख्नुभयो । महिलाअधिकारकर्मी रिता साहले बलात्कारका घटना कम गर्न पाठ्यक्रममा नै यस्ता विषय समावेश गरी सानो उमेरदेखि नै यसबारेमा जानकारी गराउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी पत्रकार, सांसद, अधिकारकर्मी , मनोचिकित्सकलगायतले बलात्कार विरुद्धको यो अभियानमा आ–आफ्नो क्षेत्रबाट साथ दिने प्रतिवद्धता जनाएका छन् । अभियानमा बलात्कार विरुद्ध सचेतना कार्यक्रम चलाउने, बलात्कार विरुद्धका कानुनहरु रेडियोबाट प्रसारण गर्ने, स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय संसदका सांसदहरुलाई बलात्कार विरुद्धको प्रतिवद्धता लिने सीआईएनका म्यानेजर आचार्यले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु