स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच कुनैपनि द्वन्द्व छैन : मुख्यमन्त्री शाही

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २५, सोमबार ०९:०८

चरेशको थालमा मार्सी चामलको भात खाने जनता बस्ने प्रदेश कसरी गरिब हुन्छ ?’

काठमाडौं, २५ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारका मुख्यमन्त्रीहरुबीच कुनैपनि द्वन्द्व नरहेको स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । उनले भने,‘केही दिन अघि गण्डकी प्रदेशमा अन्य ६ वटा मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले छलफल गर्नु भएकोसम्म थाहा छ, मलाई त कर्णाली प्रदेश कसरी बनाउन सकिन्छ ? भन्नेमात्रै हुटहुटी छ, त्यसैले संविधान अक्षरंश पालना गर्नुको अर्को कुनै विकल्प छैन् । अहिलेको समय भनेको आरोप र प्रत्यारोप लगाउने समय होईन । संविधानको बर्खिलापमा कोही पनि जानुहुँदैन । संघीय सरकारले नीति बनाउने हो । प्रदेश सरकारले योजना बनाउने र कार्यान्वयन गर्ने हो । स्थानीय सरकारले जनतालाई सेवा दिने हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारको विकास, शान्ति–सुरक्षा, विकास, स्वास्थ्य, शिक्षा, रोजगार सम्पूर्णको जिम्मेवारी प्रदेश सरकार र मुख्यमन्त्रीलेनै लिनुपर्ने बताए । संविधान अनुसार नै प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई अधिकार दिनुपर्ने उनको भनाई छ । उनले भने,‘संविधानले दिएको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन्।’
उनले भने,‘१० वर्ष जनयुद्ध भयो । ७ वर्षसम्म संविधानको बारेमा बहस भयो, अबपनि हामी साना–साना कुरामा अल्झिन थाल्यौं भने मुलुक बन्दैन्, विगतका सरकार र दुई तिहाईको सरकारको काममा कुनै फरक हुँदैन भने जनताले कसरी विश्वास गर्छन् ? त्यसैले हामीसँग भएको समय मुलुक निर्माणमा लगाउनुको विकल्प छैन् ।’


संघीयता महँगो भयो नि भनेर सोधिएको एक प्रश्नको जवाफमा मुख्यमन्त्री शाहीले भने,‘यथास्थितिवादी र प्रतिक्रियावादीहरुलाई चलखेल गर्ने ठाउँ दिनुहुँदैन, हामीले जनमत पाएका छौं, मुलुकको विकास र जनताको सेवा गर्ने हो, राजनीतिक रुपमा धु्रविकृत हुन खोज्नेहरुले यसोपनि भन्न सक्छन् ।’

कर्णाली प्रदेशको परिचय बदल्नको लागि केही समय लाग्ने बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सम्पूर्ण रुपमा धनी प्रदेश भएको दाबी गरे । उनले भने,‘कर्णाली प्रदेश स्वर्ग हो । प्राकृतिक, भौगोलिक, साँस्कृतिक र उत्पादन यी सबै रुपमा कर्णाली प्रदेश अब्बल छ । केही विकास, स्वास्थ्य र शिक्षाको अभाव छ । तर बाहिर भनेजस्तै कर्णाली प्रदेश गरिब छैन्, धनी छ । मार्सी धानको चामलको भात खाने मानिसहरु कसरी गरिब हुनसक्छ ? चरेसको थालमा भात खाने मानिस कसरी गरिब हुन्छ ? संसारमा नभएका प्राकृतिक जडिबुटी कर्णालीमा पाईन्छ ।’
विगतमा कर्णालीको दयनीय तस्बिर बेचेर डलर कमाउनेहरुको कब्जामा कर्णाली रहेपनि अब त्यसबाट मुक्त भैसकेको जनाउँदै उनले भने,‘अब कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउन हामीले योजनाहरु अघि सारेका छौं । यो प्रदेशमा वार्षिक रुपमा ५ सय क्विन्टल चामलको खाँचो हुदोरहेछ, अब त्यो अभावलाई पूर्ति गर्नको लागि प्रदेशमै उत्पादन बढाउनुपर्छ भनेका छौं ।’

कर्णाली प्रदेश स्वर्ग भएको बताउँदै उनले राजा महेन्द्रले रारालाई स्वर्गकी रानी भनेर कविता लेखेको पनि सुनाए । उनले भने,‘कर्णाली प्रदेश भाषा, साहित्य र संस्कृतिको जन्मदातामात्रै होईन । कर्णाली प्रदेश राज्य प्रशासनको गौरवपूर्ण ईतिहास बोकेको भूमि पनि हो । कुमाउ गढुवालसम्मको नेपाल हुँदा कर्णालीले शासन गरेको ईतिहास छ, कर्णाली प्रदेशमा धार्मिक स्थलहरु, ताल तलैया, नदिहरुको उल्लेख्य भूमि पनि हो, त्यसैले हामी प्रदेशको विकासमा केन्द्रीत भएर अघि बढिरहेको छु, संघीय राजधानीको कामहरु सकेर भोलीनै पद्रेशमा लाग्ने मेरो योजना छ ।’

स्वदेश तथा बिदेशका सबै नागरिकले त्यो स्वर्गको अनुभव लिनुपर्छ, यो मेरो आग्रह हो, कर्णाली प्रदेशमा स्वागत छ, अर्को कुरा कर्णाली प्रदेशका मानिसहरुले मानसिकताबाट गरिब, भोक, रोग, आदी कुराहरु हटाउनुपर्छ, आँफै आत्मनिर्भर बन्नुपर्छ, अर्गानिक खानेकुरा खाने र अरुलाई दिने स्थितिको सिर्जना गर्नुपर्छ, प्रांगारिक मलको उच्चतम प्रयोग गर्नुपर्छ, चौरीं, च्याङ्रा, स्याउ, मार्सीधानको बजार व्यवस्थापन गर्न र उल्लेखित विषयका बारेमा अध्ययन गर्नको लागि विश्वविद्यालयको आवश्यकत्ता छ, त्यसको पहलहरु भैरहेको छ ।’
कर्णाली प्रदेश नबन्नुमा आफ्नो गल्ति र कमजोरीका कारणले नबन्ने ठोकुवा गर्दै आफ्नो भगिरथ प्रयास कर्णाली प्रदेशको उन्नती र प्रगतीको गर्नमा समर्पित रहेको शाहीले बताए ।

उनले भने,‘हिजोको दिनमाजस्तो अरुलाई दोष दिएर उम्किन मिल्ने भौतिक र नैतिक अधिकार कसैलाई छैन्, कर्णाली प्रदेशको विकासको बाधक कोही हो भने स्वयम म हुँ, कर्णाली प्रदेश बन्यो भने त्यसको श्रेय कर्णाली सबैलाई जानेछ भन्ने कुरा मलाई राम्ररी थाहा छ ।’
प्रदेश सरकारका ७ वटा कार्यलयमा कार्यालय समय अवधिमा फेशबुक बन्द रहेको कुरा स्मरण गराउँदै जनताको काम गर्नको लागि हरसमय तयार रहन सबै कर्मचारीलाई आफूले निर्देशन दिएको पनि शाहील्े जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु