नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

ऋषिपंचमी र मेरो पाप…  देवु पराजुली 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २९ गते, शुक्रबार ०३:३७

तिज पछिको पंचमी मलाई बाल्यकालमा विशेष लाग्थ्यो। पंचमी पुजा गर्ने महिलाहरुले हामी कन्यालाई दिने प्रसाद र दक्षिणाले तिज पछि स्कुल जादा विशेष महत्व राख्थ्यो। म अलि बुझ्ने भए पछि तिजको भोली पल्ट चौथीको दिन आमा, दिदी र फुपुदिदीहरुको लागी दत्तिवन केलाउने र बिस बिस वटा आख्ला सहितको डाढ मुठा पार्ने काम हुन्थ्यो। पाच छ वर्ष सम्म तिजको बेला मेरो कामै त्यहि हुन्थ्यो। अलि बुझ्ने भए पछि मैले जिज्ञासा राखे यो किन गरिरहेको भनेर अनि आमाले पंचमीको कथा सुनाउनु भो।

महिनावारी हुदाँको क्षण पुरुषलाई छोएको साथै घर भीत्र र अन्यत्र पनि छोइएको पाप कटाउन यो  सप्त ऋषिको पुजा गरेको रे। नुहाउदा खेतको हलोले जोतेको माटोले खुट्टामा, अमलाको फेदको माटोले हातमा, कुमालकोटीले उठाएको माटोले कुममा, तुलसीको फेदकोमाटोले शिरमा र छातीमा लगाएर धुने र यि सबैले गुप्ताङ्ग पनि सफा गर्ने। (कतै कतै बासको फेदको माटोले पनि नुहाउने चलन छ)।

यती गरे पछि दत्तिवन टोक्ने चलन छ र दत्तीवनको पातले नुहाउने।  प्रत्येक कुरा ३६५पटक दोहोर्याउनु पर्छ र नुहाए पछि तिलको फुल नचपाई निलेर कपालमा चोखो लगाउनु पर्छ। यति गरे र सप्तॠषिको पुजा गरे पछि वर्ष भरीको पाप काटिन्छ रे। यो सब विधी सुने पछि मलाई मासिक रजस्वला हुदा छोइयो भने ठुलै पाप लाग्ने हुदा पहिलो पटक महिनावारी हुने बेला ठुलै वित्यास पर्छ होला भन्ने लागी रहन्थ्यो। म कक्षा ७ मा पढ्थे पहिलो महिनावारी हुदाँ। तिन दिन सम्म त मैले थाहै पाइन चौथो दिन बल्ल आमालाई भने। मैले कुनै वित्यास परेको थाहै पाइन बरु आमा रुनु पो भयो।

किन रुनु भयो कुन्नी? हत्तपत्त मलाई अध्यारो गोठमा लुक्न लाउनु भो। एघार दिन सम्म म त्यहा लुके। एक्लै बस्नु पर्दा र बाहिर निस्कन नपाउदा मलाई साह्रै गाह्रो भो, दिक्क लाग्यो बेकारमा भनेछु आमालाई झै भो। वास्तवमा मैले रक्तश्राव व्यावस्थापन गर्न नजानॆर नै भनेकि थिए आमालाई। महिनावारी भए पछिको दुइ चार वर्ष मलाई खासै फरक परेन ॠषिपंचमीले तर एक दिन मैले पनि पंचमी पुजा गर्नु पर्ने कुरा चल्यो घरमा। म अली बिद्रोही स्वभावकी थिए। मैले आमा संग म पंचमी नघुम्ने र दत्तिवन नखाने निर्णय सुनाए। आमाले पाप कटाउन ब्रत बस्नु पर्ने भन्दै संझाउनु भो। मैले पाप नगरेकोले यो ब्रत र पुजा नगर्ने अड्डी कसे। मेरो कुरामा बुवाले समर्थन गर्दै यसलाई मन छैन भने नगरोस् छोडीदे भन्नु भो आमालाई।त्यस पश्चात म पंचमीबाट स्वतन्त्र भए र कहिल्यै पंचमी पुजा गरीन।

हामी मासिक रजस्वलालाई छोरी किशोर बनेको संकेत भन्छौ। छोरी परिपक्क भएको खुशी मनाउनु पर्नेमा मेरी आमा त्यती बेला किन रुनु भयो कुन्नि? मैले रजस्वला हुदा कहिल्यै पाप गरीन। पाप त मैले जाने बुझे सम्म अरु बेला पनि गरेकि छैन।म कुन पाप कटाउनलाई ऋषिपंचमीको ब्रत बसु र पुजा गरु खै? बरु म रजस्वला हुदा म माथी विभेद गरीएको छ।मलाई विभेद गरेर पाप गरीएको छ। थुप्रै पटक मलाई घर बाहिर चिसो सिरेठोमा मैलो र थोत्रो थाङ्नोमा सुत्न बाध्य पारीएको छ। मलाई मिठो चोखो र पोषीलो खान दिईएको छैन। मेरो घरको चुलो चौकोमा पोषीलो खाना नपाकेको होइन तर मलाई खान हुदैन भनेर दिइएको छैन। भगवान यसरी म माथी विभेद गर्नेलाई पाप लाग्यो कि मलाई?

म बिचरी जो मासिक रजस्वला हुदाँ रक्तश्रावले लखतरान हुन्थे। घरमा कुडे भरी दुध हुदा समेत एक ग्लास दुध खान पाउदिन थे,न्यानो ओछ्यानमा सुत्न पाउदिनथे, अगेनाको तातोमा जिउ सेक्न पाउदिनथे अनि मै पापीनी बनेर पाप काट्न यो पुजा गर्नु पर्ने? भगवान!यदि सत्यको पक्षमा छन् भने मासीक रजस्वला हुने महिला कहिल्यै पापी थिएनन् र हुदैनन् पनि। मैले आज सम्म पाप गरीन र पंचमी पूजा पनि गरेकि छैन। मलाई गर्दै नगरेको पाप कटाउनु छैन प्रभु।।आफु परिपक्क भएको संकेत रजस्वला भएका सम्पुर्ण किशोरीहरु आफ्नो स्वास्थ्य तन्दुरुस्तिको ख्याल गर्नु। महिनावारी पाप होईन यो वरदान हो प्रकृती हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु