तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

 त्यो चिताको धुवा: रुपा थापा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ३१, आईतवार १५:०९

त्यो चिताको धुवा

आज अन्तिम पल्ट

त्यो लाखेको मुकुटलाइ

रातको ११.५९ मिनेटमा निहाले

त्यो छयाइ छयाइको आवाज संगै

त्यसपछि १२ बज्यो

अनि नया दिनको सुरुवातसंगै

त्यो मुकुटलाई फुटाएर

एक वर्षसम्मको लागि बिदाई गरियो

लामो लामो कपाल

अनि दार्हा निस्किएको

ठुलो ठुलो आखा गरेको

त्यो डरलाग्दो मुकुट

र त्यो नाचसंगै

गरिएको त्यो लाखेको बिदाइ

नया दिनको सुरुवातसंगै

सम्झिए ति राक्षसी नजरहरु

जो हरवखत चिहाईरहेछन

मेरा छोरिहरुको योनीमा

अनि ति राक्षसी दार्हाहरु

गिद्धले झैँ ढुकिरहेका छन

मेरा छोरीहरुको अस्तित्व लुट्न

अनि मृत्युको मुखमा पुराएर

फेरी अर्को मुकुट पहिनिएर

मेरा छोरीहरुको यौनाङ्गवाट बगेको

त्यो रगतको आलमा नुहाएर

छम छम नाचिरहेछन ति  राक्षसहरु

अनि त्यो बाजाको तालमा

जलिरहेछन त्यो मशानघाटमा

मेरा छोरिहरुको कोक्राहरु

अनि मृत्युको कारण

त्यही एक थान योनिहरु

अनि फेरी सोचे

त्यो कालीमाताको अनुहार

जो हातमा खड्गलिएर

शिरछेदन गरिएका ति राक्षसहरुको

टाउको उनेर लगाएको माला

फेरी प्रश्न गरे आफैलाई ?

के उनि साच्चै थिइन ?

नत्र त आउन पर्ने हो

ति राक्षसहरुको शिर छेदन गर्न

नत्र किन नाच्दै छ त्यो भष्मासुर ?

मेरा छोरिहरुको अस्तित्व डढेर वाकिरहेको

त्यो मसानघाटको खरानिको रापमा

हर वखत मेरा छोरिहरुको अस्तित्वमा

वाजलेझैँ झम्टिने ति राक्षसी हातहरु

अनि ति राक्षसी नजरसंग वच्न

के सीताले झैँ सधाकोलागि

समाहित हुनु पर्ने हो

त्यो धर्तिको गर्भमा ?

फेरी कहिले पनि नफर्कने गरि

या ति राक्षसहरुको शिर छेदन गरेर

लगाउनुपर्ने हो वनाएर माला ?

या अग्निकुण्डमा जलिरहेका छोरिहरुको

चिताहरुका रापहरुसंग जल्न वाकिरहेका

ति राक्षसहरुका मुकुटलाई जलाउन

के  बिस्फोट हुनुपर्ने हो

प्रत्येक ति आमाका गर्भासयवाट

ज्वालामुखीका लार्भाहरु ?

 

त्यसपछि पनि फेरी त्यही

छोरीहरुको ति चित्कारसंगै

जलिरहेको त्यो चिताले व्युझाएपछि

थाहा छैन के भयो मलाई

छेउमा रहेको त्यो तल्वारलाई उठाए

अन्तिमपल्ट आफ्नै अनुहारलाई निहाले

र आफ्नै त्यो गर्धनलाई छिनाले

जुन मेरा छोरीहरुको चिरहरणसंगै

जलिरहेको त्यो चिताको धुवासंगै

पल पलमा जलिरहेको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु