म कसैलाई फासी दिनुपर्छ, झुन्ड्याउनु पर्छ भन्ने पक्षमा छैन, सबै मान्छेको शरिर एकै हो सबैलाई धर्तिमा बाँच्ने बराबर अधिकार छ भन्ने सम्झिन्छु । तर आजभोलि बढिरहेको दण्डहिनता, बलात्कार, हत्याको घटना सुन्दा र पढ्दा पढ्दै शरिरमा एक किसिमको शक्ती उत्पन्न हुन्छ र आफै गएर बलात्कारीको घाँटि काटेर बहादुरी देखाउँ की झै लाग्छ र मेरो तातो रगत उम्लन्छ बारम्बार ।
हाम्रो देशमा सञ्सारकै उत्कृष्ट संविधान, सञ्सारकै नमुना कानुन छ । हामीले त्यस्तो कानुन बनायौं भनेर बोलिरहँदा के हामीले हाम्रो कानुनको सम्मान गर्न सक्यो ? के हाम्रो कानुनको पालना देशमा भयो त ? हामीले जति प्रचार गरियो त्यो अनुरुपको के भयो हाम्रो देशमा ? यो विषय एक गम्भिर प्रश्न बनेर हाम्रो अगाडि तेर्सीएको छ ।
नारी आफैमा सम्मानीत शव्द, सम्मानीत व्यक्तित्व हुन । अझ भनौ आमा हुन् । हामीले एउटा नारीको कोखमा भु्रणको रुपमा प्रवेशगरि मानवको रुपमा जन्म लिएको र त्यहि नारीको शरिर चिरेर हामी यस धर्तिमा पाईला टेकेको कुरा भुल्नु हुँदैन । प्रसव पीडा सहेर आमाले जन्म दिएर, आमाको छातिबाट निस्कीएको दुध चुसेर, आमाकै काँखमा खेलेर हुर्केको हामी मानवले किन आमाकै सम्मान गर्न सकेनौं ? आमा र परस्त्री अर्थात अरु जो कोहीपनि महिलाको शरिरको बनावटमा के फरक छ ? शरिरका प्रत्यक अंगमा के भिन्नता छ आमा र अरु नारीहरुमा ? आम पुरुष त्यहि आमाको कोखबाट जन्मलिएर आमाको छातीमा निदाउँदै आमाको दुध चुसेर हुर्किन्छ र विस्तारै उस्मा बल, बैस, आवेग र उत्तेजना भरिदै गएपछि आफुलाई सम्हाल्न कीन सक्दैन र त्यहि अंगहरुको आशामा एउटी अवला नारीमाथि कुदृष्टी लगाउँछ ? अनि आफ्नो माग पुरा नभए जवरजस्ती बलात्कार गरि विभत्स हत्या गर्छ ?
यस्ता कुराहरुले हाम्रो समाज, संस्कार, शिक्षा र अनुसासन के हुँदै छ कता जाँदै छ यसले गम्भिरता निम्ताएको छ । बलात्कार आफैंमा गम्भिर अपराध हो । अपराधिको विरुद्ध राज्यले लड्नुपर्ने लडाईमा एउटी आमाले छोरीको अस्मिताकोलागि लड्नुपर्छ यो कस्तो न्याय हो ? के यहाँ कानुन छैन र ?
निर्मला पन्तलाई मार्ने नर पिचासहरुलाई किन राज्यले ईन्काउन्टर गर्न सक्दैन ? यसमा कस्को के स्वार्थ लुकेको छ । राज्य कहाँ र किन यसरी चुकेको छ । आज सारा देश हत्यारालाई फासी दे, निर्मलालाई न्याय दे भनेर सडकमा छन् तैपनि किन हुँदैन न्याय ? जनताको सुरक्षामा खटिएका प्रहरी अपराधिलाई समात्नुको साटो प्रमाण नै नस्ट गरेर निर्दोहलाई यातना दिन्छ यसले कानुनी राज्यको उपहास भएको छैन र ? किन राज्य निदाएको छ यो बेला ? एक पटक सोच्ने की निर्मला पन्तको ठाउँमा तपाई हाम्रो छोरी थिईन भने हामीलाई कति पीडा हुन्थ्यो ?
म आफै अहिंसा, सत्य र न्यायको पक्षमा हिड्ने मान्छे हुँ तर यस्ता अपराधी मानसिमकता भएका मान्छे एक दुई जनालाई नझुन्डाउने हो भभने यस्ता मानसिकताले प्रसय पाईराख्ने र छोरी चेली, आमा, दिदीबहिनीहरुको अस्मिता सधैं यसरी नै लुटिरहने देखिन्छ । यसतर्फ सबैले एकपटक सोच्ने की ?
र अर्को कुरा यौन शिक्षाको वारेमा सानैदेखि जानकारी गराई सबैमा यौन सम्बन्धी ज्ञान हुनु जरुरी छ । त्यसैगरि कीशोरीहरुलाई आत्मरक्षाको लागि तालिम अभ्यास र मानसिक रुपमा सक्षम बनाउनु जरुरी छ । फेसन तथा लवाई÷खुवाईमापनि घर परिवार र राज्यले एउटा मापदण्ड बनाएर लागु गर्न सके यसरी कलिला छोरी चेलिको भविष्य र अस्मिता लुटिने थिएन की ?
अपराध विरुद्ध राज्यले लडोस् गरिवका छोरीहरु नलुटिउन र निर्मला पन्तले न्याय पाउन । उन्ले नदेखेपनि अपराधी मानसिकताको अन्त्य गर्न दोसीलाई पत्तालगाई कार्वाही होस् यसमा राज्य नचुकोस् ।
सन्तोष बजगाई
बेलकोटगढी नगरपालिका–९, नुवाकोट ।
सम्बन्धित शीर्षकहरु