एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा

प्रहरी भित्रका समस्या पहिचान गर्न विज्ञ टोली देशैभर, पुरस्कारसँगैं कारवाही प्रक्रिया तीव्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ३ गते, बुधबार ०५:४२

काठमाडौं– पछिल्लो चार महिनामा नेपाल प्रहरीका करिव पाँच सय जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । कारबाही पर्नेमा बरिष्ठ प्रहरी उपरीक्षकदेखि कार्यालय सहयोगीसम्म छन् । प्रहरी प्रधान कार्यालयले नियमावली विपरित काम गर्ने ४ सय ९४ जना प्रहरीलाई कारबाही गरिएको जानकारी दिएको छ  । प्रधान कार्यालयका अनुसार वैशाखमा २ जना बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सहित १ सय ६५ जना कारबाहीमा परेका थिए । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा एसएसपी दिवेश लोहनी र एसएसपी श्याम खत्री निलम्बनमा परेका थिए । संगठनको नीतिविपरित कार्य गरेको भेटिएपछि मुख्यालयले वैशाखमा ४ प्रहरी कर्मचारीलाई बर्खास्त गरेको थियो । त्यसैगरी विभिन्न दर्जाका ७५ प्रहरीलाई नसिहत दिइएको थियो  । १२ को ग्रेड रोक्का, ९ को ग्रेड घटुवा, ९ को पदोन्नति रोक्का, एक जनाको पद घटुवा र २२ जनालाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यसैगरी जेठमा ३६ जना प्रहरीलाई कारबाही गरिएको छ ।

असारमा १ सय ६५ जना प्रहरी कारबाहीमा परेका छन् । तीमध्ये १४ जना निलम्बनमा परेका छन, भने बाँकीलाई कसुर अनुसारको कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै साउनमा पनि १ सय २९ जना प्रहरीलाई विभिन्न कारबाही गरिएको छ । प्रहरी नियमावली विपरित काम गर्ने र नियमित कार्यमा ध्यान नदिने प्रहरीलाई कारबाही गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए । ‘संगठनको नीति–नियमभन्दा बाहिर जाने जोसुकैलाई पनि नछाड्नू भन्ने आइजीसाबको स्पष्ट निर्देशन छ,’ प्रवक्ता थापा क्षेत्रीले भने । महानिरीक्षक नियुक्त भएपछि सर्वेन्द्र खनालले संगठन सुधारका लागि १० बुँदे योजना सार्वजनिक गरेका थिए । ‘ती योजना प्रत्येक प्रहरी कार्यालयका भित्तामा छन,’ प्रवक्ता थापा क्षेत्रीले भने, ‘प्रहरीको सेवा खोज्दै आएकालाई न्यायसम्मत तरिकाले सम्बोधन गर्नू, त्यसो नगरे कारबाहीको भागेदार हुनुपर्छ भन्दै केन्द्रदेखि जिल्लासम्म सर्कुलर गरिएको छ ।’ नराम्रो गर्नेलाई कारवाही मात्र हैन राम्रो कामगर्नेलाई पुरस्कृत पनि गरिएको छ ।

४ महिनाकै अवधिमा प्रधान कार्यालयले राम्रो काम गर्ने १३५३ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको हो । ‘राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई कारबाही गर्ने आइजीसाबकोे नीति छ,’ प्रवक्ता थापा क्षेत्रीले भने, ‘संगठनको भलो सम्झेर काम गर्ने प्रहरीलाई पुरस्कृत गरेका छौं, यत्रो ठूलो संगठनमा खराब आचरणका केही मानिस हुन सक्छन्, त्यस्तालाई पहिचान गरेर कारबाही गर्दै आएका छौं । प्रहरी कार्यालयमा आउने नागरिकले सन्तोसजन सेवा पाएको प्रहरी प्रवक्ता क्षेत्रिको दाबी छ । प्रहरी प्रधान कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रण चुस्त दुरूस्त पार्न विज्ञ टोली गठन गरि यस अघिनै सो टोलीलाई देशभरीका प्रहरी कार्यालयमा पठाएको थियो ।

प्रहरी महानिरीक्षक भएपछि सर्वेन्द्र खनालले देशभरीका प्रहरी कार्यालय र शान्ति सुरक्षाको अवस्था बुझेर सम्वन्धित विषयका विज्ञ समेटी प्रहरी भित्रका समस्या र अपराध नियन्त्रणलाई थप मजबुद पार्न विज्ञ टोली गठन गरेका हुन । कारागार सुरक्षा, प्रहरी आवास सुविधा र महिला बालबालिकामाथिको हिंसा रोकथाम तथा उनीहरूको पुनस्र्थापनाका बारेमा अध्ययन गर्न सम्बन्धित क्षेत्रमा काम गरेकालाई समेटेर छुट्टा छुट्टै विज्ञ टोली गठन गरेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए । प्रवक्ता थापा क्षेत्रीका अनुसार गठन गरिएको विज्ञ टोलीमा सम्वन्धित विभाग र क्षेत्रमा काम गरेका प्रहरी अधिकारीलाई समावेश गरिएको छ । विज्ञ टोलीले तयार पारेको अध्ययन प्रतिवेदनका आधारमा प्रधान कार्यालय कार्यान्वयनको चरणमा जाने प्रवक्ता थापा क्षेत्रीले बताए । ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन नयाँ योजना र स्रोत साधनको आवश्यकता छ, सोही कुरालाई ध्यान राखी समस्या पहिचान गर्न विज्ञ टोली गठन गरेका छौं’, उनले भने, ‘समितिले तयार पारेको प्रतिवेदनमा टेकेर हामी अघि बढ्नेछौं ।’ शान्ति सुरक्षा कायम गर्न प्रहरीको बन्दोबस्तीदेखि स्रोत साधनले धेरै फरक पार्ने र कुनै पनि काम गर्दा त्यसको गहिराईमा पुग्न ठोष नीति आवश्यकता पर्नाले आइजिपीको अग्रसरतामा टोली गठन भएको उनले जानकारी दिए ।

करिब ७२ हजार जनशक्ति भएको प्रहरी कार्यालयमा भौतिक संरचना अत्यन्तै नाजुक छन् । अझ ७२ सालको भूकम्प पछि अधिकांश प्रहरीको आवास छैन । उनीहरू टहरामै बस्न बाध्य छन् । दिनभरी सडकमा डिउटी गर्ने प्रहरी साँझ चुईने टहरा र त्रिपालमा सुत्न बाध्य छन् । यी र यस्ता समस्यालाई समाधान गर्न प्रहरी प्रधान कार्यालयले आवश्यकता पहिचान गर्न टोली बनाएको हो । प्रहरी तथ्याङ्क अनुसार प्रहरी प्रधान कार्यालयदेखि देशभरीमा गरी २ हजार ३ सय ३५ प्रहरी युनिट छन् । जसमध्ये ८ सय ६२ प्रहरी कार्यालयसँग मात्र प्रहरी ब्यारेक छन्, भने १४ सय ७३ प्रहरी कार्यालयमा कार्यरत प्रहरी टहरा र त्रिपालमा बस्दै आएका छन् । ‘प्रहरीको ब्यारेक नहुँदा र डेरामा बस्दा विभिन्न खालका समस्याहरू आउने गरेका छन्, प्रहरीलाई ब्यारेकमै राख्न पाईयो भने, भनेको बेला सुरक्षामा खटाउन सहज हुने र समयको बचतसँगै तल्ला दर्जाका प्रहरीलाई आर्थिक भार कम हुनाले हामी प्रहरीलाई ब्यारेकमै फर्काउनेमा फोकस छौं,’ प्रवक्ता थापा क्षेत्रीले भने ।

त्यस्तै कारागार भित्रबाटै हुने विभिन्न अवैध धन्दादेखि अपराधका घटना निर्मुल पार्न र कारागार सुरक्षा थप मजबुद कसरी पार्नेबारे सम्बन्धीत क्षेत्रका विज्ञलाई समेटेर अध्यन टोली बनाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै पछिल्लो समयमा महिला तथा बालबालिका माथि हुने हिंशाका घटना बढेपछि त्यसलाई रोकथाम गर्ने र हिंशाबाट उद्धार गरिएकालाई कसरी समाजमा पुर्नस्थापना गर्न सकिन्छ भन्ने बारे अध्ययन गर्न सम्वन्धीत क्षेत्रका विज्ञलाई जिम्मा दिइएको छ । बैदेशिक रोजगारीको बेथिति रोख्न प्रधान कार्यालयले डिआईजी धिरू बस्यातको नेतृत्वमा एउटा समिति गठन गरेको छ । समितिले अहिले काम गरिरहेको छ । ‘प्रहरी सेवा चुस्त दुरूस्त, गुण्डागर्दीको अन्त्य र समाजमा शुसासन कायम राख्न आईजीपी सापबाट प्रदेश जिल्ला र इकाईमा खटिएर जाने प्रहरी कर्मचारीलाई निर्देशन भईसकेको छ,’ प्रवक्ता थापा भन्छन  ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु