रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

यातायात व्यवसायीको रोक्का खाता खुल्दैन : मन्त्री महासेठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १०, बुधबार ०७:४८

शालिक भट्ट,

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सार्वजनिक यातायातको सिन्डिकेट अन्त्यको क्रममा गत वैशाखमा रोक्का गरिएका यातायात समितिको बैंक खाता फुकुवा नहुने बताएका छन्।

यातायात समिति खारेज गरी कम्पनीमा दर्ता गर्न भनि सकिएकाले अब खारेज भएका संस्थाको बैंक खाता फुकुवा नहुने मन्त्री महासेठले बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बताएका हुन्। साथै उनले यातायात समितिको बैंक खातामा रहेको सबै रकम राज्यकोषमा जम्मा हुने जिकिर गरे। ‘संस्था नै खारेज भइसकेपछि त्यो पैसा कुनै पनि हालतमा उनीहरूको हुँदैन, राज्यको हुन्छ । त्यसैले त्यो पैसा अब राज्यकोषमा जम्मा हुन्छ,’ उनले भने, ‘अहिले त्यो पैसा यातायातमै खर्च गर्ने कि अन्य काममा भनेर छलफल भइरहेको छ।’

जनताले सिण्डिकेट खारेजको महसुस गर्न नपाएको बताउँदै उनले मंसिरबाट सिण्डिकेट अन्त्य भएको महसुस गर्ने जनाए। ‘समितिलाई मंसिरसम्ममा कम्पनीमा जाने म्याद दिइएको छ, त्यसपछि सर्वसाधारणले सिण्डिकेट अन्त्यको महसुस गर्न पाउनुहुनेछ,’ उनले भने।

तर, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य भने मन्त्री महासेठले आफूहरुको रोक्का भएको बैंक खाता फुकुवा गरिदिने वचन दिएको बताउँछन्। ‘मन्त्रीज्यूले हामीसँगको भेटमा रोक्का गरिएको सबै खाता फुकुवा गरिदिने बताउनुभएको थियो,’ हाकाहाकीसँग कुरा गर्दै उनले भने, ‘हामीसँग एउटा कुरा गर्नुहुन्छ, बाहिरी अर्को कुरा गर्नुहुन्छ?’

सरकारले खाता फुकुवा नगरे कर्मचारी, विरामी तथा अन्य सबै कुराको जिम्मा सरकारलाई नै लगाउने उनले बताए। ‘कर्मचारीले तलब पाएका छैनन्, दुर्घटनाका घाइतेको उपचारका लागि पैसा नभएर अस्पतालमा उधारो बढेकोबढ्यै छ, त्यो सबैको जिम्मा सरकारले नै लिनुपर्छ,’ उनले भने ।

सरकारले अहिले २ सय ४५ वटा समितिका खाता रोक्का गरेको बताउँदै उनले मन्त्रीसँग छलफल गरेर के गर्ने भन्ने निष्कर्षमा जाने बताए।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु