सुनसान भयो बुद्ध जन्मस्थल लुम्बिनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार १२:४८

लुम्बिनीः हरेक वर्ष लाखौँ पर्यटक आउने बुद्ध जन्मस्थल लुम्बिनी ३९ औँ पर्यटन दिवसको दिन सुनसान भयो । सङ्घीय र प्रदेश सरकार मात्रै होइन स्थानीय सरकारले समेत लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन योजना बनाउने गर्छन् । पर्यटन दिवसका दिन भने लुम्बिनीमा कुनै पनि गतिविधि नहुनु लुम्बिनीको पर्यटन प्रवद्र्धनमा चिन्ताको विषय बनेको छ ।

लुम्बिनी क्षेत्रमा न स्थानीय सरकारले काम ग¥यो न त लुम्बिनी विकास कोषले नै कुनै कार्यक्रम ग¥यो । यो क्षेत्र बिहीबार सुनसानजस्तै भयो । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रदेश नं ५ को विकासको मुख्य आधारस्थलका रुपमा स्थापित हुँदै गएको छ । पर्यटनमार्फत नै विकासको खाका कोर्न सकिनेगरी सरकार पनि अगाडि बढीरहेको छ । नेपाल सरकारले लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटनसम्बन्धी योजना तर्जुमा पनि गरिरहेको छ । दीर्घकालीन र अल्पकालीन योजनाका कारण लुम्बिनी सधँैं केन्द्रमा रहँदै आएको हो ।
उनञ्चालीसौँ पर्यटन दिवस मनाइँरहदा लुम्बिनीको महत्व र गरिमा झनै बढेर गएको छ । अहिलेसम्म ९५ देशका नागरिकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्याङ्कले देखाएको छ । राहदानीसहित आउने पर्यटकको तथ्याङ«कलाई हेर्ने हो भने सन् २०१८ मा सबैभन्दा बढी धेरै श्रीलङ्काली पर्यटकले लुम्बिनी भ्रमण गरेको देखिन्छ । लुम्बिनी भ्रमण गर्ने श्रीलङ्कालीको सङ्ख्या ३७ हजार १३ छ । यसैगरी दोस्रोमा थाइल्यान्ड छ । यस वर्ष १४ हजार ७७९ थाइल्याण्डवासीले लुम्बिनी भ्रमण गरेको विकास कोषका सूचना अधिकृत हरिध्वज राईले बताउनुभयो । लुम्बिनीमा ९३ हजार ४०५ विदेशी राहदानीवाहक नागरिकले लुम्बिनी भ्रमण गरेको देखिन्छ ।
यता लुम्बिनी आउने भारतीयको सङ्ख्या पनि बढिरहेको छ । उनीहरुलाई राहदानी नभए पनि नेपाल आउन सक्ने अनुमति भएको हुँदा उनीहरुको सङ्ख्या झन् बढी भएको हो । कोषको सूचना शाखाका अनुसार एक लाख ६ हजार ५९८ भारतीयले यस वर्षको अगष्टसम्म लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी भ्रमण गर्ने नेपाली पनि दिनप्रतिदिन बढ्दै गएका छन् । सन् २०१८ जनवरीदेखि अगष्टसम्म सात लाख ७७ हजार १८९ नेपालीले लुम्बिनी भ्रमण गरेका छन् । यसरी लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
पर्यटक बढे पनि व्यवस्थापन फितलो भइरहेको छ । सन् १९७८ मा जापानी वास्तुविद् प्रा केञ्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना ४० वर्ष बितिसक्दा समेत अझै पूरा हुन सकेको छ्रैन । सरकार र लुम्बिनी विकास कोषले बारम्बार गुरुयोजनानुसारको काम दुई चार वर्षमा पूरा हुने भनेर सार्वजनिक रुपमा घोषणा गरिरहे तापनि त्यो व्यवहारमा लागु भएको छ्रैन ।
कोषका सदस्य सचिवको समेत जिम्मेवारी सम्हालिरहनुभएका योजना प्रमुख इ सरोज भट्टराईका अनुसार अहिलेसम्म गुरुयोजनाको ८० प्रतिशत काम पूरा भएको छ । यसका अतिरिक्त कोषको गुरुयोजनानुसारका १६ किसिमका काम अझै हुन बाँकी छ । पर्याप्त बजेट भएमा तीन वर्षभित्र अधूरा काम पूरा हुने कोषले जनाएको छ । लुम्बिनी सांस्कृतिक केन्द्रको प्रत्येक भवनको रु ३० करोडका दरले बाँकी रहेका ६ भवन, पार्किङ, उ थान्त अडिटोरियम हल, जलस्तम्भ, गुरुयोजना क्षेत्रभित्र जलआपूर्ति प्रणाली, विहार क्षेत्रभित्र पदमार्ग , क्याम्पिङ्, कर्मचारी आवास, कालोपत्रे सडक, सर्भिस रोड, ढल निकास, हरहवा, तेलार खोला डाइभर्सन, उत्तर र दक्षिण पोखरी निर्माण, ६ जोडी सिम्बोलिक पेभिलियन, हाइस्कूल कम्प्लेक्स, विद्युत् आपूर्ति प्रणाली, दूरसञ्चारलगायत काम बन्न बाँकी छन् । गुरुयोजनानुसार काम हुन बाँकी भइरहँदा लुम्बिनीमा केही गुरुयोजना विपरीतका काम भने छिट्टै सम्पन्न भएका छन् ।
यद्यपि कोषका सदस्य सचिवको समेत जिम्मेवारी सम्हाल्नुभएका इ भट्टराईले अबको तीन वर्षभित्र सरकारले पर्याप्त बजेट नदिएमा कतैबाट क्रृण लिएर भए पनि केन्जो टांँगेको गुरुयोजनानुसारको काम सम्पन्न गरिने दृढता व्यक्त गर्नुभयो । । ‘उहांँले भन्नुभयो, “बाँकी योजना पूरा गर्न रु ६ अर्ब चाहिनेमा सरकारले चालु वर्षमा जम्मा रु ५७ करोड छुट्टाएको छ तथापि हामी क्रृण लिएर भए पनि तीन वर्षमा योजना पूरा गर्न चाहन्छाँैं ।”
सन् १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने गरी सरकारले गृहकार्यसमेत शुरु गरेको छ । त्यसका अतिरिक्त लुम्बिनीमा टांँगेको गुरुयोजना पूरा नहुँदै थप दुई गुरुयोजनाका विषयमा पनि अभ्यास हुन थालेको छ । कोरियाली प्रा डा क्वाक युन हुनले लुम्बिनी विश्वशान्तिग्रामको गुरुयोजना अगाडि सार्नुभएको छ । क्वाकको योजना मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । नेपाल सरकारले कोषकै उपाध्यक्षको नेतृत्वमा रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई जोडेर बृहत्तर लुम्बिनी गुरुयोजनाको गृहकार्य गरिरहेको छ ।
इपू तेस्रो शताब्दीदेखि अहिलेसम्म लाखौंँ धर्मालम्बी तथा पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । इपू २४९ तिर सम्राट् अशोक आफ्ना गुरू उपगुप्तको नेतृत्वमा बुद्धको जन्मस्थल लुम्बिनी आएको तथ्य कुण्डलबदन तथा अशोकस्तम्भको अभिलेखले पुष्टि गरेका छन् ।
चिनियाँयात्रीमध्ये पाँचौँ र सातौंँ शताब्दीमा लुम्बिनी आएका सुइ–चिङ–चु, फाहियान र हु एन–साङले यहाँको वस्तुस्थिति र परिवेशबारे उल्लेख गरेका छन् ।
फाहियानका अनुसार मायादेवीले स्नान गरेको पोखरी, उत्तरपट्टि २० पाइला हिंँडेको र रूखको हाँगा समातेको जस्ता घटनाक्रम उनले देखेका थिए् । हुएन–साङले ऐनाजस्तो सफा फूल फूलेको स्नान तलाउ ९पुष्करिणी तलाउ०, लडेको अशोकवृक्ष, स्तूप आदि देखेको विवरण यात्रावृत्तान्तमा समावेश गरेका छन् । यहाँ प्राप्त कलावस्तु एवं पुरावशेषले प्राचीनकालदेखि पालसेनकलाको प्रभावसमेत रहेको पुष्टि गरेकाछन् । पूर्वमध्यकालमा खसान प्रदेशका रिपु मल्ल यहाँ आई अशोकस्तम्भमा आफ्नो नाम उत्कीर्ण गराएका थिए । सिकन्दर लोदी ९१४८९–१५१७० र औरड्डजेव ९१६६८–१७०७० को आक्रमणले कपिलवस्तु र देवदहमा जस्तै लुम्बिनीका पनि विभिन्न कलावस्तु विनाश गरिएको तथ्य संस्कृतिविद् प्रा डा गितु गिरीले बताउनुभयो ।
युवराज सिद्धार्थले २९ वर्ष बिताएको शाक्यवंशको ऐतिहासिक पुरानो राजधानी तिलौराकोट, कपिलवस्तु, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, शाक्यमुनि गौतमको अस्थिधातु रहेको रामग्राम, बुद्धको मावली प्राचीन कोलिय राज्यको राजधानी देवदह, क्रकुन्छन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीसंँग साँस्कृतिक एवं ऐतिहासिक दृष्टिले जोडिएका क्षेत्र हुन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु