रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा, वैदेशिक रोजगारीबाट फर्किएका कामदारको तथ्यांक संकलन सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १६, मंगलवार ०३:३८

काठमाडौँ – सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली पूर्ण रुपमा संचालनमा ल्याएको छ । सोमबार श्रम कार्यलय ताहाचलमा एक कार्यक्रम गरि श्रम मन्त्रालयका वैदेशिक रोजगार शाखा प्रमुख सह सचिव कृष्ण ज्ञवालीले उक्त प्रणालीको सुरुवात गरेका हुन् । यो प्रणाली सुरुवातसंगै अबदेखि कामदारले आफ्ना गुनासा ’बैदेशिक रोजगारी’ मोबाइल एप मार्फत नै जानकारी लिन सक्नेछन् । कुनै पनि व्यक्तिको उजुरी वा गुनासो पनि अनलाइन सिस्टममा अभिलेखका रुपमा रहनेछ र सो अनुरुप कारवाही प्रक्रिया अगाडी बढ्ने जनाइएको छ । यसअघी उक्त अनलाइन प्रणाली गत भाद्र २५ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले उद्घाटन गर्दै असोज १५ बाट संचालनमा आउने जानकारी दिएका थिए ।

अनलाइन प्रणाली सुरुवात भएसँगै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारको तथ्यांक संकलन आजैबाट सुरुवात गरिएको श्रम मन्त्रालयले जनाएको छ । यसभन्दा अगाडि श्रम स्विकृति लिएर जाने नेपाली कामदारको तथ्यांक मात्र सरकारले लिने गरेको थियो । अबदेखि यस अनलाइन प्रणालीबाट विदेशबाट  फर्किएका कामदारको विवरणका साथै उनीहरुले विदेशमा सिकेको सिपबारे पनि एरपोर्ट मा नै तथ्यांक संकलन हुनेछ ।

एकीकृत अनलाइन प्रणालीबाट राहदानी विभाग, श्रम विभाग, अध्यागमन विभागलगायत वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कार्यालय र नियोगबाट कम्प्युटरमा पासपोर्ट नम्बर क्लिक गर्नेबित्तिकै कामदारको सबै विवरण हेर्न सकिनेछ । यस प्रणालीअन्तर्गत श्रम मन्त्रालय र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परीक्षण संस्था तथा अभिमुखीकरण केन्द्र रहनेछन् ।

यो प्रणाली लागू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको सम्पूर्ण विवरण पासपोर्ट नम्बरकै भरमा हेर्न पाइनेछ। कामदारको सम्पूर्ण तथ्यांक अनलाइनबाटै हेर्न मिल्ने भएकाले म्यानपावर कम्पनीले कामदारलाई ठगी नियन्त्रण गर्न सहयोग पुग्ने श्रम मन्त्रालयले दाबी गरेको छ । साथै मन्त्रालय अन्तर्गतका कुन संस्थाका फाइल तथा काम कहाँ पुगेर अड्किएको छ र प्रक्रिया के भइहेको छ भन्ने जानकारी पनि लिन सकिनेछ ।
यस प्रणालीको पूर्ण कार्यान्वयन पश्चात आप्रवासी कामदारहरुले अनलाइनबाट नै श्रम स्वीकृतिको फाराम भर्न र पेश गर्न सक्ने, श्रम स्वीकृतिका चरणहरुको प्रगति स्थिति अनलाइनबाट नै थाहा पाउन सक्ने, आफ्नो श्रम स्वीकृति भए नभएको कुरा तथा पूर्व स्वीकृतिको विवरण मोबाइल,एसएमएस ,वेबसाइट र एपबाटैजानकारी लिन सक्नेछन् । विभागमा दर्ता भएका उजुरीहरुको अवस्थाका बारे पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।
वैदेशिक रोजगारमा गएका कामदारहरुको फोटो र बायोमेट्रिक सहितको विस्तृत विवरण रहने यस प्रणालीमा वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण गुनासा र उजुरीहरुको पनि विद्युतीय अभिलेख रहनेछ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित श्रम कक्षमा श्रम स्टिकर र बायोमेट्रिक विवरण रुजु गर्न एवं श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न सम्पूर्ण कर्मचारीहरुको कार्यसम्पादनको विवरण विद्युतीय रुपमा राख्न समेत यस प्रणालीले मद्दत पुर्याउने विश्वास मन्त्रालयले लिएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु