भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

कलंकी–नागढुंगा–नौबिसे सडक पार गर्न १२ घन्टा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १८ गते, बिहीबार ०९:२१

काठमाडौं । दशैंको चहलपहलसँगै यात्रु बाहिरिने क्रम पनि सुरु भएको छ । दशैंको लागि टिकट बुकिङ सुरु भएपश्चात् करीब ६ लाख यात्रु बाहिरिसकेको यातायात व्यवसायी सङ्घका महासचिव सरोज सिटौलाले बताएका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ग्रामीण रुटका बसहरु काठमाडौं झिकाइएको महासचिव सिटौलाले बताए ।

नौबिसे नागढुङ्गा सडक खण्ड बिग्रिएकाले यसले आवागमनमा समस्या बनाएको सिटौलाको भनाइ छ । ‘ग्रामीण सडकहरु अवरुद्ध छन्, बाटो राम्रो बनेको छैन,’ उनले भने, ‘बस छुटेर मात्र हुँदैन, बाटो असजिलो हुदाँ गन्तव्यमा पुग्न यात्रुलाई गाह्रो भएको छ ।’ सबै निकाय मिलेर अगाडि बढेमा दशैंमा यात्रुलाई कुनै पनि समस्या नहुने सिटौलाले बताए । यसका लागि प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, व्यवसायी, यात्रु, पत्रकार सबैले सकारात्मक भूमिका निभाउनुपर्नेमा उनले जोड दिए ।

दैनिक २ हजार बस उपत्यकाबाट बाहिरिने गरेकोमा अहिले ३ हजारदेखि ३५ सयको हाराहारीमा बस बाहिरिन थालेका छन् । उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यालाई ध्यानमा राखी फूलपातीदेखि दैनिक ६ हजारसम्म बस सञ्चालनमा ल्याइने सिटौलाको भनाइ छ । अहिलेसम्म ५० प्रतिशत टिकट विक्री भइसकेको र बाँकी टिकट विक्री हुने क्रम जारी रहेको सिटौलाले बताएका छन् ।

कलंकी–नागढुंगा–नौबिसे सडक पार गर्न ८ देखि १२ घन्टा 

कलंकी–नागढुंगा–नौबिसे–धार्केसम्म आइपुग्न घन्टौ लाग्ने गरेको छ। यसरी घण्टौँ लाग्न थालेपछि यात्रु भन्न थालेका छनु, ‘मानु मा¥यो कलंकीको जामले’ , अन्य समयमा एक घन्टामा पार गर्न सकिने यो सडक करिब २६ किलोमिटरको यो सडक खण्ड छिचोल्न अहिले ८ देखि १२ घन्टासम्म लाग्न थालेको छ ।

एक सातादेखि यात्रुले यो सडक खण्डमा ट्राफिक जामको सास्ती खेप्नुपरेको छ। खाल्डाखुल्डी परेर बिग्रिएको सडकमा अहिले सवारीसाधन बन्द गरेर मर्मतको काम थालिएको छ। मर्मतका लागि भन्दै यो सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म गाडी बन्द गरिएको छ। राति गाडी चलाउन रोक लगाएर सडक मर्मत थालेपछि जाम बढ्दा यात्रुले झन् सास्ती खेप्नुपरेको हो।

राति रोकिएका गाडी बिहान एकैपटक छुट्दा जाम हुने गरेको छ। साघुँरो, उकालोओरालो, घुमाउरो मोड रहेको नौबिसे नागढुंगा सडकखण्डमा दैनिक ट्राफिक जामले यात्रु आजित छन्। राजधानी भित्रिने र राजधानीबाट पूर्वपश्चिमका जिल्ला जाने यात्रु जामको मारमा परेका छन्।

कंलकीदेखि नागढुंगा निस्कनै चारदेखि छ घन्टासम्म लाग् छ। कलंकीदेखिको ट्राफिक जाम धार्के हुँदै सिम्लेसम्म आइपुगेपछि बल्ल कम हुन्छ । चाडपर्वमा खाद्यान्नलगायत सामग्री लिएर राजधानी हिँडेका मालवाहक ट्रक उकालो बाटोमा बिग्रिँदा पनि जाम झनै बढेको छ।

देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने त्रिभुवन राजपथको नौबिसे–नागढुंगा खण्डको यात्रा अहिले कहालीलाग्दो बन्न थालेको छ । चाडपर्वको समयमा सवारीसाधनको चाप बढ्दा जाम दोब्बर भएको छ।कलंकीदेखि नागढुंगासम्म करिब ९ किलोमिटर र नागढुंगादेखि सिम्लेसम्म २० किलोमिटर यात्रा गर्न अहिले दिनभर यात्रा गर्नुपरेको यात्रु बताउँछन् । नागढुंगादेखि कलंकीसम्म सडक फराकिलो पार्ने भन्दै खनेर अलपत्र छाडिएको छ। यसले पनि जाम हुने गरेको छ । ठाउँठाउँमा सवारीसाधन बिग्रिदा र जीर्ण सडकका कारण ट्राफिक जाम हुने गरेको ट्राफिक प्रहरीको भनाई रहेको छ

साँघुरो बाटो भएकाले एम्बुलेन्ससमेत जाममा पर्दा बिरामीलाई समयमै अस्पताल पु-याउन सकिएको छैन । दुवैतर्फको जामले एम्बुलेन्स छिर्ने ठाउँ नपाउँदा पीडामाथि पीडा थपिने एम्बुलेन्स चालक बताउँछन्।भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लगिँदै गरेका एक बिरामीको ट्राफिक जामका कारण एम्बुलेन्समै मृत्यु भएको छ । नौबिसे–नागढुंगा सडक खण्ड पार गर्न घन्टौं लागेपछि चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरी एम्बुलेन्समै ज्यान गएको हो।

भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि चौधरीलाई काठमाडौं रिफर गरिएको थियो । चौधरीलाई बोकेर आएको एम्बुलेन्स मुस्किलले पृथ्वी राजमार्ग पार गरेको थियो । त्रिभुवन राजपथमा पर्ने धुनीबेसी नगरपालिकाको टायलघरमा पुगेपछि चार घन्टासम्म जाममा बस्नु परेको थियो । जाममै फसेका बेला बिरामी बुधबार बिहान करिब १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंदेखिको ट्राफिक जाम पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिकाको सात किलो भन्ने ठाउँसम्म पुगेको थियो।

दशैंमा विशेष ट्राफिक व्यवस्थापन 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि यस वर्ष दशैंमा करीब २२ देखि २५ लाख यात्रु बाहिरिने भन्दै सोहीअनुसार ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराईले चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यस्थित तवरले गन्तव्यसम्म पुर्याउन विशेष अभियान सञ्चालन गर्न लागेको बताए ।

“लामो दूरीका सवारीसाधनमा दुईवटा चालक भए नभएको, ‘रिफ्रेस’ सेन्टरमा सवारीसाधन लगे नलगेको, चालकबाट सवारीसाधन चलाए नचलाएलगायतका जाँच गर्छौं”, उनले भने । त्यस्तै मादकपदार्थ सेवनबाट दुर्घटना धेरै हुने गरेको भन्दै ट्राफिक प्रहरीले देशभर दिउँसोको समयमासमेत मादक पदार्थ सेवन गरेको नगरेकोबारे परीक्षण गर्न लागेको छ । निर्देशनालयले देशभरका १४ सडकखण्डमा टाइम कार्डसमेत लागू गरिसकेको छ । टाइम कार्ड लागू हुँदा निश्चित समयमा गन्तव्यस्थलसम्म पुग्नुपर्ने भएकोले दुर्घटना न्यूनीकरण हुनेछ ।

नागढुङ्गा–चितवन, बल्खु–हेटौँडा, काठमाडौँ–सिन्धुलीलगायतका क्षेत्रमा आउँदै गरेका पर्वलाई लक्षित गरेर थप जनशक्ति खटाइएको निर्देशनालयले जनाएको छ । लामो दूरीका सवारीसाधनलाई भने अनिवार्यरुपमा रिफ्रेस सेन्टरमा सवारीसाधन लैजानुपर्ने व्यवस्था गरिएको छ ।

काठमाडौँमा भने १३ स्थानमा यात्रु सहायता कक्ष यसअघि नै स्थापना गरेर सेवा प्रदान गरिएको छ । कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिसकिएको छ ।

तोकेभन्दा बढी भाडा लिए जानकारी गराउन अनुरोध 

सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । ूअनुगमनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र उपभोक्तावादी सङ्घ संस्थाका प्रतिनिधि रहेको समूह परिचालन गरिनेछ, अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कानून बमोजिम कारवाही हुनेछ,” यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने ।

प्रवक्ता उपाध्याय परिचालकले टिकट नदिए सवारी नं सहित विभागको फ्याक्स नं सहित ४४७४९२२, फोन नं ४४७९६९० र info@dotm.gov.np  मा उजुरी गर्न सकिने बताउछन् । यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नं ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिनेछ । कार्यालयकै फ्याक्सन नं. ११०० मा सवारी नं। सहितको विवरणको उजुरी गर्न सकिनेछ ।

प्रहरीको टोल फ्रि नं १०१ र १०३ मा पनि बढी भाडा लिएको, दशैँमा अग्रिम टिकट बुकिङमा कालोबजारी, बढी भाडा लिएको आदि गुनासाको उजुरी मौखिक वा लिखित रुपमा गर्न सकिने जनाइएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु