हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

विश्व हुलाक दिवस : चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २३ गते, मंगलवार १५:१३

काठमाडौँ : कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन । प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकतानुसार चल्न नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्र सूचना र प्रविधिको माध्यम परिवर्तन भएकाले सेवा आधुनिकीकरण गर्नसके अझै हुलाकको आवश्यकता छ भन्छन्। मंगलबार १४४औँ विश्व हुलाकदिवस मनाइएको छ । दिवस मनाइरहँदा यसको सेवा चुस्त हुन नसकेकामा चिन्ता प्रकट गरिएको छ । अघिल्लो वर्षको तुलनामा गतवर्ष हुलाकमा चिठीपत्र आदानप्रदान ३ दशमलव ४ प्रतिशतले घटेको गोश्वारा हुलाक कार्यालय काठमाडाँैका प्रमुख हुलाक अधिकृत वेदप्रसाद भण्डारीले बताए । नेपालमा विभिन्न चुनौतीका बीच काम गर्नुपरेकाले सेवा प्रभावकारी बनाउन नसकेको भण्डारी बताउँछन् । यद्यपि चुनौतीका बीचमै हुलाकको पार्र्सल (पुलिन्दा) तथा व्यावसायिक सेवामा आकर्षण बढेको भण्डारी दाबी गर्छन् ।

गएको वर्ष पार्सल १२ दशमलव ५ प्रतिशतले बढेको थियो । हुलाकको कूल रु ५० करोड राजश्व मध्ये पहिलो नम्बरमा द्रुतडाँक सेवा, त्यसपछि पार्सल र चिठीपत्रबाट न्यून आउने गरेको छ । “चिठीपत्र घट्दो छ, पार्सल र व्यावसायिक सेवाको माग बढ्दो छ, भण्डारीले भने, “व्यावसायिक सेवा दिने हो भने अझै हुलाकको प्रभावकारिता रहन्छ, अब व्यावसायिकतामा जानुको विकलप छैन ।” जापानमा दूधलगायत खाद्यसेवा हुलाकबाटै उपलब्ध हुन्छ । भुटानमा हुलाक बस सेवा छ जुन कोलकत्तासम्म जान्छ । नेपालमा पनि यस्ता व्यावसायिक सेवा ल्याउनु जरुरी देखिन्छ । नेपालमा उपत्यकाको तीन जिल्लामा शुरु भएको घुम्ती सेवासमेत देशव्यापी बनाउन सकिएको छैन ।

हुलाक सेवा विभागका महानिर्देशक आनन्दराम रेग्मी हुलाकको गरिमा र महत्व कायम राख्न कर्मचारी एकजुट भएर लाग्नुपर्ने बताउँछन् । स्थिर सरकार भएकाले पनि सेवा प्रभावकारी हुने आशा उनको छ । गोश्वारा हुलाकका अनुसार ३० प्रतिशत दरबन्दी रिक्त हुनु, प्रविधिलाई आत्मसात् गर्न नसक्नु, सेवा रुपान्तरण गर्न नसक्नु, बजेटको अभाव तथा हुलाकप्रति हेर्ने दृष्टिकोण नै नकारात्मक हुँदा समस्या परिरहेको छ । सेवा विस्तार गर्न सरकारले बनाएको हुलाक सुधार कार्यदलका संयोजक राजेन्द्रप्रसाद शर्मा सञ्चार क्षेत्रको पुरानो सेवा दयनीय बन्दै गएकाले स्वायत्त संस्थाका रुपमा विकास गरी सेवा समयानुकूल बनाउनुपर्ने बताए। कार्यदल यसैमा केन्द्रित रहेर काम गरिरहेको उहाँले जानकारी दिए ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक बालकृष्ण घिमिरे हुलाक सेवा सरकारको प्राथमिकतामा नपरेको बताउनुहुन्छ । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनका अध्यक्ष टङ्क हुमागाई प्रविधिमैत्री बनाउँदै अन्य देशका हुलाकले झै सेवा दिनु जरुरी रहेको आँैल्याए । तथ्याङ्कअनुसार विश्वमा १९२ देशको छ लाख कार्यालयमा ५३ लाख हुलाककर्मी छन् । कुनै समय चीन र इजिप्टमा हुलाक सेवाको संरचना बनेको थियो । आधुनिक हुलाक सेवाको शुरुआत सन् १६३५ बाट भएको हो । सन् १८७८ मा विश्व हुलाक संघ स्थापना भएको थियो ।

नेपालमा भने १९३५ बाट हुलाक सेवा शुरु भएको हो । सन् १९५६ मा नेपालले विश्व हुलाक संघको सदस्यता लिएको थियो । हाल ७० जिल्लामा ८४२ इलाका र ३ हजार बढी अतिरिक्त हुलाक कार्यालय छ । त्यस्तै १७ हजार जनशक्ति परिचालित छन् । नेपालबाट ३९ देशमा द्रुत डाँकसेवा सञ्चालनमा छ ।

विभिन्न कार्यक्रम गरी दिवस मनाईयो

राजधानीमा आज १४४औं विश्व हुलाक दिवस हुलाकसेवा विभाग र गोश्वारा हुलाक कार्यालयले विभिन्न कार्यक्रम गरी मनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्रले चिठीमा टाँचा लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए। सोही सन्दर्भमा मंगलबर काठमाडौमा हुलाकमा उत्कृष्ट सेवा पु¥याउने कर्मचारीलाई सम्मान गरियो । पुरस्कृत हुने कर्मचारीमा जुजुकाजी डंगोल, नन्दा पौडेल, दिपक घिमिरे छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु