संसारमा अविरल सास्कृतिक धारा निरन्तर चलिरहेको छ । यो त पुस्ता पुस्ता भित्रको संरचानामा घुलमिल भएर परिवर्तन हुने न हो । नयाँ आउँछ पुरानो विलाउँछ । आउनु र विलाउनुको चक्रमा यो समाज चलेको छ । धर्ति छ, धर्तिमा प्राणीहरु र प्राकृतिक बैभवको अनुभूती भैरहन्छ र जीवन चलिरहन्छ ।
मानव समाज प्रकृतिको अनौठो र रोचक प्रस्तुती हो । सायद यो नभएको भए यो जगतको अवस्था कस्तो हुनेथियो भन्ने कल्पना गर्न सकिने ठाउ नै छैन । जेहोस समाज छ, समाज भित्र हाम्रो उपस्थिति छ, यसै उपस्थितिमा विभिन्न चालचलन रीति रिवाज र संस्कृति छन् । यि सवै सामाजि व्यवहारिकता मात्र हुन् । यो व्यवहारिकताले चरणवद्ध रुपमा विभिन्न आयाममा फन्को मारिरहेको हुन्छ । यसै परिवेश भित्र घुमिरहने एउटा चाढ पर्वको रुपमा बढा दशै अहिले घरघर भित्रिने क्रममा छ । यसलाई विश्व समूदायमा कतिले महसूस गर्दै गर्दैनन् भने कतिले त यसवाट पररहन खोजिरहेका हुन्छन् । यद्यपी यो चाढ भनेको विश्व मानव समूदायको झण्डै तीन चौथाईलाई प्रभावित गर्ने चाढ हो । यो चाढ धुमधामसंग सामाजिक एकता शान्ति र मैत्रीको साझा पर्वको रुपमा मनाईन्छ र यसरी नै यो चाढलाई ग्रहण गर्नुपर्छ ।
नवारात्र एवं विजया दशमी
दशै अथवा बढा दशैँ जे भनेपनि यो चाढको नाम दशहरा, विजया दशमी नवरात्र आयुध पूजाको नामले नेपाली समाजले मनाउने गरेको छ । यो चाढ आश्विन शुक्ल प्रतिपदाको दिन जमरा राखी नवमीसम्म नौ दिन शक्तिको पूजा आराधना गरेर मनाईन्छ । दशौँ दिन नौ दिनसम्म भएको पूजाको प्रसादी तथा जमरा लिएर सवै आफन्त जनलाई आशिरवाद दिदै लिदै सम्पूर्णतामा सकारत्मक कृयाशीलता रहने र दिर्घ जीवन एवं सम्बृद्धि, शुख शान्तिको कामना गर्दै आशिष दिने र लिने चलन पनि छ । यसरी पूजा सकिएको नवौ दिन पछिको पर्सादी विशेष गरेर दशमीको दिन लगाईन्छ तापनि टाढा टाढावाट आफन्तहरु आउने समयकै कारणले हुनपर्छ कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टिका र आशिर्वाद लिने चलनछ ।
प्रतिपदा देखि नै भिन्न भिन्न रुपका दैवि शक्ति क्रमशः शैलपुत्रि, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायिनी, कालरात्री, महागौरी र महासरस्वतीको विशेष पूजा अर्चना गरिन्छ । दशमिको दिन निम्न अनुसारको परम्परागत आशिर्वचनले टिका जमरा लगाउने चलन छ :
आयुद्रोण सुते श्रीयं दशरथे शत्रु क्षयं राघवे,
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्त दुर्योधने,
दानं सूर्यसुते बलं हलधरे सतिश्च कुन्ती सुते.
विज्ञानं विदूरे भवन्ति भवतां कृतिश्च नारायणे
महाभारत कालका द्रोणको छोराको जस्तै आयुहोस भनेर आशिरवाद दिईन्छ र उनलाई चिरञ्जिवी हुन् पनि भनिन्छ तर कहाछन् त उनि के द्रोणको छोरालाई कसैले भेटेको छ । त्यस्तै नभेटिने नदेखिने खालको जीवन भयो भने पनि के काम । त्यस्तै दशरथ राजाको जस्तो इज्जत होस भनिन्छ । उनले पनि आफ्नो रामजस्तो छोरालाई वनवास पठाएर अकाल मृत्यू वरण गर्नुपरेको थियो । कथाले त्यसै भन्छ भने उनको इज्जत प्रतिष्ठाले कतिसम्म थेग्ला ? राघव भनेका रामनै हुन् उनले शत्रुमाथि गरेको विजय जस्तै विजयश्री रहोस भनिन्छ ।
हो रामले त जिते तर कति जिते ? फर्किने वित्तिकै आफ्नी पटरानी सीतालाई त्याग्नु परेको थियो भने, सीताले पनि आफ्ना दुई कुमारलाई ऋृषिको कुटीमा जन्मदिएकी थिईन । फेरी नहुस राजाको जस्तो सम्पत्ति होस, हावाको जस्तो गति होस, दुर्योधनको जस्तो मान पाउनु, सूर्यका छोरा कर्ण जस्तो दानी हुनु, बलराम जस्तो बलियो हुनु, कुन्तीको छोरा युधिष्ठिर जस्तो सत्यवादी हुनु, विदूर जस्तो ज्ञानी र विद्वान हुनु, यसै गरि त्रिभूवनमा जसरी नारायणको किर्ती छ त्यस्तै किर्तिवान हुनु भन्ने माथिको मन्त्रले अथ्र्याउँछ ।
यसरी आशिर बचन दिदा महिलालाई छुट्टै मन्त्र पढ्ने चलन पनि छ :
भद्रमस्तु शिवँ चास्तु महालक्ष्मी प्रसीदतु
रक्षतु त्वाँ सदा देवा आशिष सन्तु सर्वदा
यसको भावार्थमा सधै भद्र रहनु शिवजीको दृष्टि पनि परिरहोस, कल्याण होस लक्ष्मी प्रसन्न होउन सदैब देवता अथवा असल व्यक्तित्वहरुले रक्षा गरिरहुन, (प्रगति र उन्नती, शुख शान्तिको लागि) प्रसिद्ध व्यक्तित्वको आशिरवाद लागिरहोस भन्ने नै हो ।
यस्तै अर्को श्लोकको आशिर वचन यस्तो छ :
जयन्ति मंगला काली भद्राकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोस्तुते
यो देविको प्रार्थना हो स्त्री जातीलाई देविको अवतारको रुपमा पूँजन गरिने भावनात्मक अर्थ यसले राख्छ ।
यहाँ ः जयन्ति, मंङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा, नामले प्रसिद्ध तिमिलाई नमस्कार छ । यसरी स्त्रीजातीलाई देविको रुपमा पूजा समेत गरेर शक्तिको आराधना गर्ने हाम्रो प्रचलन छ ।
त्यस्तै भगवतीकै पूजा र आशिर्वचनको लागि अर्को मत्र यसरी पढ्ने गरिन्छ :
जय त्वँ देवी चामुण्डे जय भूतार्तिहारिणी
जय सर्वगते देखि कालरात्री नमोस्तुते
स्त्री जातीलाई आशिर्वचनको लागि यो पनि प्रयोग हुन्छ । हुनत पूरुष स्त्री दुवैलाई आशिर्वचनमा यो प्रयोग गर्ने गरिएको पनि छ । यसले ः देवी चामुण्डे ! तिम्रो जय होस, सम्पूर्ण प्राणीको दुःख हरण गर्ने जगदम्बे ! तिम्रो जय होस, सबमा व्यापक रहने देवी ! तिम्रो जय होस, हे कालरात्री ! तिमिलाई नमस्कार छ । भन्ने मन्त्र पनि पढिन्छ ।
मन्त्र पढ्ने नै क्रममा फेरी :
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके
शरण्येत्य्रंम्वके गौरी नारायणी नमोस्तुते
यो मन्त्र पनि अशिरवचनमा प्रयोग हुने मन्त्र हो । यसलेः सब मङ्गलमा माङ्गल्यरुप, कल्याण स्वरुपपिणी सवार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने, तीन नेत्रवाली हे गौरी, नारायणी ! तिमीलाई नमस्कार छ ।
यसरी आफुले सकेसम्मको सद्भाव र स्वच्छ सोचका साथ आफन्तहरुलाई आशिर्वाद दिएर टिका प्रसाद लगाई दिने चलन परम्परा गत हो । खास गरेर यो चाढ नारी शक्तिको पूजन र मर्यादा एवं आदरको लागि मात्र नभएर सामाजिक सद्भाव ऐक्यवद्धता र बर्ष भरि कर्तव्य निष्ठ भएर काम गर्ने शुभकामना एवं प्रतिवद्धता पनि हो । हनपनि कुनै पनि व्यक्तिले आफूलाई विचलित नवनाई कर्ममा लागिरहने हो भने देश बनाउनको लागि गारो र अप्ठ्यारो हुन्छ भनेर कहाली लाग्दो सोच बनाई रहनु जरुरी हुँदैन । विकास सहज हुन्छ तर विकास कार्यक्रमको आधार भनेको मनोवेग हो यसलाई सन्तुलित वनाएर परिचालन गर्नु जरुरी छ ।
परिवर्तित सन्दर्भमा दशैँ
कुनै पनि विषयवस्तुले समाज भन्दा पर रहेर परिचालित हुने बाटो नै पाउँदैन । यसैले दशै पनि सामाजिक संस्कार मात्र नभएर यो समाको सम्पत्ति नै हो । कल्पनामात्र गर्दा पनि यस्तै खालको संस्कार अहिलेको समाजले बनाउन धेरै गारो पर्छ । किनभने यसको ताकत प्रभाविलो छ भन्ने कुरामा गहन सोच र गम्भिर्यताको आवश्यकता पर्छ । अहिले जमराले क्यान्सर निको पार्छ भनेर यो प्रयोग भैरहेको छ । यसै जमराले मान्छेको शौभाग्य र सम्बृद्धिको काम पनि त गर्न तर्फ अग्रसर गराउँदो रहेछ नि । यो त हाम्रो परम्परा थियो । तर आज यसको प्रयोग अझ टड्कारो वनेको छ ।
यस्तै भेटघाट र पारिवारिक मिलनको कुरा अझ गहकिलो छ । यसले सवै सामाजिक समस्या र बैमनस्यता समेत समाप्त पारिदिन्छ । विमती विखण्डन सामाजिक रोग हो । यो जतिको खतरनाक रोग त अरु हुनै सक्दैन । किनभने मान्छेले बढि चिन्ताको अवस्थामा पुग्ने वित्तिकै अनेकौँ रोगको शिकार हुनुपर्ने अवस्था आउँछ । यो समस्याको पनि समाधान गर्ने चाढ दशैँ हो ।
फेरी दशैमा रंगिन टिकाको अर्थ के होला त ? त्यो पनि शिरमा बाक्लोसंग लगाएको हुन्छ । यसले जीवन निर्वाहको लागि प्रयोग हुने धान र यसवाट उत्पन्न चामलको यति ठूलो महत्व छ की यसले सवैलाई जीवन दान दिन्छ । यो टिका लगाएर सवैले देख्ने गरि हिड्दा हाम्रो शिर सधै उच्च हुन्छ । कतै फट्याई झै झगडामा फसिरहनु पर्दैन । यो नै संकेत हो र यही अर्थ राख्छ दशैले भनेर हामीले ग्रहण गर्नु पर्छ अनिमात्र हाम्रो समाजले नमूना वनेर सवै समू दर्विलो प्रस्तुती दिन सक्छ र अनुकरणीइ पनि वन्न सक्छ ।
राजनीतिक पार्टीको भूमिका
अहिले राजनीति फेरिएको छ । सामाजिक अवस्थामा फेरिएको राजनीतिलाई सहज वनाउन पैले भन्दा बढी व्यवहारिकताको खाँचो छ । यदा कदा विक्रिति देखिएका छन । यद्यपी ति विक्रितिको निराकरणको लागि पार्टीले आफ्नो सकृयता देखाउनुपर्छ । यस अवस्थामा आएको चाढ सायद २०७२ आश्विन ३ मानै संविधान ल्याएर दशै मनाएको नौलो ईतिहासलाई स्मरण गर्र्दै गाउँ गाउँमा सामूदायिक भवन वनाउने र सामूदायिक भवनमै जमरा राख्ने अनि टिका आदान प्रदान गरेर सवैले आफ्नो सम्पन्नता र देशको सम्बृद्धिका आशिरवाद वा शुभकामना लिने गर्नु वेश हुन्छ । किनभने शक्तिपूजा सामूहिक हुनुपर्छ । घरघरमा त भै हाल्छ तर सामूदायिक भवनमा मनाउने दशै लगायतका सवै चाढको महत्व अझ गहन हुन्छ । यसर्थ दशै नमूना गाउँको नमूना कार्यक्रमको आधार दरो वनाउने चाढ बनाउनु पर्छ । यो कार्यमा सवै पार्टीहरु कृयाशील हुनसकुन् । यसको साथै हिजो आज देखा परेका बलात्कार हत्या र देशलाई विखण्डन गर्ने पाखण्डी प्रबृतिको विनासको लागि हाम्रो समाज ऐक्यबद्ध हुनुपर्छ ।
अन्तमा
समाज चलिरहने बाटो सहज बनिरहन्छ । हाम्रो सोचल यसलाई अप्ठ्यारो मानेपछिमात्र सवै संरचना अप्ठ्यारो वनेको र सरकार चलाउने संयन्त्र पनि यस्तै विकृत सोच अनुसार निकम्मा पनि हुने गरेको देखिन्छ । यसर्थ यो दशैले सवैलाई सही सोच सहि काम सहि व्यवहार सिकाउने काम गरोस । सवैको शुख शान्ति र संम्बृद्धि तथा देशको दु्रत संम्बृद्धिको लागि यो चाढ घरघरमा आओस सवैलाई यो नै शुभकामना ।
बाटो खोल्नुछ कर्मको खुरु खुरु निर्माणहोस देशमा
चाँढै बन्दछ गाउँ गाँउ नमूना लागौ सवै कर्ममा
आयको छ बढा दशै घर घरै पेवा कसैको नहोस
सारा मानिस शुखमा रमिरने यो चाढ साझा बनोस
अस्तुः बढादशै २०७५ को हार्दिक शुभकामना
शिव अधिकारी