प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

हराएका बालबालिका भेटिनेक्रम धेरै कम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ९, शुक्रबार १५:०८

काठमाडौँः विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले पनि दिँदैनन् । चालू आर्थिक वर्षको तीन महीनामा हराएका बालबालिकामध्ये ३६ प्रतिशत मात्रै फेला परे । चौसट्ठी प्रतिशतको अवस्था अज्ञात नै छ । गएको वर्ष हराएकामध्ये ६० प्रतिशत बालबालिका अझै बेखबर छन् । पछिल्लो तीन महीनामा हराएकामध्ये ६४ प्रतिशत बालबालिकाको अवस्था अज्ञात रहेको बालबालिका खोजतलास समन्वय केन्द्र काठमाडौँका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी बताउँछन् । “फेला परेर पनि अभिभावकले खबर नगर्ने अवस्था छ, राजभण्डारीले भने, तर धेरैजसो भेटिएका हुन्नन् ।”

देशभर साउन, भदौ, असोज महीनामा ८७६ बालबालिका हराएकामध्ये अहिलेसम्म ३१६ फेलापरे । अझै ५६० बालबालिका कहाँ छन् पत्तो छैन । प्रदेश नं ३ बाट सबैभन्दा बढी १७२ बालबालिका हराएको तथ्याङ्क छ जसमा उपत्यकाका मात्रै ६५ छन् । प्रदेश नं १ बाट १३७, २ बाट १४२, ४ बाट ९९, ५ बाट १४५, ६ बाट ९१ र ७ बाट ८० बालबालिका हराएका छन् । हराएकामध्ये सबैभन्दा बढी ५९७ जना बालिका छन् ।

कम उमेरका बालक बढी हराएका पाइएको छ । उमेर बढ्दै जाँदा बालिका बढी हराउनेक्रम रहेको प्रहरी नायब उपरीक्षक राजभण्डारी बताउँछन् । सबै प्रदेशबाट भेटिएका बालबालिकामध्ये २०९ बालिका र १०७ बालक छन् । खोजतलास केन्द्रका अनुसार तीन महीनामा नेपालभर ९० बालक र ५४ बालिका बेवारिसे अवस्थामा फेला परेका थिए । उनीहरुमध्ये अहिलेसम्म ७७ लाई परिवारमा पुनर्मिलन गरिएको र ६६ बालबालिकालाई संरक्षण गृहमा राखिएको छ ।

केन्द्रका प्रहरी सहायक निरीक्षक नारायण केसी बालबालिका फेलापर्नेक्रम न्यून छ भन्छन् । मुख्यतः आर्थिक अवस्था कमजोर, पारिवारिक विचलन, मदिरा सेवन, घरेलु हिंसा, आमा अर्कैसँग गएपछिको समस्या, अशिक्षा तथा वैदेशिक रोजगारी लगायतका कारणले बालबालिका जोखिममा पर्ने गरेका छन् । यस्ता कारणमध्ये आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिका बढी जोखिममा रहेको प्रहरीको निष्कर्ष छ । कतिपय शोषणमा पर्ने गरेका छन् ।

आव २०७४÷७५ को तथ्याङ्कअनुसार नेपालमा दुई हजार ३३० बालबालिका हराए जसमा एक हजार ४०७ बालिका र ९२३ बालक छन् । तीमध्ये एक हजार १७ जना फेला परे । उक्त तथ्याङ्कले बालिका बढी जोखिममा रहेको देखाएको छ । एक वर्षमा प्रदेश नं १ बाट २४५, २ बाट २८७, ३ बाट ७०२ (उपत्यकामा २८३), ४ बाट २७५, ५ बाट ३४१, ६ बाट २१० र ७ बाट २७० बालबालिका हराएका छन् ।

आर्थिक वर्ष २०७४÷७५ मा ४४२ जना बालबालिका बेवारिसे अवस्थामा भेटिएका थिए । सबैभन्दा बढी उपत्यकामा मात्रै ३०८ बालबालिका बेवारिसे फेला परे ।
केन्द्रले दशैँको अवधिमा १२ जना बालबालिका बेवारिसे अवस्थामा फेला पारेकोमा दुई बालिका र १० बालक थिए । त्यसमध्ये दुईलाई परिवारमा पुनर्मिलन गराइएको थियो । अन्य १० को भने परिवार पत्ता लाग्न नसकेकाले संरक्षण गृहमा राखिएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु