पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

खुट्टा तान्ने प्रवृत्ति : एक नियति र मनोवृत्ति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २२ गते, बिहीबार २२:५७

-डा. हरिकुमार श्रेष्ठ
मेरो बुझाईमा “खुट्टा तान्ने प्रवृत्ति” भन्नाले कुनै व्यक्ति, समुह वा वर्गको यस्तो चाहना हुन्छ कि जसमा उसले आफ्नो उद्देश्य हासिल गर्न वा मनोकांक्षा परिपूर्तिको लागि अर्को व्यक्ति, समुह वा वर्गको प्रगति पथमा विभिन्न अङ्कुस लगाई तथा भाँजो हाली अगाडि बढ्नबाट रोक्ने कार्य गर्छ ।

नेपाली वा विश्व समाजमा मुख्य त २ प्रवृत्तिका मानिसहरु पाइन्छन् । पहिलो प्रवृत्तिका मानिसहरुमा सकारात्मक सोँचका मानिसहरु पर्दछन् जो आफ्नो परिश्रमले कामको गुणस्तर, क्षमता बढाएर अरुकोभन्दा उत्कृष्ट प्रतिभा देखाउँदै अरुको प्रगतिमा कुनै पनि रीस, डाह र लोभ नगरी वा अरुको खुट्टा नतानी अगाडि बढ्छन् । उनीहरु अरुको प्रगतिमा सहयोगी हात बन्न रुचाउँछन् । उनीहरु निष्टावान र आफ्नो प्रतिभामा विश्वास गर्दछन् । उनीहरुले कसैको कुरा काट्दैनन् र आवश्यकभन्दा बढी कुरा पनि गर्दैनन् । किनकि, उनीहरु त्यस्ता बकमफुसे काममा जीवनको आफ्नो बहुमूल्य समय खर्चेर कसैको पनि जीवन बर्बाद पार्न चाहँदैनन् । यस्ता मानिसहरु सबैसँग समदूरीमा हुने भएकोले कार्यालयमा भएका सबैनै गुट उपगुटले उसलाई संकाको दृष्टिले हेर्ने गर्दछन् । उनीहरु सोच्छन् कि उ यो समुहप्रति सकारात्मक छैन र अर्कै समुहमा आबद्ध छ । त्यस्तै गरेर, अर्को गुटले पनि उसलाई त्यसरी नै हेरेका हुन्छन् । त्यसपछि उसलाई दुबै गुट वा समुहले खुट्टा तान्ने कार्य गर्दछ । यो हाम्रो विडम्बना हो । अझ यो त अहिले विकास भएको सरकारी वा गैरसरकारी क्षेत्रका कर्मचारीतन्त्रभित्रका विभिन्न गुट उपगुटमा लागू हुन्छ । त्यसैले, हाम्रो समाजमा सकारात्मक सोँचका साथ अगाडि बढ्नेको संख्या निकै नै न्यून भएको अनुभूति हुन्छ ।

दोस्रो प्रवृत्तिका मानिसहरुमा नकारात्मक रोँचका मानिसहरु पर्दछन् जो अरुको प्रगतिमा रीस, डाह, ईस्र्या र लोभले जलन भइ उनीहरुको प्रगति पथमा काँडा वा भाँजो तेस्र्याएर अवरोध पु¥याई वा चाकडी चाप्लुसीको भरमा आफू अगाडि बढ्ने गर्दछन् वा अरुलाई अगाडि बढ्न दिँदैनन् । उनीहरु “आफ्नो आड्डमा भैँसी हिँडेको दैख्दैनन् तर अरुको आड्डमा जुम्रा हिँडेको देख्दछन्” र सानो कमजोरीलाई पनि अतिरञ्तिज तवरले बढ्याइँ चढ्याईँ गरी जोड्तोड्ले प्रचार प्रसारको युद्ध छेड्नमा उद्धत रहन्छन् । त्यसैले त्यस्ता मानिसहरुमा “खुट्टा तान्ने प्रवृत्ति ः एक नियति र मनोवृत्ति” को रुपमा देखापर्दै आएकोछ ।

हरेक राजनीति, निजामति, सेना, प्रहरी, शिक्षा, न्यायसेवा, मन्त्री परिषद, संसद सचिवालय, गैरसरकारी तथा निजी क्षेत्रमा संलग्न अधिकांश मानिसहरुमा खुट्टा तान्ने प्रवृत्ति व्याप्तनै छ भन्दा पनि अत्युक्ति नहोला । यस्ता व्यक्ति, समुह वा वर्गको चाहना भनेकै अरुलाई कसरी लडाउन सकिन्छ भन्नेमै तल्लिन हुन्छ । त्यस्ता व्यक्ति वा झुण्डले जीवन उपयोगी कुराहरु गरेर दिन बिताउन वा समाजमा जनचेतना फैलाउने कुराहरु गरेर बस्न मन पराउँदैनन् । यदि गरिहाले भने पनि उसले अर्कोलाई गालि गर्ने, गिराउने, नराम्रो शव्द प्रयोग गर्ने, र उसलाई कसरी तल्लो स्तरमा पु¥याएर आफूलाई कसरी अब्बल देखाउन सकिन्छ भन्ने कुरा मात्र गरी समाजमा भ्रमको जालो बनाउने सोँच वा प्रयास गर्दछन् । हामीहरु यो सोँच्दैनौ कि आफूले अरुप्रति गरेको खुट्टा तान्ने प्रवृत्तिले आफ्नो जीवनमा पनि त्यसले कुनै न कुनै प्रकारले असर गरिरहेको हुन्छ । छिमेकीको खरबारीमा झोसेको आगोले आफ्नो खरबारी र घरबारी पनि धोस्त हुन्छ भन्ने कुरा सोँच्दैनौ । त्यस्ता कुराको हेक्का गर्न नसक्दा कालान्तरमा “रीसले खायो आफूलाई, रसले खायो अरुलाई” भनेजस्तै उनीहरुले आफैलाई पनि ध्वस्त पारिराखेका हुन्छन् । त्यसैले त हाम्रो तथा यस्तै अन्य देशहरुमा विकास निर्माण, न्याय निसाफ, वृत्ति विकासका कार्यहरुले प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।
“वास्तवमा अरुको खुट्टा तान्ने प्रवृत्ति भएका मानिसहरुको जीन्दगी अरुकै खुट्टाको वरिपरि झुमेरै बित्दछ” भनेर प्रकृतिले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् । वास्तवमा, त्यस्ता व्यक्तिमा नजर लगाउने हो भने उसको जीवन त्यसरीनै बितेको पाइन्छ । त्यस्तै गरेर, गजेन्द्र बुढाथोकीले पनि आफ्नो “आर्थिक उदारीकरणका २० वर्ष नामक” किताबमा नेपालको आद्योगिक व्यवसायिक विकासको दशकौँ लामो इतिहासमा सुरुदेखिनै दुई समुहबीच वा वर्गबीच द्वन्द देखिनै रह्यो र एक समुह वा वर्गले अर्को समुह वा वर्गप्रति अविश्वास वा खुट्टा तान्ने प्रवृत्ति नेपाल उद्योग तथा वाणिज्य महासंघमा पनि देखिएको उल्लेख गरेका छन् । यस्ता गतिविधिले कुर्ची छाड्नासाथ सरकारको विरोध गर्नैपर्ने, राम्रै काम भए तापनि आलोचना हुनैपर्ने, कुर्ची, पद, सेवा तथा सुविधाको लागि नैतिकतामा खडेरी पार्नैपर्ने, देश लुट्ने अवसर आफैँले लिन पर्ने भन्ने सोँचको कारण एकले अर्काको खुट्टा तानिरहनुपर्ने कुरा हाम्रो समाजमा बढेको कारण देश धरासयी भएको कुरा “अर्थात् अर्थतन्त्र (नेपाली इलम र उपयोगको यात्रा)” नामक किताबका लेखक सुजीव शाक्यले आफ्नो किताबमा उल्लेख गरेका छन् । विभिन्न राजनीति दल तथा पार्टिमा पनि व्यक्तिगत स्वार्थले गर्दा पार्टिभित्र गुट उपगुट भई खुट्टा तान्ने काम भएको कुरा ने.क.पा. का अध्यक्ष क. पुष्पकमल दाहाल (प्रचण्ड) र तत्कालिन एमालेका सचिव शंकर पोख्रेल तथा नयाँशक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत अन्य पार्टिका केही शिर्षस्थ नेताहरु पनि सहमत देखिन्छन् ।

वास्तवमा, खुट्टा तान्ने प्रवत्तिको कारण, प्रभावकारी रुपमा सञ्चालन भएको आफ्नै कार्यालय तथा आयोजनाको काममा पनि सहकर्मी तथा पार्टनरहरुलाई अनावश्यक कुरा लगाई उचालेर कार्य प्रगतिमा भाँजो हाल्ने गरेको पाइन्छ । यस्ता व्यक्तिहरुले कार्यालयमा कर्मचारीहरु बीच अथवा दाता र कार्यक्रम कार्यान्वयन गर्ने पक्ष बीच फाटो ल्याउन कपोलकल्पित कुराहरु अतिरञ्जित तवरले लगाउने गर्दछन् । उनीहरुले विरोधको लागि मानिसहरुलाई उचाल्दा “लौ तपाईलाई त यति व्यस्तताका साथ यति धेरै र राम्रा काम गर्दा पनि बोसबाट सुविधामा कञ्जुस्याईँ गरियो” । त्यस्तै गरेर, उनै व्यक्ति बोस कहाँ गएर “लौ फलानाले त यति काम गर्दा पनि सुविधामा बञ्चित गराइएका भन्दै विरोधका कुरा गर्दै हिँड्दो रहेछ” भनेर कुरा लगाउन भ्याइहाल्छन् । त्यस्तै गरेर, फलानो पार्टनर कामै नलाग्ने भएकोले उसलाई दिने सहयोग र सुविधामा विचार गरिनुपर्ने भनेर बोसलाई कुरा लगाउँछन् । तर उनै व्यक्ति उक्त पार्टनरसँग कुरा गर्न भ्याउँछन् कि “लौ तपाईँलाई यति राम्रो काम गर्दा गर्दै पनि सुविधामा कटौति गर्ने रे” । अनि फेरि त्यहि कुराको आफूले जस लिने कोशिस गर्दछन् कि “म यस्तो कार्य कदापि हुन दिन्न” भनेर । यी त खुट्टा तान्ने प्रवृत्तिको केही नमुनाहरु मात्र हुन् । यस्ता प्रवृत्तिहरु हाम्रो घर, आगन, समाज, कार्यालयमा छ्यास्छ्यास्ति पाइन्छन् । यस्ता व्यक्तिगत स्वार्थका कारणले एक त कतिपय होनाहारका विज्ञहरुलाई कामबाट संस्था वा देशले गुमाएको अवस्था छ भने कतिपय अवस्थामा उनीहरुलाई दुख पीडाले चिथोरि रहँदा मलहमपट्टिको लागि पलायन पनि भएका छन् भने कतिपय अवस्थामा आयोजना नै रद्द भएको अवस्था पनि पाइन्छन् ।

त्यसैले, यस्ता प्रवृत्तिका मानिसहरु, व्यक्ति वा संस्था विरोधी मात्र नभइकन देश द्रोही भएकोले सबैले त्यस्ता व्यक्तिलाई समयमै पहिचान गरी तिरस्कार गर्न जरुरी छ । हैन भने यस्ता ऐजेरुले समग्र देश विकासमा असर पार्दछन् । मेरो विचारमा, यदि सकिन्छ भने कसैले पनि आफू आफ्नो कार्यमा दत्तचित्त भई अरुको भन्दा राम्रो र प्रभावकारी काम गरेर अगाडि बढौँ र देश विकासमा सरिक होऔँ । यदि यसो गर्न सकिन्न भने, अरुको प्रगतिमा रीस, डाह र इस्र्या नगरौँ र अरुको प्रगतिमा भाँजो हाल्ने कार्य पनि नगरौँ । यसले उनीहरुको जीवन सुखमय र आनन्दित बन्नेछ । हैन भने त्यस्ताको जीवन आगोको भुड्ड्रोमा परेको माछो झैँ पीडामा छट्पट्याइरहनुपर्नेछ वा अरुको खुट्टाकै वरिपरि घुमिरहनुपर्नेछ । यसको लागि देशको वागडोर सम्हाल्ने व्यक्ति निस्कङ्कित हुन जरुरी छ । तर त्यस्ता व्यक्ति पाउन हम्मेहम्मे पर्दछ भने पाइहाले तापनि टिक्न समस्या देखिन्छ । यस बारेमा सम्पूर्ण व्यक्तिले गहन रुपमा सोँचेर अगाडि बढ्न जरुरी छ ।

नगार्जुन १०, स्युचाटार, काठमाडौँ
नोभेम्वर ०८, २०१८ (म्ह पूजाको दिन)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु