काठमाण्डौं–महाकाव्य साहित्य बिधाको एक सर्वश्रेष्ठ बिधा हो, कविताको सर्वोच्च रुप हो । पश्चिमी मान्यता अनुसार आकार भन्दा शैलिलाई बढि महत्व दिइने विधामा महाकाव्य पर्दछ । यसमा शैलिको निकै नै आवश्यकता पर्दछ । मंगलाचरण, संसदिय शैली, न्यायलय शैली, हाइकु, ढकिया, डोको, मुक्तक, गजल, कविता समाचार, मनोवाद, बादबिबाद, मितिङ आदि यसका रुपहरु हुन् ।
तिनै रुपहरुलाई समिश्रण मार्फत कवि तथा साहित्यकार प्रशान्त डंगोलले विद्रोही साहिँलो नामक महाकाव्य बजारमा ल्याएका छन् । पस्चिमा महाकाव्य शिद्धान्तमा आधारित यस काव्य एक अनुसन्धान मुलक नवयुगिन क्रान्तिकारी माहाकाव्य हो ।
महाकाव्यभित्र बिबिध विषयहरुको गहन विश्लेषण गरेर आफुले प्रस्तुत गरेको कवि डंगोलको भनाई छ । यो महाकाव्य ५ वटा सर्गमा बिभाजीत छ र यसमा सर्गको ठाउँमा अखटो शब्द प्रयोग गरीएको छ यसको अर्थ जतिल बाटो भन्ने हुन्छ ।
कवि डंगोल यो काव्य लेख्नुको कारण यस्तो बताउँछन् ।
१. विश्वामा बिड्यमान जडशुत्रवाद आधुनिक र उत्तर आधुनिक अतिवाद, भ्रष्टाचार, आफन्तवाद, भोलिवादमा फसेका समुदायको आवाज बुलन्द पार्न,
२. संस्कृतिक बिबिधता, भौगोलिक बिबिधता, पर्यावरणीय बिबिधता जगेर्ना गर्न सांस्कृतिक पहिचा र पुर्नजागर गराउनका लागि मानवता बिरोधी कुतत्व र ती तत्व विरुद्धको चित्रण गराउनकालागी र
३. अस्तित्व संकटमा भएकाहरूको आवाज बुलन्द पार्नु हो विद्रोही साहिँलो महाकाव्य ।
यो काव्य उन्ले कसरी लेखे त ?
आज भन्दा करिव दुई बर्ष अगाडि बालाजु गौरी पब्लिकेसन्सको अफिसमा डा. मादव साप्कोटाको एक हप्ते प्रशिक्षण पश्चात आफुमा लेख्ने सोच पलाएको उनि बताउँछन् । र यसमा बिच बिचमा थुप्रै कठिनाई आए तर गुरुको राय सल्लाह सुझाव र सहयोगले आज सफल भएको छु उन्ले भने ।
यो अनुसन्धानात्मक महाकाव्य भएको हुनाले दाङ, देविघाट, गोरखनाथ, शिद्धरत्ननाथ, स्वर्गद्वारी वनारस सम्म पुगेर खोज तथा अनुसन्धानगरि यस काव्य तयार पारिएको कवि डंगोलको भनाई छ ।