काठमाडौं–पछिल्लो चार महिनामा बिदेश जाने नेपालीको संख्यामा उल्लेख्य रुपमा कमी आएपनि देश भित्रिने रेमिटेन्स बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालुु आर्थिक बर्षको पछिल्लो चार महिनाको मुलुकको आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह (रेमिटेन्स) ३६ दसमलव चार प्रतिशतले बढेर तीन खर्ब १२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दसमलव चार प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दसमलव एक प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई दसमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३ दसमलव छ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शुन्य दसमलव पाँच प्रतिशतले घटेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७ दसमलव सात प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या एक प्रतिशतले घटेको थियो राष्ट्र बैंकले जानकारी दिएको छ । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ । समीक्षा अवधिमा चालु खाता घाटा ८८ अर्ब ६४ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४८ अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड ७ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको छ । यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई अर्ब ४० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा दुुई करोड २३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ५० करोड ३६ लाखले घाटामा रहेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर चार अर्ब अर्ब २२ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह चार अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर छ अर्ब ४२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
विदेशी मुद्रा सञ्चितिमा १.८ प्रतिशतले गिरावट
यस्तै यो अवधिमा कुल विदेशी विनिमय सञ्चितिमा १ दशमलब ८ प्रतिशतले गिरावट आएको छ । २०७५ असार मसान्तसम्मा ११ खर्ब २ अर्ब ५९ करोडबाट थियो भने कार्तिक मसान्त सम्मा १० खर्ब ८२ अर्ब ९१ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तसम्ममा १० अर्ब ८ करोडबाट ६ दशमलब ५ प्रतिशतले कमी आई २०७५ कात्तिक मसान्तमा ९ अर्ब ४३ करोड पुगेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको ९ खर्ब ८९ अर्ब ४० करोडको तुलनामा २०७५ कात्तिक मसान्तमा ४४ अर्ब ८६ करोडले कमी आई ९ खर्ब ४४ अर्ब ५४ करोड पुगेको छ ।
अर्कातर्फ बैंक तथा वित्तीय संस्थाहरु ९नेपाल राष्ट्र बैंक बाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ खब १३ अर्ब १९ करोड रहेकोमा २०७५ कात्तिक मसान्तमा २२ दशमलब २ प्रतिशतले वृद्धि भई १ खर्ब ३८ अर्ब ३७ करोड पुगेको छ । २०७५ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।
श्राेतः janasawal.com